- भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र 'आचार्य' प्रदर्शन नहुँदै चर्चामा छ । अघिल्लो साता प्रोमा गीति-संग्रह सार्वजनिक भएको यो चलचित्र मुम्बई इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनौट भएको छ।
'यो हाम्रा लागि गौरवको कुरा हो कि 'आचार्य' फिल्म इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनौट भएको छ....,' स्वरूपराजले आफ्नो फेसबुक वालमा लेखेका छन्। आगामी अक्टुबर दोस्रो साता सम्पन्न हुने महोत्सवमा 'आचार्य' नयाँ अनुहार विधामा छनौट भएको हो। महोत्सवको यो १३ औं संस्करण हो। 'आचार्य' आगामी असोज ६ गतेदेखि नेपाल तथा भारतमा एकसाथ प्रदर्शन हुँदैछ।
No comments:
Post a Comment