प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो विदेश भ्रमण अमेरिकाबाट थाल्नु हुने भएको छ । प्रधानमन्त्री डा. भट्टराई आगामी असोज ३ गतेबाट सुरु हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लाग्नुभएको हो ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठका अनुसार प्रधानमन्त्री भट्टराईसहितको टोली असोज २ गते-सेप्टेम्बर १९ तारिख) न्यूयोर्क जाने तयारीमा छ । उहाँले भन्नुभयो-’प्रधानमन्त्री भट्टराई राष्ट्रसंघको महासभामा भाग लिन जानुहुन्छ । असोज २ गते जानेगरि तयारी भइरहेको छ ।’प्रधानमन्त्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ महाशाखाले गृहकार्य गरिरहको छ । बालुवाटार श्रोतका अनुसार बिदेश भ्रमणमा जाँदा राज्यकोषबाट रकम खर्च हुने भएकाले अत्यावश्यक ब्यक्तिसहितको सानो टीममात्र लैजाने गरि तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्री डा. भट्टराईसँगै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सरकारका मुख्य सचिव माधव घिमिरे, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव गंगा श्रेष्ठ, अर्थमन्त्री बर्षमान पुनसहित ११ जनाको टोलीमात्र भ्रमणमा सहभागी हुने बताइएको छ । ‘यसअघि धेरै जम्बो टोली जाने गरेको यहाँहरुलाई थाहै छ’ श्रोतले भन्यो-’तर, यस पटक प्रधानमन्त्री स्वयंमले नगई नहुने अधिकारीहरुलाई मात्र लैजाने बताउनु भएकाले टोली सानो हुनेछ ।
No comments:
Post a Comment