
काठमाडौंबाट १३ यात्रु लिएर पोखराको लागि उडेको यती एयरलाईन्सको जेट स्ट्रमी ६७५ जहाज आज संभावित दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा ल्याण्ड गरेर टर्न लिने क्रममा विमानको नोज गियर एक्काशी लक भएपछि विमान रन वे मै अड्किएको थियो । अहिले विमानस्थलमा ठूला जहाजलाई उडान र अवतरण गर्न बन्द गरिएको छ । जहाजका सबै यात्रु सकशुल रहेको पोखरा विमानस्थलले जनाएको छ । जहाज मर्मत नभएसम्मकालागि साना जहाजलाई मात्र विमानस्थल खुल्ला गरिएको छ ।
No comments:
Post a Comment