Saturday, May 18, 2013

हर्नुहोस् नेपाली फिल्म "मायाँको बारिमा"



 Advertisements

वामी-विश्व सम्पर्क मंचको गठन, गुल्मी प्रशासनमा दर्ता

वामी, हाल: स्विडेन । वामीबासीको लागि खुशीको खबर ! समयको बहाब र बिकासको गतिसंगै विभिन्न आकांक्षा पूर्ति गर्ने उदेश्यले वामीबासी युबाहरु देश-बिदेशमा अध्यनरत र बिबिध पेशामा कार्यरत छन्। साथसाथै तराइ र काठमाडौँमा बसाइ सराइ गर्ने तथा विदेशी राहधानी लिने बढ्दो क्रमले गर्दा वामीमा युवा जनशक्ति कम हुदै गएको छ। यसै परिबेशमा देश बिदेशमा रहेका वामेली उर्जाशील युवाहरुको सक्रियतामा "वामी-विश्व सम्पर्क मंच" नामक संस्थाको स्थापना भइ जिल्ला प्रशासन कार्यालय, तम्घासमा मिति २०७० बैशाख २७ गते दर्ता भएको छ (दर्ता न. ६४/०६९/७०) ।
यस संस्थाको प्रमुख उदेश्य विश्वका विभिन्न देशमा बसोबास गर्ने वामीबासीहरुको बिचमा सुमधुर सम्पर्क कायम गर्दै वामीमा शिक्षा, स्वास्थ्य लगायत अन्य बिबिध क्षेत्रमा चौतर्फी विकास गर्नु हो। पछिल्लो समयमा द्रुत गतीमा विकास भएको इन्टरनेट प्रविधिको उपयोग गर्दै स्काईप र फेसबुकको माध्यमबाट सम्पर्क बिस्तार गरी चरणवद्ध कन्फेरेन्स मिटिंगहरुबाट यो संस्थाको जन्म भएको हो। संस्थामा साधारण र आजिबन सदस्य गरी दुइ प्रकारका सदस्यताको व्यवस्था छ। वामीका बासिन्दा सबै, पुर्ख्यौली घर वामी भएका सबै, मैदान/टक्सारको बिध्यालयमा अध्ययन गरेका अन्य जुनसुकै ठाऊँका व्यक्तिहरु तथा छिमेकी गा. बि. स. का इच्छुक व्यक्ति समेत यस संस्थाका साधारण र आजिबन सदस्य हुने प्राबधान छ ।
हाललाई फेसबुक र स्काइप मार्फत इन्टरनेटमा पहुँच हुने साथीहरुको बिचमा भएको सम्पर्कको आधारमा मात्र पनि ७८१ साधारण र १७७ आजिबन सदस्य संख्या पुगिसकेको छ। आजिबन सदस्य हुनको लागि एक पटक मात्र रु. ५०००/ (पाँच हजार) संस्थाको खातामा जम्मा गर्नु पर्नेछ, जुन रकमबाट संस्थाले अक्षयकोषको स्थापना गर्नेछ भने अन्य सहयोग र आर्थिक स्रोतबाट आफ्ना कार्ययोजना संचालन गर्नेछ। वामीमा नियमित कार्य सम्पन्न गर्नको लागि एउटा कार्यसमिति हुनेछ भने बिश्व भरिका वामीबासीहरुबाट एउटा समन्यव समिति गठन हुनेछ र देश बिदेशका विभिन्न ठाउँमा स्थानीय समितिहरु हुनेछन । तदनुरुप वामीमा श्री ज्ञानहरि सापकोटाको अदक्ष्यतामा १३ सदस्यीय कार्यसमिति गठन भैसकेको छ भने बिश्वब्यापी रुपमा समन्वय समिति गठन हुने प्रक्रियामा छ ।
यस संस्थाका केही योजना र अन्य गतिबिधिहरु वामी-विश्व सम्पर्क मंचको फेसबुक पेजमा हेर्न सकिन्छ । केही साथीहरुको अगुवाइमा बिगत एक वर्षदेखि प्रवासी सम्पर्क संगम वामीको नामबाट फेसबुक पेज संचालन हुदै आएकोमा सम्पूर्ण वामीबासीको बीचमा छलफल भएर यसकै आधारमा वामी-विश्व सम्पर्क मंचको नामाकरण भएको हो । यसको स्थापना र नामाकरणमा थुप्रै जागरुक वामेली युबाहरुको अपुर्ब योगदान छ तापनि प्रतिनिधिमुलक रुपमा उल्लेख गर्नुपर्दा काठमाडौँबाट प्रा. डा. तारा प्रसाद सापकोटा, डा. ज्ञानबहादुर थापा (हाल: स्वीडेन), अमेरिकाबाट डा. इश्वरी प्रसाद पाण्डे, हरि नारायण सापकोटा, चेक रिपब्लिकबाट बैकुण्ठ रायमाझी, बेलायतबाट दुर्गा सापकोटा, होमेन्द्र भण्डारी, वामीबाट महेश जि. सी., भुवन के. सी., कृष्ण हरी सापकोटा, मोहन लाल श्रेष्ठ, ज्ञानहरि सापकोटा, चितवनबाट इ. कृष्ण चालिसे, जापानबाट बोधशाली गौतम, सुरेश के. सी., सोम रायमाझी, दुर्जन रायमाझी, सुनिल सापकोटा, रामलाल सापकोटा, दिलिप थापा, टेक भण्डारी, पारस बोहोरा, कतारबाट यदु घिमिरे, बहराईनबाट डि.बि. बोहोरा, अस्ट्रेलियाबाट टंक कंडेल लगायतको भूमिका उल्लेख्य छ ।

                                              गुल्मि  न्युज बाट सबार 

गुल्मेली समाज जापानको अधिवेशन जून १६ मा

टोकियो
"आफ्नो जिल्ला, आफ्नो गाऊँ, हामी सबै मिली बनाऔं" भन्ने मूल नाराका साथ गुल्मी जिल्लाबाट जापान आई विभिन्न पेशा तथा व्यवसायमा आवद्ध गुल्मेलीहरुको समाज गुल्मेली समाज जापानले आगामी जुन १६ तारिख आईतवारका दिन दोश्रो अधिवेशन तथा घोषणा सभाको आयोजना गर्न गईरहेको छ ।
गत मे ११ तारिख शनिवारका दिन टोकियोमा बसेको वैठकले अधिवेशन सफल पार्नको लागि विभिन्न विभागहरुको गठन गरेको छ । जसअनुसार प्रचार-प्रसार विभागमा वावुराम भण्डारी, हल व्यवस्थापनमा राजु ढकाल, आर्थिक व्यवस्थापनमा कुलचन्द्र खरेल, पत्राचारमा मोहन रायमाझी, वार्षिक प्रतिवेदन तथा विधान मस्यौदामा शालिकराम भण्डारी र मिडियामा सुरेश केसी संयोजक रहनुभएको छ ।
अधिवेशनमा जापानमा रहनु भएका सम्पूर्ण गुल्मेलीहरुका साथै अन्य जापानवासी नेपालीहरुलाई पनि उपस्थितिको लागि समाजले हार्दिक निमन्त्रणा गरेको छ ।

                                                            न्युज गुल्मि न्युज  बाट  सबार 

Thursday, April 25, 2013

पाल्पा दुर्घटनाका मृतकको आज रिडीमा अन्त्यष्टी (फोटो फिचर)


मेरो दिगाम


बैशाख, ११ गुल्मी । हिंजो पाल्पामा भएको सवारी दुर्घटनामा मृत्यु भएका किष्ट बैंकका डाईरेक्टर गुल्मी हस्तीचौर ७ निवासी ज्ञानबहादुर जि.सी., पुर्व मन्त्री गोकर्ण विष्टकी भाई बुहारी सहित एकै परिवारका चार आफन्तको आज गुल्मीको रिडीमा एकै साथ अन्त्यष्टी गरिएको छ ।
पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य गोकर्ण विष्टकी भाई बुहारी तथा प्रेस चौतारीका पुर्व अध्यक्ष गगन विष्टकी धर्म पत्नी लता विष्ट, ज्वाँई ज्ञानबहादुर जिसी, उनकी १० वर्षिया छोरी आश्था जि.सी र रामबहादुर जिसीको रिडी घाटमा एकै साथ अन्त्यष्टी गरिएको हो ।
शोक सभाका क्रममा श्रद्दान्जलीका लागि राखिएका शबहरु । तस्बिर: रुरु नेटवर्क 
अन्त्यष्टी स्थलमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिपकुमार ज्ञवाली, लुम्विनी अञ्चल ईन्चार्ज छविलाल विश्वकर्मा, अर्का केन्द्रिय सदस्य ठाकुर गैरे लगायतका केन्द्रिय सदस्यहरु, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, पुर्व महासचिव विष्णु रिजाल, प्रचार विभाग महासचिव सुर्य थापा लगातका नेताहरुको सहभागिता थियो ।

मृतकहरुप्रति श्रद्धञ्जली अर्पण गर्दै नेता प्रदिपकुमार ज्ञवालीले पुर्व मन्त्री विष्टको परिवारमा दैबले एकै साथ ठुलो बज्रपात गरेको वताए । नियति कति क्रुर र कठोर हुँदो रहेछ जस्ले एउटै परिवारका चार जनालाई एकै साथ छिनेर लग्यो भन्दै ज्ञवालीले गला अवरुद्ध पारेका थिए । ‘आज यति धेरै पाहुनाहरु विष्टका बुवा, आमाको चौरासी पुजा मान्न जाउँला भनेका थियौ’, उनले भने ‘पुजाको त्यो रौनक आज यस्तो दर्दनाक पिडामा परिणत होला भन्ने कसलाई के थाह ?’ श्रीमति लताको अन्तिम चेहरा नियाल्न पुगेका पत्रकार गगन बेहोस अवस्थामा पुगेका थिए । पुर्व मन्त्री विष्ट, जिसी परिवार सबै भाव विवहल थिए ।
आज विष्टका बाबु आमाको एकै साथ गरिने भनिएको चौरासी पुजाका लागि त्यो परिवार दोहली स्थित घर आउँदै गर्दा हिजो पाल्पामा दुर्घटनामा परि मृत्यु भएका थिए । यतिबेला विष्टको दोहली र जिसीको घर हस्तीचौर शोक मग्न भएको छ । नेकपा एमाले गुल्मीले अन्त्यष्टी स्थल रिडीमा श्राद्धाञ्जली सभा गरेको थियो । शोक सभामा सबै दलका नेताहरु सहभागि थिए ।

हेरौं शोक सभास्थलबाट गुल्मीन्युज सहयोगी प्रेम सुनारले खिच्नुभएका भाव-बिव्हल आफन्तजन र मृतकहरुका तस्विरहरु:














Sunday, April 21, 2013

कोरियामा मनाए नेपालीले नयाँ बर्ष २०७०

सोल, दक्षिणकोरियामा रहेका नेपालीहरूले नयाँ वर्ष २०७० विभिन्न ठाउँमा मनाएका छन् । कोरियाको आन्सान स्थित काठमाण्डैा रेस्टुरेण्मा आयोजित नव यर्ष २०७० शुभकमना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा सृजना सांगितिक समूहको जोडदार प्रस्तुति रहेको थियो । शनिवार साँझ सम्पन्न भएको उक्त कार्यक्रममा कोरियाका चर्चित गयक रोहित गुरुङ्ग , समिर मोक्तान , रमेश संग्रैाला र देवान सिह राईले मन्चलाई तताएका थिए भने बाध्यबादनमा रघु महर्जन ,सन्दिप नेपाली र दीपक शर्माले साथ दिएका थिए । यसै गरी उक्त कार्यक्रममा सुशील खनालको नितृयले थप रैानकता ल्याएको थियो । दीपक शर्मा र माधव ज्ञवलीको लोक दोहरि टोली सो कार्यक्रमको थप आकर्षण थियो ।

झापामिलन समाज , कोरिया सन्देश क्लब र सृजना सांगितिक समूहले संयुक्तरूपमा आयोजाना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै एन आर एन कोरियाका अध्क्षय के पि सिटैालाले प्रवासमा रहेर नेपालीहरूले आप्नोपनलाई जिवान्त राख्न सकेकोमा धन्यावाद दिनु भएको थियो । सोही कार्यक्रममा झापामिलन समाजले अघिसारेको पाथिभारा हाउस निर्माणको चर्चा गर्दै आफू र आप्नो सस्थाले यस अभियानलाई सक्दो सहयोग गर्ने बचन दिदै सीटैालाले अघाडि भन्नु भयो कोरियामा आपत् बिपतमा परेका नेपालीलाई आवासको लागि पाथिभारा हाउस अहिलेको आवश्यकता हो ।

पाथिभारा हाउस निर्माणको लागि तिनलाख कोरियन वन सहयोग हस्तान्तरण गर्दै समाजसेबि तथा काठमाण्डैा रेष्टुरेण्टका ब्यवस्थापक मनोज कुमार डांगिले यस किसिमका कामका लागि आफू सधैँ सहयोग गर्न तयार रहेको बताउनु भयो । डांगिले उक्त रकम पाथिभारा हाउस निर्माण समितिका संयोजक मीन प्रकाश उपेरेतीलाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शुभकामना दिने अन्य अतिथहरुमा नोबिल बैकका डिपुटि म्यानेजर बिनय राज रेग्मि सोही बैकका वैदेशिक रेमिट ईन्चार्ज निरज राजभण्डारि, केईबि बैक कोरियाका कर्मचारी सुरेश लिम्बु , कोरिया सन्देश क्लबका ब्यवस्थापक राजु सन्तोषि थापा, झापा मिलन समाजका सचिव राजकुमार राई ,पत्रकार लिलु डुम्रे , संखुवा सभा समाजका गणेश घिमिरे लगायत रहनु भएको थियो । कार्यक्रम कोरिया सन्देश क्लबका अध्क्षय मीन प्रकाश उप्रेतीको अध्क्षयतामा सम्पन्न भएको थियो ।

यसै गरी आइतबार कोरियाको फेन्तेक क्षेत्रमा पनि नेपालीहरूले नव वर्ष २०७० को शुभकामना कार्यक्रम सम्पन्न गरेका छन् । माईग्रेन सेन्टरमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सोही सेन्टरका प्रमुख किम होनले शुभकामना दिनु भएको थियो । फेन्तेक सेन्टरका नेपाली समूहका अध्क्षय यादव खनालले उपस्थित सबैलाई धन्यवाद दिदै नयां वर्षले विदेश बाट बया शिप र क्षमता लिएर स्वदेश फर्कने कामना गर्नु भएको थियो । उक्त कार्यक्रम सृजना सांगितिक समूहले गीत प्रस्तुत गरेको थियो भने स्थानीय कलाकारहरू कृष्ण गुरुङ्ग र सन्तोष भट्टराईले आफ्ना गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई शिशिर पाण्डेको गजल र मुक्तकले थप आर्शक बनाएको थियो । 

साउदी जेलमा एसी बिग्रिएपछि तनाव

 वैशाख ६ - साउदी अरबको दमामस्थित जेलमा एसी बिग्रिएपछि घर फिर्न बल्लबल्ल जेल छिर्न पाएका नेपाली कामदारहरू समस्यामा परेका छन् । यसले जेल प्रशासनलाई समेत चिन्तित बनाएको छ । झन्डै दुई सय जना अट्ने क्षमताको जेलमा बुधबारसम्म ७ सय नेपाली छन् ।

गैरकानुनी हैसियत भएका नेपाली घर फिर्न अनिवार्य जेल जानुपर्छ । 'हिजोबाट जेलको एसीको सिस्टम नै गएको रहेछ,' साउदीको लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'यसले तनाव बढेको छ ।' बिहीबार दिउँसो यहाँको तापक्रम ४३ डिग्री सेन्टिग्रेड पुगेको थियो । 'गर्मी निकै बढेको छ । एउटै कोठामा सयौं कामदार राखिएको छ,' उनले भने, 'यसले दिन कटाउनै मुस्किल परेको छ ।' 

समाधानका लागि जेल प्रशासनले राजदूत पाण्डेसूग छलफलसमेत गरेको छ । राजदूतले कामदारलाई बाहिर निकालेर घर फिर्ने वातावरण मिलाउन अनुरोध गरेका छन् । त्यसका लागि दूतावासको प्रतिनिधिलाई जेलमा पठाइएको छ । 'साथीभाइ भएकालाई घर फिर्ने प्रक्रियालाई निरन्तरता दिई जेलबाट निकाल्न अनुरोध गरिएको छ,' उनले भने, 'सबै प्रक्रिया पूरा भएपछि बिहान जेल राखेर साँझ पठाउने विषयमा छलफल भइरहेको छ ।' 

एसी बिगि्रएपछि जेलभित्र होहल्ला सुरु भएको छ । 'सिस्टम' नै बिग्रेकाले मर्मत हुन केही दिन लाग्ने प्रशासनले जनाएको छ ।

गैरकानुनी कामदारको चाप निकै बढेको दमाम जेलबाट शुक्रबार मात्रै एकसय ७० जना स्वदेश फिर्दै छन् । 

साउदी अरबियामा पनि नयाँ बर्ष तथा चैते दशैँ मनाइयो

रियाद, १९ अप्रिल, शुक्रबार । सृजना साँस्कृतिक समूह, साउदी अरबियाको आयोजनामा बिहिबार राती नयाँ बर्ष २०७० तथा चैते दशैँ विविध कार्यक्रमहरुका साथ रियाद शहरमा मनाइयो । आयोजक संस्थाका अध्यक्ष नरेश काफ्लेको सभापतित्व तथा साउदी अरबियाका लागि राजदूत, महामहिम उदयराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा साउदी अरबियामा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत लगभग दुई सय जना भन्दा बढी प्रवासी नेपाली दाजुभाईहरुको पनि गरिमामय सहभागिता रहेको थियो ।

बिभिन्न गीत संगितहरु सहित आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी महामहिम राजदूत, श्री पाण्डेले साउदी अरबियामा अवैध रुपमा रहेका नेपाली कामदारहरुको बारेमा जानकारी गर्नु भएको थियो । अवैध रुपमा साउदीमा रहेका नेपाली कामदारहरु प्रति उब्जिएको भ्रमपूर्ण समाचारलाई स्पष्ट पार्दै गत २५ फेब्रुअरीमा साउदीका माननीय श्रम मन्त्रीले औपचारिक रुपमै आममाफीको घोषणा अबको तीन महिना पछि कार्यन्वयन हुने जानकारी उक्त समारोहमा ब्यक्त गर्नु भयो । भारतीय नागरिकहरुको लागि त अहिले देखि नै out pass वितरण गरेको छ रे नि त, भनि सोधिएको प्रश्नको जवाफ दिदै महामहिम राजदूतले भन्नु भयो, "भारतीय दूताबासले out pass जारि गरेको नभै साउदीमा भारतीय अवैध कामदारहरु कति रहेछन् त भनि तथ्यांक संकलन गर्न फारम भर्न आह्वान गरिएको मात्रै हो भनि सहभागीहरुलाई स्पष्ट पार्नु भएको थियो" ।

saudi ma new year & chaite dashain by nepalarabकेही दिन अगाडी मात्रै साउदीका माननीय श्रम मन्त्रीले अवैध आप्रवासी कामदारहरुको बिषयमा एक टेलिभिजनमा जारी गरेको बक्तव्यलाई उधृत गर्दै, "अवैध कामदारहरु तीन महिना भित्रमा स्वदेश फिर्ता नभए एक लाख साउदी रियाल सम्म जरिवाना हुन सक्ने" भन्ने गलत बुझाईलाई स्पष्ट पार्नु हुदै राजदूत पाण्डेले भन्नु भयो, "अवैध कामदारहरु तीन महिना भित्रमा साउदी नछाडे एक लाख साउदी रियाल जरिवाना अवैध कामदारले जरिवाना स्वरुप तिर्नु पर्ने नभैई, एक अवैध कामदारलाई काम गराएको भेटिएमा त्यो कम्पनीको मालिकलाई एक लाख जरिवाना हुन सक्ने र एक अवैध कामदार बराबर कम्तिमा तीन महिना सम्म जेल सजाय हुन सक्ने कुरा प्रष्ट्याउनु भएको थियो" ।

महामहिम राजदूतले थप्नु भयो, "यो तीन महिना भित्रमा ति अवैध नेपाली कामदारहरुलाई उनीहरुले काम गर्ने कम्पनीहरुबाट निस्काशन गरिएको अवस्थामा दूताबासले उनीहरुको केहि समय सम्मको बसाइको लागि नेपाली संघ संस्थाहरुको सहयोग लिनु पर्ने आवश्यकता आउन सक्ने र त्यसको लागि अहिले नै तयारीमा रहन अनुरोध गर्नु भयो" । नेपाल सरकारको सम्बन्धित निकायमा यस्तो अवस्था आउन सक्ने जानकारी दिई सकिएको वहाँले बताउनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघ, साउदीका अध्यक्ष, हुम सुनारी मगरले आफ्नो शुभकामना मन्तव्यमा थप्दै, "प्रत्यक दिन साउदीको अंग्रेजी अनलाइन पत्रिका, अरब न्युज डट कम हेर्ने गरेको र अवैध रुपमा रहेका आप्रवासी कामदारहरुको बारेमा सम्प्रेषण गरिएको समाचारहरुलाई संक्षेपमा नेपालीमा उल्था गरि सामाजिक संजाल फेसबूक मार्फत नेपाली समुदायमा निरन्तर पुर्याई रहेको जानकारी गर्दै, अवैध नेपाली कामदारहरुलाई उनीहरुले काम गर्ने कम्पनीहरुबाट निस्कासन भएमा दूतावाससँगको समन्वय र परामर्शमा जस्तो किसिमको पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्यो ।

saudi ma new year & chaite dashain by nepalarabसृजना साँस्कृतिक समूहका सल्लाहकार सिताराम नेपाल द्वारा संचालित कार्यक्रममा समूहका सचिव, बिज्ञान राईको स्वागत मन्तब्य पछि शुभकामना आदान प्रदान गर्नेहरुमा दूतावासका नियोग उप-प्रमुख, हरिश्चन्द्र घिमिरे, जनजाति महासघ, साउदीका उपाध्यक्ष, बिशाल तामांग, महासंघ कै सल्लाहकार, दिलचन बुढामगर, एनआरएनए आइसीसी सदस्य, राजु पौडेल र मिथिला एकता समाजका अध्यक्ष, रुकेश शाह हुनु हुन्थ्यो
।

                                                        मेरो दिगाम