कलेज डान्स च्याम्पको उपाधी प्रदीपलाई
उपत्यकाका कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूको प्रतियोगिता कलेज डान्स च्याम्पको उपाधि प्रदीप केसीले हात पारेका छन्। राजधानीमा सम्पन्न प्रतियोगिताको फाइनल चरणमा उनले आफ्ना पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। केसीले उपाधिबापत नगद ५० हजार रुपियाँसहित ट्रफी पाए भने एउटा म्युजिक भिडियोमा मोडलिङसमेत गर्न पाउनेछन्।
प्रतियोगितामा प्रतिमा मल्ल मस्ट पपुलर भइन्। तीन महिनाअघिदेखि सञ्चालित प्रतियोगिताको फाइनल चरणमा जम्मा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए। फाइनल चरणको प्रतियोगितामा सबै प्रतिस्पर्धीले कन्टेम्पोररी र मिक्स डान्स प्रस्तुत गरेका थिए।
कलेज लेवलका विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले प्रतियागिताको आयोजना गरिएको आयोजक संस्था ड्रिम फ्याक्ट्रीका म्यानेजिङ डाइरेक्टर दशमी सुनुवारले जानकारी गराइन्। सीडीसीका अधिकांश सहभागी प्लस टुमा अध्ययनरत विद्यार्थी रहेका थिए। उनीहरूले पढाइमा मात्रै ध्यान दिँदा बोर हुने भएकाले यस्ता अतिरिक्त कार्यक्रममा सहभागिता जनाएको बताए। कलेज लेबलका विद्यार्थीको यो प्रतियोगीता वार्षिक र स्कुल लेबलका विद्यार्थीको पनि चाँडै नृत्य प्रतियोगिताको आयोजना गर्ने आयोजकले जनाएका छन्।
No comments:
Post a Comment