Friday, May 23, 2014

कर नतिर्ने व्यवसायीलाई दायरामा ल्याउँदै आयोग

काठमाडौं, ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यावसायिक फर्महरू करको दायरामा नआएकाले निगरानी बढाइएको जानकारी दिएको छ । सरकारलाई बुझाउनुपर्ने कर व्यावसायीहरूले समयमा नबुझाई बक्यौता राख्ने गरेको सन्दर्भमा आयोगले अनुगमन र निगरानीको प्रक्रियालाई अगाडि बढाएको हो ।
aakhtiyar-durupayogआयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार हालसम्म एक लाख ३५ हजार ३९४ जनालाई आयकर, ११ हजार ३९ जनालाई मूल्य अभिवृद्धि कर, ४० हजार ५८४ जनालाई अन्तःशुल्क गरी जम्मा एक लाख ८७ हजार १७ व्यवसायीलाई आयकरको दायरामा ल्याइएको छ ।यस्तै कर छली गर्ने एक हजार १९९ करदातामाथिको अनुसन्धान कार्य सम्पन्न भई आयकर र मूल्य अभिवृद्धि करसमेत गरी कुल रु दुई अर्ब ४४ करोड ५० लाख कर निर्धारण गरिएको र त्यो असुलीको प्रक्रियामा रहेको आयोगले जनाएको छ ।बक्यौतातर्फ रु तीन अर्ब ५७ करोड ३१ लाख असुली गरिएको छ । सूर्तीजन्य पदार्थको अन्तःशुल्कतर्फ आर्थिक वर्ष २०६९÷७० मा रु २२ करोड मात्र असुल भएकामा चालु आबको दश महिनामा रु एक अर्ब पाँच करोड असुल गरिएको छ ।काठमाडौँको एक सूर्ती उद्योगबाट अन्तःशुल्क छली भएको अनुसन्धानबाट खुलेकाले रु १९ लाख धरौटी लिई त्यसमाथि अनुसन्धान थालिएको समेत अख्तियारले जनाएको छ ।

एक अर्कालाई ‘आभास’ गर्दै संयम र आश्मा

Thumbnail for 18461
aavash-muhurta
२०७१ जेठ ९ गते १३:०१ मा प्रकाशित
चलचित्र ‘आभास’को काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पुजा गरि शुभसाइत गरिएको छ । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले क्ल्याप हानेर सिनेमाको शुभसाइत गरे ।
चलचित्रलाई चर्चित सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेका हुन् । लामो समयसम्म वर्कशप गरेकाले पनि सिनेमाको छायांकनमा निक्कै सजिलो हुने वुझाई छ, सुरेन्द्रको । सुनिल रावल र गोविन्द शाहीको लगानी रहने सिनेमामा संयम पुरी, सलोन बस्नेत, पि्रयंका कार्की, आस्मा डीसी लगायतका कलाकारको अभिनय रहनेछ ।
उसो त संयम र आश्मा वास्तविक जीवनमा पनि प्रेममा डुबिरहेका छन् । ग्लोसी पिक्चर्सको ब्यानर र क्रियटिभ फिल्मस्को सहकार्यमा बन्न लागेको सिनेमालाई दुर्गिस थापाले प्रस्तुत गर्दैछिन् । चलचित्रमा एक यूवक र उसको जीवनमा आइपर्ने विभिन्न खालमा उतारचढावको कथा समावेश गरिनेछ ।
चलचित्रको छायांकन केही दिनमै सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।

दीपाको टेन्सन : ‘नखाउँ मिठो छ, खाउँ मोटाइन्छ’

२०७१ जेठ ९ गते १४:१३ मा प्रकाशित
कलाकार दीपाश्री निरौलालाई पनि कस्तो टेन्सन बढेको रहेछ आजकल । ‘तितो सत्य’को पर्दामा मोटो देखिएकला भन्ने पिर उनमा बढेको छ ।
केही समयअघि सम्म दीपाको मोटोपनाको बिषयलाई लिएर निक्कै चर्चा भयो । उनी मोटाउँदै गएपछि मिडियामा आलोचना पनि भयो । यसपश्चात भने उनी केही सजग भएकी छिन् ।
दीपालाई हिजोआज मिठो लागेको कुरा खान पनि अप्ठ्यारो लाग्छ । ‘नखाउँ भने मिठो लाग्छ, खायो कि शरीर लाग्छ’, दीपा यस्तै भन्छिन् ।
भदौ महिनाबाट ३९ आंै बर्षमा लाग्ने दीपा आजसम्म पनि अविवाहित नै छिन् । तर मिठो लागेको कुरा भने नखाई नखाई भएपनि उनले मेन्टेन भने गरेकी नै छन् ।

केकी र प्रियंकाको चुम्बनमा लुकेको मित्रता(फोटो फिचरसहित)

Thumbnail for 18465
keki-and-priyanka
२०७१ जेठ ९ गते १४:५२ मा प्रकाशित
चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को प्रिमियरमा सहभागी हुन नायिकाद्धय केकी अधिकारी र प्रियंका कार्की हतार-हतार काठमाण्डौ आए । बिहिबार बेलुकी प्रिमियरमा सहभागी भए र आजै बिहान दमौली फर्किए । उनीहरुको हतारोले दुबैजना आफू अभिनित सिनेमाको प्रमोशनमा निक्कै मिहिनेत गर्छन् भन्ने देखाउँछ ।
उसो त यो सिनेमा दुबैका लागि विशेष छ । प्रियंकाको यो अभिनयका आधारमा डेब्यू सिनेमा हो भने केकीका लागि निर्देशक प्रशन्न पौडेल विशेष छन् । उनलाई सिने नगरीमा भित्राउनेदेखि भिडियोमा चर्चित बनाउन प्रशन्नकै हात छ । यसैले पनि दुबैजनालाई यो पि्रमियरमा सहभागी हुनु अत्यन्त जरुरी थियो । दमौलीमा ‘फन्को’ सिनेमाको छायांकनमा रहेकाले पनि दुबैजनाले ‘मेरो बेष्ट फ्रेन्ड’लाई साथ दिन सकेका थिएनन् ।keki-and-benisha
यता प्रियंकाको ‘आवरण’ सिनेमा असफल भएकाले पनि यो चलचित्र चल्नु जरुरी छ । यसैले पनि अन्तिम समयमा आएर भएपनि प्रियंकाले सिनेमालाई साथ दिन खोजेको हुनसक्छ ।
प्रिमियरमा चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती थियो । दुबै नायिका ढिलो आउँदा नायिका वेनिशा हमाललाई फाइदा भयो । मिडियाका क्यामेराले उनकै पोज खिचेको देखियो ।

mero-best-friend-ko-premierkeki-priyanak-prsanna

२०७१ जेठ ९ गते १४:५२ मा प्रकाशित
चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’को प्रिमियरमा सहभागी हुन नायिकाद्धय केकी अधिकारी र प्रियंका कार्की हतार-हतार काठमाण्डौ आए । बिहिबार बेलुकी प्रिमियरमा सहभागी भए र आजै बिहान दमौली फर्किए । उनीहरुको हतारोले दुबैजना आफू अभिनित सिनेमाको प्रमोशनमा निक्कै मिहिनेत गर्छन् भन्ने देखाउँछ ।
उसो त यो सिनेमा दुबैका लागि विशेष छ । प्रियंकाको यो अभिनयका आधारमा डेब्यू सिनेमा हो भने केकीका लागि निर्देशक प्रशन्न पौडेल विशेष छन् । उनलाई सिने नगरीमा भित्राउनेदेखि भिडियोमा चर्चित बनाउन प्रशन्नकै हात छ । यसैले पनि दुबैजनालाई यो पि्रमियरमा सहभागी हुनु अत्यन्त जरुरी थियो । दमौलीमा ‘फन्को’ सिनेमाको छायांकनमा रहेकाले पनि दुबैजनाले ‘मेरो बेष्ट फ्रेन्ड’लाई साथ दिन सकेका थिएनन् ।
यता प्रियंकाको ‘आवरण’ सिनेमा असफल भएकाले पनि यो चलचित्र चल्नु जरुरी छ । यसैले पनि अन्तिम समयमा आएर भएपनि प्रियंकाले सिनेमालाई साथ दिन खोजेको हुनसक्छ ।
प्रिमियरमा चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती थियो । दुबै नायिका ढिलो आउँदा नायिका वेनिशा हमाललाई फाइदा भयो । मिडियाका क्यामेराले उनकै पोज खिचेको देखियो 

भोली बिहे गर्दै हमाल, मधुको आग्रहमा मिडिया बन्देज


           rajesh hamal and madhu bhattri (26)

२०७१ जेठ ९ गते १७:२३ मा प्रकाशित
अन्तत लामो समयको चर्चा र परिचर्चा पश्चात नायक राजेश हमालले भोली प्रेमिका मधु भट्टराइलाई आफ्नो घर भित्राउने भएका छन् । करिब ९ बर्ष लामो निकटता पश्चात हमाल र मधुले बिहे गर्न लागेका हुन् ।
राजेश हमालका सहयोगी तथा निर्देशक रोशन हमालले खबरको पुष्टी गर्दै भोली हिन्दु परम्परा अनुसार बिहे हुन लागेको जनाए । हमालले बिहे भोज भने जेठ १४ गते दिदैछन् । हमालको बिहेमा उनका निक्कै निकटका साथीभाई र आफन्त मात्र हुनेछन् । हमालले पनि केही दिनअघि रगतका नाता भएकालाई मात्र बिहेमा बोलाउने बताएका थिए ।
बिबाहमा मिडियालाई पूर्ण रुपमा बन्देज लगाइएको छ । मधुको परिवारले गोप्यता खोजेपछि यस्तो कदम चालिएको वुझिएको छ । बिहान १० बजेपश्चात हमाल मधुलाई लिन जानेछन् । बिबाहको समय लामो नहुने बताइएको छ । उनको बिहे कहाँ हुन्छ भन्ने खुलाइएको छैन । संभवत कुनै एक होटलमा हुनसक्छ, रोशनले लोकेशन खोल्न चाहेनन् ।
हमालको बिहेको तस्बिर मिडियालाई पछि मात्र उपलब्ध गराइनेछ ।

Wednesday, May 21, 2014

दुर्घटनामा पर्दा ज्यानको भन्दा परिचय खुल्ने डर

दुर्घटनामा पर्दा ज्यानको भन्दा परिचय खुल्ने डर
प्रेम सुनार
गुल्मी, जेठ ८ । पछाडी युवती हालेर युवाले तिब्र गतिमा हुईकाएको मोटर साईकल जोडले भित्तामा ठोक्कीयो । त्यहाँबाट उड्यो र खस्यो नालीमा प्रत्यक्षदर्शी पत्रकार भरत पाण्डे भन्नु हुन्छ उनिहरु नालीमा थिए मोटर साईकलले च्यापिएको अवस्थामा ।
युवा उठ्न नसक्ने गम्भीर अवस्थामा थिए । यो हिजो साँझ थानपति ९ को घटना हो । उनिहरु तम्घासबाट पोखरा तर्फ जाँदै थिए । पाल्पाबाट आउँदै गरेका पत्रकार पाण्डे र टिकाराम पोखरेलले उनिहरुको उद्धार गरेर उपचारका लागि पाल्पा पठाउनु भएको थियो ।
उनिहरुलाई ज्यानको भन्दा आफुहरुको परिचय खुल्ने डर थियो भन्नु हुन्छ पत्रकार पाण्डे । पत्रकार भनेर परिचय दिए पछि उनिहरुले नाम ठेगाना नखुलाई दिन आग्राह गरेको उहाँले बताउनु भयो ।
मोटर साईकल नम्वर र नाम ठेगाना नखुलाई दिदा राम्रो हुने रिडी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षक केशव चन्दको समेत सुझाव थियो । कसैको घर जल्नबाट बचाउने प्रहरी र सञ्चार माध्यमको समेत दायित्व भएको उहाँको भनाई थियो ।
यसर्थ पनि समाजले पचाउन नसक्ने वा गोप्य राख्नु पर्ने सम्वन्ध रहेका जोडिहरुले यात्रा गर्दा यस्ता कुरामा विवेक पु¥याउनु जरुरी देखिन्छ । दुर्घटनामा परेका २४ वर्षिय युवाको अवस्था घम्भीर रहेको तर युवतीको अवस्था भने समान्य रहेको बताईन्छ । उनिहरु हिजो दिउँसो सदरमुकाम तम्घासमा देखिन्थे । युवती गुल्मेली र युवा कास्केली भएको उनिहरुको कागज पत्रबाट पाईएको छ ।

मेरो कसैसँग प्रतिस्पर्धा छैन: निशा अधिकारी

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा को नम्बर वान भन्ने होड नै चलेको छ।
डिसीनेपाल डटकम संवाददाता - पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा को नम्बर वान भन्ने होड नै चलेको छ । 
फिल्मको बजार त्यति उत्कृष्ट नभएपनि कलाकारबीचको प्रतिस्पर्धा कम भएको छैन । को भन्दा को कम भन्ने यो जमानामा अभिनेत्री निशा अधिकारीले भने प्रतिस्पर्धा गर्न आफुलाई कुनै रुची नभएको बताएकी छिन् । एक अनलाई पत्रिकाको अन्तर्वार्तामा निशालेआफूलाई नम्बरमा कुनै होडबाजी नभएको बताएकी हुन् ।
 
फिल्म ‘फस्ट लभ’ को सफल व्यापारसँगै अभिनेत्री निशा अधिकारीको व्यस्तता ह्वात्तै बढेको थियो । सर्वोच्च शिखर सगरमाथाको सफल आरोही निशाको भागमा पछिल्लो समय कम फिल्म छन् । 
पछिल्लो समय चलेका नायिका प्रियंका कार्की, नम्रता श्रेष्ठ, केकी अधिकारी र ऋचा शर्मासँग आफ्नो कुनै प्रतिस्पर्धा नै नरहेको जेठ ३० गते प्रदर्शन हुने ‘मुखौटा’की निशाले बताईन् ।
फिल्ममा काम गर्नु केवल आफ्नो चाहना भएको भन्दै फिल्म खेलेर नाम र दाम कमाउनु उद्धेश्य नभएको बताएकी छिन् ।