Monday, November 19, 2012

दमक बासिलाई नचाए रेखा र विलसनले

 झापाको दमकमा सञ्चालित दशैंतिहारको उत्सव समापनका अवसरमा नायिका रेखा थापासहितका कलाकारले आ–आफ्नो प्रस्तुति पस्केर झापाली दर्शकलाई मोहित बनाएका छन्।

नायिका थापा र हांस्यकलाकार विलसनविक्रम राईले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला बोलको गीतमा नृत्य गरेर मनोर
ञ्जन प्रदान गरेका थिए। त्यस्तै, गायक बाबु बोगटीले समेत आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर दर्शकलाई सांगीतिक आनन्द प्रदान गरेका थिए।

भारतको वृन्दावनबाट आएका कलाकारले समेत नृत्य प्रस्तुत गरेको उत्सवमा रामलीला प्रस्तुतका साथै दुर्गा सप्तसतीचण्डी पाठ गरिएको थियो। १ महिने उत्सवमा यसअघि गायक राजेशपायल राई, शिव परियार, डम्बर नेपाली, गायिका इन्दिरा जोशीलगायतले 
आ–आफ्ना प्रस्तुति दिएका थिए। दुर्गा पूजा युवा समितिको आयोजनामा गत कात्तिक १ बाट उत्सव सञ्चालन गरिएको थियो।

No comments:

Post a Comment