Monday, November 19, 2012

आठ वर्षकी बालिका बलात्कार गर्ने सेनाका जवान पक्राउ


तनहुँ, मङ्सिर ४ - तिहार बिदामा घर आउँदा गाउँकै ८ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक सिपाहीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धिदल गण विजयपुर ब्यारेक दरबन्दी भएर श्री नं. ३ बाहिनी अड्डा खैरेनीटारमा तालिम लिदै आएका सेनाका जवान रुपबहादुर जिसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।तिहार मनाउन तनहुँकै रुपाकोट-२ स्थित गाउँ गएका जिसीले गत कात्तिक २८ गते गाउँकै एक ८ वर्षीया बालिकालाई वनमा लगेर जबर्जस्ती करणी गरेको तनहुँका प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिए। करणीपश्चात् बालिकालाई घाइते बनाएर फरार भएको जिसीलाई नेपाली सेनाको सहयोगमा सोमबार पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको हो।

नागरिक दैनिकबाट 

No comments:

Post a Comment