आदिबासी जनजातिहरुले देशका विभिन्न जिल्लामा राँके जुलुस प्रदर्शन गरेका छन् । जनजातिहरुले काठमाडौं, पोखरा, पर्वत, बाग्लुङ, लमजुङ, अर्घाखांची लगायतका जिल्लामा राँके जुलुस प्रदर्शन भएको जनाएको छ । ११ प्रदेशको सहमति खारेजी गर्नुपर्ने, पहिचान सहितको संघियता हुनुपर्ने, आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आइृतबारदेखि तीन दिने बन्दको आब्हान गरेका छन्
Saturday, May 19, 2012
मिस नेपाल राहत लिएर सिरहा जाँदै
मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ आउँदो मंगलबार सिरहा, औरहीका अग्निपीडितको लागि राहत वितरण गर्न त्यसतर्फ जने भएकी छन्। मिस नेपालको ताज पहिरिएको दुई सातामा उनी समाजसेवाको काममा लागेकी छन्, शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, 'समाजसेवा गर्ने मेरो सानैदेखिको रहर हो। यसैलाई निरन्तरता दिँदैइछु।'

उनले पत्रकार सम्मेलनमा मिस नेपाल भएपछि पाएको ८० हजार रुपैयाँसमेत अग्निपीडितका लागि सहयोग गर्ने घोषणा गरिन्। पत्रकार सम्मेलनमा मिस नेपालको आयोजक हिडेन ट्रेजरका आध्यक्ष गोपालले समेत २५ हजार सहयोग गर्ने घोषणा गरे। त्यसैगरी, मिस नेपालका प्रायोजकहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन्।
दलहरुले मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरे
५ जेठ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रीहरुको जिम्मेबारी तोक्नु भएको छ ।
दलहरुबीच मन्त्रालय बाँडफाँडबारे भएको सहमति अनुसार प्रधानमन्त्रीले मन्त्रीहरुको जिम्मेबारी बाँडफाँड गर्नु भएको हो । जस अनुसार विजयुकुमार गच्छदारले उपप्रधान तथा गृह, कृष्ण सिटौलाले उपप्रधान तथा रक्षा र कानुन र इश्वर पोखरेलले उपप्रधान तथा परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको भने मन्त्रालय तोकिएको छैन ।
यस्तै पोष्टबहादुर बोगटीलाई नागरिक उड्ययन, वर्षमान पुन अनन्तलाई अर्थ, टोपबहादुर रायमाझीले शान्ति, दिनानाथ शर्मालाई शिक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ । यस्तै राधा ज्ञवालीलाई उर्जा तथा सूर्यमान गुरुङलाई स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी दिइएको छ भने चन्द्रदेव जोशीलाई भूमिसुधार, एकनाथ ढकाललाई सहकारी तथा गरीबी निवारण र केशवमान शाक्यलाई विज्ञान प्रविधी मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
यसैबीच शुक्रबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार शनिबारलाई सरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको व्यस्तताका कारण विस्तार रोकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले मालेका कृष्ण बेलबासे, माले समाजवादीका यदुवंश झा र चुरे भावर एकता पार्टी बन्द्री न्यौपानेलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिष्द विस्तारको तयारी गर्नु छ । प्रधानमन्त्री डा. भट्टराईले मंगलबार मात्र एमालेसहितका दललाई सरकारमा सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो । २० सदस्यीय मन्त्रिपरिषद्मा ४ उपप्रधानमन्त्री छन् ।
Friday, May 18, 2012
संसदमा आज संविधानको धारा ७० संशोधनमाथि छलफल हुने
संविधानसभाको बैठक साँझका लागि आह्वान
जेठ ६,काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा आज संविधानको धारा ७० संशोधनको प्रक्रिया थालिने छ । संसद अवरोध खुलेपछि मन्त्री पोष्टबहादुर बोगटीले हिजै संसदमा नयाँ संविधान जारी गर्ने प्रक्रिया छोट्याउन अन्तरिम संविधानको धारा ७० मा संशोधनसम्बन्धि विधेयक पेश गर्नुभएको थियो । विधेयकमा छलफल भई संशोधन हुने संसद सचिवालयले जनाएको छ । मधेशी मोर्चालेको संसद अवरोध अन्त्य गरी सुचालु भएको हिजोको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठ १४ मा जसरी पनि संविधान जारी गर्नुको विकल्प नभएकाले अवरोध नगर्न आह्वान गर्नुभएको थियो । राज्य पुनःसंरचनामा ११ प्रदेश बनाउने सहमति तीन दलले गरेपछि त्यसको विरोधमा मधेशी मोर्चाले संसद चल्न दिएको थिएन । तर उक्त सहमतिलाई प्रारम्भिक भन्दै संशोधन गर्ने बचन दिएपछि मधेसी सभासदले अवरोध खुलाएका हुन् । अन्तरिम संविधानको धारा ७० मा रहेको व्यवस्था संशोधन गरी छोटो बाटोबाट संविधान बनाउन प्रक्रिया छोट्याउनुपर्ने दबाबमा दलहरु छन् ।

सुदूरपश्चिम बन्द आज देखि स्थगित
अखण्ड सुदूरपश्चिमको माग गर्दै आव्हान गरिएको सुदूरपश्चिम बन्द आज देखि स्थगित हुने भएको छ । मोर्चा सहित शीर्ष दलका नेताहरुले संर्घष समितिका माग पुरा गर्ने आश्वासन दिएपनि बन्द स्थगित गर्ने तयारी गरेको बार्ता टोलीमा सहभागि तपेन्द्र रावलले जानकारी दिनुभयो ।दलहरुले दिएको आश्वासलाई अन्तिम रुप दिई आजै पत्रकार सम्मेलन गरी बन्द स्थगित भएको औपचारीक जानकारी गराईने पनि रावलले बताउनुभयो ।
यसैवीच विभिन्न जातीय तथा क्षेत्रीय संगठनले आहृवान गरेको बन्दका कारण बुधबार पनि तराइ मधेसको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार तथा शिक्षण संस्था पनि ठप्प रहेका छन् । पहिचानसहितको प्रदेश निर्माणको माग गर्दै थारु संयुक्त संघर्ष समिति र आदिवासी जनजाति महासंघ लगायतले सोमबारबाट तराई बन्दको आहृवान गरेका थिए ।स्रोत:अनलाइन खबर
Subscribe to:
Posts (Atom)