Sunday, May 13, 2012

अग्नि एयरको विमान दुर्घटना 15 जनाको मृत्यु, 5 जनाको जिवीतै उद्धार

मेरो दिगाम 
काठमाडौ, जेठ १। अग्नि एयरको नाईन ए आई जी जहाज मुस्ताङ्गको जोमसोममा दुर्घटनाहुदा 15 जनाको मृत्यु भएको छ । एयर होस्टेज सहित ५ जनालाई भने जिवीतै उद्धार गरिएको जनाईएको छ । उनिहरुलाई काठमाण्डौ ल्याउने तयारी भैरहेको छ । चालकदलका सदस्य बाहेक विमानमा रहेका अरु सबै विदेशी पर्यटक रहेको जिल्ला प्रहरी कार्यलय मुस्ताडले जनाएको छ । पोखराबाट जोमसोमको लागि उडेको विमान अवतरणका क्रममा जोमसोमको डाँडामा ठोक्किएको थियो । पोखराबाट जोमसोमका लागि छुटेको बिमान बिहान नौ बजेर ४५ मिनेट जाँदा डाँडामा ठोक्किएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

Plane Crash in Nepal, Agni Air Crashed,15 dead.



१७ औं दिन पनि सुदूरपश्चिम ठप्पै


कञ्चनपुर/कैलाली, वैशाख ३१ - अविभाजित सुदूरपश्चिम माग गर्दै सुरु आन्दोलनले १७ औं दिन आइतबार पनि सुदूरपश्चिम ठप्प छ । कैलाली र कञ्चनपुरसहित पहाडी जिल्ला पनि बन्दका कारण प्रभावित भएका छन् । डडेलधुरा र डोटीबाहेकका पहाडी जिल्लामा बजार खुले पनि यातायात सुचारु भएको छैन ।
शनिबार भने कञ्चनपुर झलारीको संयुक्त संघर्ष समितिको आह्वानमा महेन्द्रनगरमा जनप्रदर्शन भयो । करिब २ सय ५० मोटरसाइकल, ट्रक ट्याक्टर र बसमा आएका आन्दोलनकारीले अखण्ड सुदूरश्चिमको माग गर्दै प्रदर्शन गरी मदनचोकमा कोणसभा गरे ।
कैलालीमा पनि प्रदर्शन निरन्तर रह्यो । ट्राफिक चौराहाबाट निस्केको जुलुस एलएनचोक पुगेर टुंगिएको थियो । दुवै पक्षका आन्दोलनकारीका कारण शुक्रबार तनावग्रस्त भएको धनगढी शनिबार शान्त रह्यो । थरुहटको पूर्वघोषित कार्यक्रमअनुसार थारू पक्षधर आन्दोलनकारीले शक्ति प्रदर्शन गर्ने क्रममा शुक्रबार दुवै पक्षबीच झडपले धनगढी तनावग्रस्त बनेको थियो । शनिबार थारू पक्षधर आन्दोलनकारी सडकमा नउत्रेपछि तनाव साम्य भएको हो ।
शव फेला पर्‍यो
कञ्चनपुर र कैलालीको सीमा जोडिएको राजपुर क्षेत्रमा ४५ वर्षीय हरिदत्त भट्टको शव शनिबार बिहान  फेला परेको छ ।
कञ्चनपुरको पूर्वी भेगको गाविस रैकवार बिचुवा ९ बस्ने भट्टको शरीरभरि नीलडाम र चोटपटक छ । पोस्टमार्टमका लागि कैलाली प्रहरीले शव सेती अञ्चल अस्पतालमा ल्याएको थियो । परिवारले शव बुझेको छैन । अखण्ड सुदूरपश्चिम आन्दोलन समितिका संयोजक गोपाल देउवाले थरुहट पक्षधरबाट हत्या भएको आरोप लगाए । आन्दोलनकारीले सहिद घोषणाको माग राखेका छन् । जिल्ला प्रहरी उपरीक्षक वसन्त पन्तले भने भट्टको मृत्युको कारण आन्दोलनसँग सम्बन्ध नभएको दाबी गरे ।
घाइते घर फर्के
प्रहरीको कुटपिटबाट घाइते थरुहट तराई पार्टी अध्यक्ष लक्ष्मण थारूलाई उपचारका लागि काठमाडौं लगिने भएको छ । थरुहट तराई पार्टीका सचिव माधव चौधरीका अनुसार अध्यक्ष थारूलाई नेपालगन्जसम्म एम्बुलेन्समा र त्यहाँबाट हेलिकप्टरमा काठमाडौं लग्ने तयारी भएको हो ।
शुक्रबार धनगढीमा आयोजित आमसभा सकेर झडपमा परी घाइते भएका कार्यकर्ता भेट्न सेती अञ्चल अस्पताल गएका बेला अध्यक्ष थारूलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव भाटले कुटपिट गरेको थरुहट तराई पार्टीले आरोप लगाएको छ । प्रहरीकै कुटाइबाट थारू कल्याणकारिणी सभाका कैलाली जिल्ला सभापति प्रभात चौधरी र एमाले कैलालीका जिल्ला अध्यक्ष होरीलाल चौधरी पनि घाइते
रहेको थरुहट संघर्ष समितिले जनाएको छ । घाइते जनकराज अवस्थी र राजकुमार रानालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । सेती अञ्चल अस्पतालका इमर्जेन्सी वार्डमा कार्यरत चिकित्सक कृष्ण बोहराले उपचाररत २८ जनामध्ये १० जलाई भर्ना गरिएको र बाँकी १५ जनालाई शनिबार डिस्चार्ज गरेको जनाए ।
बर्दियामा जारी, बाँकेमा स्थगित
गुलरिया- अखण्ड मध्यपश्चिम माग गर्दै संघर्ष समितिले शनिबारदेखि बर्दियामा अनिश्चितकालीन बन्द घोषणा गरेको छ । बाँकेमा भने बन्द स्थगित छ । बर्दियामा शुक्रबार बसेको संघर्ष समिति बैठकले माग पूरा नभएसम्म अनिश्चितकालीन बन्द घोषणा गरेको हो । बन्दका कारण तेस्रो दिन पनि बर्दियाको जनजीवन कष्टकर बन्दै गएको छ । जातीय राज्यका विरुद्ध र अखण्ड मध्यपश्चिमको माग गर्दै जारी आन्दोलन माग पूरा नभएसम्म जारी रहने संघर्ष समितिका दिनेश श्रेष्ठले बताए ।
बन्दले यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । गुलरिया, राजापुर, बासगढी, भुरीगाउँलगायतका बजार, कलकारखाना र वित्तीय संस्था ठप्प छ । बाँकेको कोहलपुर लगायतका बजार पनि शनिबार बन्द रहे ।
यसैगरी थारू संयुक्त संघर्ष समितिले जातीय पहिचानको आधारमा आत्मनिर्णयको अधिकार सहितको माग राख्दै जिल्लामा जनप्रदर्शन गरेका छन् ।
यसैबीच भरतपुरमा संविधानमा थरुहट स्वायत्त प्रदेश घोषणाको माग गर्दै थारू समुदायले शनिबार बृहत् आमसभा गरेका छन् । वीरगन्जमा भने मधेसी जनअधिकार फोरम नेपाल पर्साले शनिबार साँझ निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
त्यस्तै वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन स्थानीय दलले मुख्य भन्सार नाका ठप्प पारेका छन् ।
                       कान्तिपुर संवाददाता

प्रधानमन्त्रीले सुकुम्बासीलाई भने- 'एनजीओको पछि लाग्नु हुँदैनथ्यो'


काठमाडौं, वैशाख ३१ - प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको निर्देशन नमान्न प्रेरित गर्ने संघ संस्थाको पछि लाग्दा सुकुम्बासीलाई समस्या परेको बताएका छन् ।
डोजर लगाएर सुकुम्बासी बस्ती हटाएको साता दिनपछि आइतबार थापाथलीस्थित बागमती नदीमा विचल्लीमा परेका सुकुम्बासी भेट्न गएका प्रधानमन्त्रीले सरकारले वैकल्पिक व्यवस्था गर्ने बताए ।
'एनजीओ, आईएनजीओलगायत संघ संस्थाको गलत आश्वासनमा परेर सरकारको राहत लिन मान्नुभएन,' प्रधानमन्त्रीले भने, 'तर एक दुई दिनमै तपाईंहरुको पुर्नवासको व्यवस्था सरकारले गर्नेछ ।' उनले चोभारस्थित हिमाल सिमेन्ट कारखानाको खाली ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाइने जानकारी दिए ।
प्रधानमन्त्री भट्टराईले बागमती नदी सफा गर्ने दायित्व प्रत्येक नागरिकको भएको उल्लेख गर्दै सहयोग गर्न सुकुम्बासीहरुलाई आग्रह गरे ।
प्रधानमन्त्रीलाईसमेत थाहै नदिई गृहमन्त्री विजयकुमार गच्छदारले सुकुम्बासी बस्ती हटाउन लगाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको आलोचना गरेका थिए । माओवादी निकटको उल्लेख्य बसोबास रहेको बस्ती हटाएपछि यसअघि सुकुम्बासीले प्रधानमन्त्री र माओवादीविरुद्ध नाराबाजी गरेका थिए ।

गुल्मीमा मामा-माईजुको हत्या गरी फरार २ व्याक्ति अर्घाखाँचीमा पक्राउ

गुल्मी २९ बैशाख । आफ्नै मामा माईजुको हत्या गरी फरार रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुई जनालाई पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको खन गाविस वार्ड नं. १ वस्ने २१ वर्षीय टिकाराम सुनार विक र १८ वर्षीय तुलसी विक रहेको प्रहरीले जनाएको छ। वैशाख २४ गते राती फलामको हतौडा प्रहार गरी गुल्मी हस्तिचौर ६ का दम्पत्ती ७५ वर्षीय भविलाल विक र ७४ वर्षीय सेती विकलाई हत्या गरी फरार रहेको अभियोगमा अर्घाखाँची धनचौर ९ पाकु देउरालीवाट स्थानीय वासिन्दको सहयोगमा विहीवार साँझ जिल्लावाट गएको नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेलेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले आफ्नै मामा माईजुको हत्या गरेपछि जिल्लाको खन गाविसमा रहेको एक ओडारमा आफुहरुले लगाएको पाईण्ट, सर्ट सहितको झोला राखेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीहरुले आफ्ना मामा माईजुको हत्या गरेको स्वीकार गरेका छन्।

डकुमेन्ट्री: गुल्मी शान्तिपुर टिमुरे (भिडियो)


गुल्मी जिल्लाको क्षेत्र नं. १ मा अवस्थित शान्तिपुर र टिमुरे लेखको बारेमा कृष्ण सान थापा द्वारा निर्मित डकुमेन्ट्री गुल्मी शान्तिपुर टिमुरे ।
 संयोजक - धन ब थापा
छायांकन - रमेश चौधरी
 सम्पादन - राजेश शाह
 भ्वाइस ओभर - बिकाश सुबेदी
 ब्यबस्थापन - केशब थापा
 लेखन/निर्देशन - कृष्ण सान थापा
Part 2 
गुल्मी न्युज बाट 

Saturday, May 12, 2012

संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपालबन्द फिर्ता


काठमाण्डौ,वैशाख ३०-ब्राम्हण क्षत्री, दलितलगायतको संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपालबन्द फिर्ता भएको छ । बन्द फिर्तासँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले राई समुदायको ठूलो पर्व साकेला पर्वको मध्य नजर गर्दै आज तेस्रो दिन निरन्तरतादिने भनिएको बन्द आहृवान फिर्ता लिएको संर्घष समितिका किरण गिरीले जानकारी दिनुभयो ।
सरकारसँग शुक्रबार भएको वार्तामा आफ्ना मागका विषयमा सरकार गम्भीर नभएको आज तेस्रो दिन पनि बन्दलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
यता अखण्ड सुदूरपश्चिमको माग राख्दै आज १६ औं दिन पनि सुदूरपश्चिममा बन्द जारी छ भने अखण्ड मध्यमश्चिमको माग राख्दै आन्दोलन सुरु भएको छ ।
समाचार ओंलाइन खबर बाट

Thursday, May 10, 2012

बन्दका क्रममा पोखरामा झडप हुँदा दुई घाइते


कास्की, वैशाख २८ - संयुक्त संघर्ष समितिले जातिय राज्यको विरुद्ध आव्हान गरेको नेपाल बन्दको क्रममा बिहीबार पोखरामा झडप भएको छ । बन्द गराउँदै हिडने र बन्द गर्न नमान्ने बीच भएको झडपका क्रममा दुई जना घाईते भएका छन् । पोखराको छोरेपाटनमा भएको झडपमा घाईत भएको दुई जनाकेा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।  घाइतेकेा पहिचान खुलेको छैन
झडपको स्थितिलाई साम्य पार्न घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।  घटनामा संलग्न रहेको भन्दै सात जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी शैलेश थापाले जानकारी दिए ।
उनले अन्य ठाउमा मुठभेड हुन नदिन सुरक्षाकर्मि परिचालन गरिएको जनाएका छन् ।
क्षत्री समाज नेपाल, ब्राहृमण समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेदमुक्ति प्रगतिशिल समाज, दलित जनजागरण सेवा संघ, खस क्षत्री एकता समाज पिछडा बर्ग महासंघले जातिय राज्यको बिरोधमा आन्दोलित हुर्दै बन्द आव्हान गरेको हो ।
बन्दले उपत्यका सहित मुलुकभरको जनजीवन ठप्प
संयुक्त संघर्ष समितिले जातीय राज्यको बिरोध तथा ब्राम्हण क्षेत्री लगायतको  पनि पहिचान हुनुपर्ने लगायतका माग राखेर आव्हान गरेको बन्दका कारण काठमाडौं उपत्यका सहित मुलुकको विभिन्न भागको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । संघर्ष समितिमा क्षत्री, ब्राहृमण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतका समूदायको प्रतिनिधित्व रहेको छ ।
समाजमा आवद्ध युवाहरु बिहानैदेखि विभिन्न चोक चोकमा उभिएर प्रदर्शन गर्नुका साथै यातायात संचालनमा अवरोध पुर्‍याएका छन् । प्रहरीले जवरजस्ती सवारी साधन रोक्न खोजेका दर्जनौं व्यक्तिलाई पक्राउ समेत गरेको छ । राजधानीका सडकमा बिहान केही सवारी साधन गुडेपनि ८ बजे पछाडि करिब करिब ठप्प नै देखिएको छ । सर्वसाधारण हिडेर गन्तव्य तर्फ गइरहेको देखिएको छ ।
समाजले नेपाल बन्द आव्हान गरेका कारण मुलुकको अन्य भागमा पनि जनजीवन प्रभावित भएको छ । समाजको बन्दमा जातीय राज्यको बिरोध गर्दै आएका अन्य समूदायको पनि समर्थन देखिएको छ ।
मुस्लिमद्वारा बन्द
लहान । मुस्लिम समूदायको छुट्टै पहिचानसहितको संविधान बन्नुपर्ने माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले आव्हान गरेको वन्दका कारण आज (विहीबार) सिरहाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सिरहाको लहान लगायतका क्षेत्रमा यातायात, बजार, पसल, कलकारखाना बन्द छन् । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका कार्यकर्ताहरु विहानैदेखि लहानमा यातायात, बजार वन्द गराउन निस्किएका थिए । पूर्व पश्चिम राजमार्ग लगायत सिरहाका सहायक मार्गमा समेत यातायात वन्द छ । एम्वुलेन्स, प्रेसका गाडीलाई भने अवरोध गरेका छैनन । गठवन्धनले शान्तिको बहाली, नया बन्ने संविधानमा मुस्लिम समुदायको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै बैशाख २० गतेदेखि चरणवद्ध संघर्षको कार्यक्रम गर्दै आएका छन् ।
इनरुवा । मुस्लिम संघर्ष गठबन्धनले आहृवान गरेको तराइ बन्दका कारण आज सुनसरीको जनजिवन पुर्ण रुपले प्रभाबित भएको छ । पुर्व पश्चिम लोमार्गको सुनसरी खण्डमा कुनै पनि सवारी साधन चलेका छैनन् । राष्ट्रिय मुस्लिम सघर्ष गठबन्धन समितिले आब्हान गरेका बन्दका कारणरौतहटको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पुर्वपश्चिम राजमार्गमा कुनै पनि सबारी चलेको छैन ।
एकैदिन तीन संगठनको बन्द
नेपालगञ्ज । बाँके लगायत तराई क्षेत्रमा बिहीवार एकसाथ तीन संगठनले बन्द आव्हान गरेका छन् । संयुक्त संघर्ष समिति, राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धन र अखण्ड मध्यपश्चिम संघर्ष समितिले समान उद्देश्य राखेर छुट्टाछुट्टै बन्द आव्हान गरेका हुन् । क्षेत्री समाज, ब्राहृमण समाज, ठकुरी समाज, दशनामी समाज, दलित जनजागरण सेवा संघ, विभेद मुक्ति प्रगतिशिल समाज, खस क्षेत्री एकता समाज र पिछडा वर्ग महासंघ सम्मिलित संयुक्त संघर्ष समितिले बिहीवार र शुक्रवार नेपाल वन्द आव्हान गरेको छ ।
दाङ । राष्ट्रिय अखण्डता र जातीय सदभावका लागि संयुक्त संघर्ष समीतीले आह्वान गरेको दुई दिने नेपाल बन्दका कारण आज विहानैदेखि दाङको जनजिवन प्रभावीत भएको छ । संघर्ष समितिमा ब्राम्हण, क्षेत्री लगाएतका बिभिन्न जातिगत संघ संगठनहर समावेश छन् । संयूक्त संघर्ष समितिले आयोजना गरेको दुइदिने नेपाल बन्दले विहीबार पहिलो दिन सिन्धुलीको जनजीवन समेत प्रभावित बनेको छ । धनकुटामा ब्राम्हण क्षेत्री समाज, दशनामी लगायतले आजदेखि गराएको बन्दका कारण  जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव पाल्पा,लम्जुङ,कपिलवस्तु,विराटनगर, झापा, चितवन, हेटौडामा पनि परेको छ ।
अखण्ड मध्यपश्चिमको माग
गुलरिया । अखण्ड मध्यपश्चिमको माग गर्दे स्थानियले आहृवान गरेका बन्दले बर्दियाको जनजिवन प्रभावित भएको छ ।  जातीय राज्य बनाउन पाईदैन, मध्यपश्चिम टुक्राउन पाईदैन,हिमाल,पहाड,तराई हाम्रो साझा अधिकार लगायतका माग राख्दै दुई दिने बन्दको आहृवान गरेका हुन् ।
सुदूरपश्चिममा बन्द यथावत
महेन्द्रनगर । अखण्ड सुदूरपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन बिहीबार १४ औं दिनपनि जारी छ । आम हड्तालका कारण कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
बिहीबार क्षेत्री, ब्राहृमण, ठकुरी लगायतका विभिन्न संघ संस्थाहरुले पनि आन्दोलन सुरु गरेपछि बन्द अझ चर्किएको छ । सरकारले सुदूरपश्चिममा जारी आन्दोलनका छलफल गर्न वार्ता टोली गठन गरेको भएपनि आन्दोलन रोकिएको छैन् । बन्दका कारण लामो समयदेखि यातायात सेवा ठप्प भएपछि सुदूरपश्चिमका पहाडी जिल्लासंगै तराई कैलाली कञ्चनपुरमा पनि दैनिक उपभोग्य बस्तु र औषधीको अभाव भएको छ ।