Monday, December 3, 2012

नेपाली हास्य टेली श्रीन्खला जिरे खुर्सानी


Jire Khursani - December 3, 2012


 नेपाली हास्य टेली श्रीन्खला जिरे खुर्सानी

क्षितिज पारी उनको बस्तिमा......

क्षितिज पारी उनको बस्तिमा......नेपाली लोक गीत 


यस्तो रह्यो अर्घाखाँचिको रेस्लिङ प्रतियोगिता (फोटो फिचर)

अन्तर्राष्ट्रिय खेलाडी सहित अर्घाखाँचीको सन्धीखर्क टुँडिखेलमा भएको अन्तर्राष्ट्रिय रेस्लीङगमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेस्लर भरत बहादुर विशुराल (हिमालयन टाइगर) बीच मुख्य महाभिडन्त भएको थियो । उक्त भिडन्तमा जितेका  खेलाडी हिमालयन टाइगरलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाईटल वेल्ट उपाधीका साथ नगद दुई लाख रुपैया प्रदान गरिएको  छ  । हेरौ उक्त प्रतियोगिताका केही झलकहरु:





समचार गुल्मी न्युज बाट  

पुष्पाले जितिन् ‘सीएनएन हिरो २०१२’ (भिडियोसहित)


१८ मंसिर, काठमाण्डौ । जेलमा रहेका बालवालिकाको स्याहारमा सक्रिय नेपालकी समाजसेवी पुष्पा वस्नेतले ‘सीएनएन हिरोज अफ द इयर २०१२’को उपाधी जितेकी छिन् ।
अमेरिकी टीभी च्यानल सीएनएनले हरेक बर्ष प्रदान गर्ने यो एवार्ड सीएनएनको वेबसाइटमा भएको अनलाइन भोटिङबाट चयन गरिन्छ । नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको अवार्ड बितरण समारोहमा पुष्पाले अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । उपाधि जित्न सफल पुष्पाले २ लाख ५० हजार अमेरीकी डलर पाएकी छिन् ।
सीएनएनले सवै प्रतिस्पर्धीलाई जनही ५० हजार डलर पनि दिएको छ । यो सँगै पुष्पाले आफनो अभियानका लागि ३ लाख डलर अर्थात करिव २ करोड ६४ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
उपाधि लिन स्टेजमा पुग्दा पुष्पा भावबिभोर  थिइन् । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- ‘यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।’

नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनी विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । पुष्पाले बालबालिकाहरुलाई दिएको माया र ममताको योगदान कदर गर्दै सिएनएन हिरो २०१२ को उपाधि दिएको हो । विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन सिएनएनले ६ वर्षदेखि सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन ।

हेरौँ भिडियो: 

महायज्ञको उधारो दान उठाउन घरघर हिंड्यो रेसुङ्गा क्याम्पस

अनिल खत्री
गुल्मी, मंसिर १८ ।  गएको कार्तिक १५ देखि २२ गते सम्म रेसुङ्गा बहुमुखी क्याम्पसले संञ्चालन महायज्ञ सम्पन्न पश्चात पनि महायज्ञमा उठ्न बाँकी रकम सङ्कलन गर्न तम्घास नगरमा पर्ने घरहरुमा घरदैलो अभियानलाइ क्याम्पसले तिब्रताका साथ संञ्चालनमा गरेको छ ।
आइतबार तम्घासको वाड नंम्बर १ बाट सुरु गरिएको घरदैलो अभियान तम्घासका ९ वाड र तम्घासका जोडिएका गाबिसहरुमा समेत पुग्ने क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले जानकारी दिनुभयो । अभियानमा तम्घासको बजार तथा बाटोमा घर पर्ने हरुका लागी न्युनतम ५हजार र भित्री बाटोमा पर्ने घरहरुको लागी ३ हजार र तमघासमै घडेरीहुनेहरुका लागी न्युनतम २ हजार सहयोग रकम तो किएको र कसैले सो इच्छा अनुसार बढी दिनचाहे उहाहरुकै इच्छाअनुसार रकम उठाउदै हिडेको पन्थीले जानकारी दिनुभयो । कार्तिक १५ देखि २२ सम्म संञ्चालन भएको महायज्ञमा ३ करोड भन्दा बढी रकम संकलन भएको थियो ।

   समचार गुल्मी न्युज बाट 

Monday, November 19, 2012

Watch Nepal Television Online Free

Watch Nepal Television Online Free

तराई र राजधानीमा छठ मान्नेहरुको घुइँचो, राष्ट्रपति पनि रानीपोखरीमा


तराई र राजधानीमा छठ मान्नेहरुको घुइँचो, राष्ट्रपति पनि रानीपोखरीमा ।
 (Evening News, 19 November 2012. Source: Himalaya TV)

कलेज डान्स च्याम्पको उपाधी प्रदीपलाई

 उपत्यकाका कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूको प्रतियोगिता कलेज डान्स च्याम्पको उपाधि प्रदीप केसीले हात पारेका छन्। राजधानीमा सम्पन्न प्रतियोगिताको फाइनल चरणमा उनले आफ्ना पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। केसीले उपाधिबापत नगद ५० हजार रुपियाँसहित ट्रफी पाए भने एउटा म्युजिक भिडियोमा मोडलिङसमेत गर्न पाउनेछन्।
प्रतियोगितामा प्रतिमा मल्ल मस्ट पपुलर भइन्। तीन महिनाअघिदेखि सञ्चालित प्रतियोगिताको फाइनल चरणमा जम्मा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए। फाइनल चरणको प्रतियोगितामा सबै प्रतिस्पर्धीले कन्टेम्पोररी र मिक्स डान्स प्रस्तुत गरेका थिए।
कलेज लेवलका विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले प्रतियागिताको आयोजना गरिएको आयोजक संस्था ड्रिम फ्याक्ट्रीका म्यानेजिङ डाइरेक्टर दशमी सुनुवारले जानकारी गराइन्। सीडीसीका अधिकांश सहभागी प्लस टुमा अध्ययनरत विद्यार्थी रहेका थिए। उनीहरूले पढाइमा मात्रै ध्यान दिँदा बोर हुने भएकाले यस्ता अतिरिक्त कार्यक्रममा सहभागिता जनाएको बताए। कलेज लेबलका विद्यार्थीको यो प्रतियोगीता वार्षिक र स्कुल लेबलका विद्यार्थीको पनि चाँडै नृत्य प्रतियोगिताको आयोजना गर्ने आयोजकले जनाएका छन्।

दमक बासिलाई नचाए रेखा र विलसनले

 झापाको दमकमा सञ्चालित दशैंतिहारको उत्सव समापनका अवसरमा नायिका रेखा थापासहितका कलाकारले आ–आफ्नो प्रस्तुति पस्केर झापाली दर्शकलाई मोहित बनाएका छन्।

नायिका थापा र हांस्यकलाकार विलसनविक्रम राईले सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला बोलको गीतमा नृत्य गरेर मनोर
ञ्जन प्रदान गरेका थिए। त्यस्तै, गायक बाबु बोगटीले समेत आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेर दर्शकलाई सांगीतिक आनन्द प्रदान गरेका थिए।

भारतको वृन्दावनबाट आएका कलाकारले समेत नृत्य प्रस्तुत गरेको उत्सवमा रामलीला प्रस्तुतका साथै दुर्गा सप्तसतीचण्डी पाठ गरिएको थियो। १ महिने उत्सवमा यसअघि गायक राजेशपायल राई, शिव परियार, डम्बर नेपाली, गायिका इन्दिरा जोशीलगायतले 
आ–आफ्ना प्रस्तुति दिएका थिए। दुर्गा पूजा युवा समितिको आयोजनामा गत कात्तिक १ बाट उत्सव सञ्चालन गरिएको थियो।

गुल्मी सेवा समाज, दोहा कतारको देउसी भैलो कार्यक्रमका थप भिडियोहरु


गुल्मी सेवा समाज, दोहा कतारले आयोजना गरेको देउसी भैलो कार्यक्रम २०१२ को भिडियोहरु हेरौँ:
 

आठ वर्षकी बालिका बलात्कार गर्ने सेनाका जवान पक्राउ


तनहुँ, मङ्सिर ४ - तिहार बिदामा घर आउँदा गाउँकै ८ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक सिपाहीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धिदल गण विजयपुर ब्यारेक दरबन्दी भएर श्री नं. ३ बाहिनी अड्डा खैरेनीटारमा तालिम लिदै आएका सेनाका जवान रुपबहादुर जिसी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।तिहार मनाउन तनहुँकै रुपाकोट-२ स्थित गाउँ गएका जिसीले गत कात्तिक २८ गते गाउँकै एक ८ वर्षीया बालिकालाई वनमा लगेर जबर्जस्ती करणी गरेको तनहुँका प्रहरी उपरीक्षक देवबहादुर बोहोराले जानकारी दिए। करणीपश्चात् बालिकालाई घाइते बनाएर फरार भएको जिसीलाई नेपाली सेनाको सहयोगमा सोमबार पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको हो।

नागरिक दैनिकबाट 

Monday, October 22, 2012

बाघले दिउँसै पशुचौपाया खान थालेपछि गाउँले त्रसित

गुल्मी, ६ कार्तिक । बाघले दिउँसै पशुचौपाया खान थालेपछि  दौघा गैरीखुट्टावासी त्रसित बनेका छन्। एक महिनाको अवधिमा यहाँका एक दर्जनमा बढी बाख्रा र कुकुर बाघले खाएको स्थानीयवासीले बताएका छन्। दिउँसो घरगोठमा नै आएर बाघले बाख्रा र घरमा पालेका कुकुर खाइदिएको गोविन्द घिमिरेले बताउनुभयो। दिउँसो बाघले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको उहाँले जानकारी दिनुभयो।

मेघराज घिमिरे, ज्ञानेश्वर घिमिरे, लक्ष्मी घिमिरे, भद्रबहादुर रेश्मीलगायतका बाख्रा र घरमा पालेका कुकुर बाघले खाएको छ । दसैँको समयमा बाघले दिउँसो नै पशुचौपाया खान थालेपछि स्थानीयवासी आफ्ना बालबालिकालाई बाहिर हिँडडुल गर्न जान दिन र घाँसदाउरा गर्न डराइरहेका छन्। नवरात्रिको समयमा विगतका वर्षमा बाघ आउने र कराउने गरे पनि यसरी धेरै सङ्ख्यामा पशुचौपाया खाइदिएको यो पहिलोपटक भएको स्थानीयवासी बताउँछन्।

दरबार देबिस्थानमा घर भित्रै पसेर बाघले मान्छे खायो, हड्डी मात्र बाँकी

गुल्मी, असौज २२ । दरबार देविस्थानकी एक बृद्धालाइ बाघले खाएको छ । गए राती घरभित्रै पसेको बाघले दरबार देविस्थान ४ भलाएचौर निवासी ६० वर्षिया बृद्धा रेनुकला खत्रीलाइ बाघले खाएको हो । "राती कतिबेला पस्यो भन्ने एकिन भएन", स्थानिय पत्रकार राम केसीले भने, "बिहानपख थाहा भयो, बृद्धाको शब पहिचान नै गर्न नसक्ने अवस्थामा छ ।"
"मासु पुरै खाएको छ, हड्डी मात्रै बाँकी छ" उनले भने, "त्यो दर्दनाक दृश्यले गाउँ शोकमग्न र त्रसित छ ।" खत्री घरमा एक्लै बस्दै आएकी थिइन । प्रहरीलाई सुचित गरिएको र घटनास्थल तर्फ आउँदै गरेको केसीले जानकारी दिए । घटनास्थल सदरमुकाम तम्घासबाट सवारीसाधनमा आधा घण्टाको दुरिमा छ ।


काठमाडौँ, कात्तिक ६ - दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।
काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्सालभगवती, भद्रकाली, शोभाभगवती, विजयेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, वज्रबाराहीलगायत मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ।

पशुबलिका रुपमा राँगा, हाँस, कुखुरा, बोका, भेंडा आदिको भोग चढाइन्छ। पशुबलि निषेध चेतना अभियान जस्ता संस्थाहरुले भने मानिसमा रहेको काम, क्रोध, लोभ, मोह, मदमाश्चर्य आदि अहङ्कारलाई बलि दिनुपर्ने भनी अभियान चलाइरहेका छन्।

राष्ट्रपति शक्तिपीठमा 
राष्ट्रपति रामवरण यादवले आज बिहान काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरेका छन्।
उनले नक्सालभगवती, मैतीदेवी, भद्रकालीलगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन गरेका थिए। रासस

Thursday, October 11, 2012

विजया-दशमी को शुभ-कामना


सुरु भयो बिजया दशमिको

विजया-दशमी २०६८ सालको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली साथीहरु,दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु

नेपालीहरुको महान चाड दशै नजिकिँदै गर्दा राजधानीबाट घर फर्किनेहरुका लागि बसको टिकट बुकिङ आजदेखि खुला भएको छ । गोंगबुस्थित नयाँ बस पार्क लगायतका ठाउँमा आजैदेखि टिकट काट्नेहरुको घुइँचो लाग्न थालेको छ तर यस पाली 
गुल्मी को यात्रा


                   बुटवलबुटवल बुस्पर्क 
 नीकै भीड भाड भयको छ अइले पस्चीम पूर्व को बिभीन ठाउको लागी टिकट बुकिङ भयको छ तस्तै बुटवल बाट गुल्मी अर्घाखाची को गाडी मा पानी नीकै भीड भाड दखीन६ लौ हर्नुस त जोखीम्पुर्ना यात्रा के तपाई पनी यस्तै यात्रा गर्दैहुनुन६ तर विचार गर्नुस
                                                                 मेरो दिगाम 

Tuesday, October 9, 2012

गुल्मीमा यात्रा गर्दै हुनुहुन्छ? मापसे नगर्नुहोला !

गुल्मी, असोज २३ । तपाइँ गुल्मी जिल्लामा यात्रा गर्दै हुनुहुन्छ भने अव ख्याल गर्नुहोस – चालक जस्तै मापसे (मादक पदार्थ सेवन) कार्वाहीमा पर्नुहोला ।जिल्ला प्रशासनले दँशै तिहारलाई मध्यनजर गरी जारी गरेको सुरक्षा व्याबस्थालाई प्रहरीले कार्यान्वयन गर्ने क्रममा चालकलाई मात्र होईन पुरै यात्रुलाई समेत मापसे चेक गर्न शुरु गरेको छ । यही क्रममा आजै प्रहरीले विभीन्न यातायातमा सवार ८ जनालाई मदिरा सेवन गरेबापत नियन्त्रणमा लिएको छ । प्रहरीको भाषामा मिगरस चेकिङ्ग अर्थात सम्पूर्ण सवारीसाधन, मानिस र शंका लागेका सबैखाले अनुसन्धान गर्ने क्रममा ८ जनालाई नियन्त्रणमा लिई भोली प्रशासनलाई बुझाईने प्रहरी नायव निरीक्षक परशुराम जोसीले बताए । "आजदेखि हामीले प्रमुख नाका र छड्के चेक जुनसुकै स्थानमा पुगेर पनि चालक यात्रु सवैलाई मापसे चेक गर्दछाँ, सेवन गरेको पाईए नियन्त्रणमा लिएर आवस्यक कार्वाही गरीने छ", उनले भने ।केहीदिन पहिला बढ्दो दुर्घटनालाई न्यूनिकरण सम्बन्धमा बसको समिक्षा बैठकले पनि चालकको लापर्वाहीले मात्र दुर्घटना नहुने निचोड निकालेको थियो । यात्रुहरु चालकदललाई कुटेर पनि आफै छतमा गएर बस्ने । क्षमता छैन नचड्नुस भन्दा पनि दादागिरी देखाएर चालक दललाई दवाव दिने गुनासो आएपछि यस्तो अभियान शुरु गरीएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए ।


Friday, September 28, 2012

विमान दुर्घटना, १९ को मृत्यु, चरासँग विमान ठोक्किएर आगो लागेको पुष्टी (भिडियोसहित)


काठमाडौं, आश्विन १२ । त्रिभुवन विमानस्थल नजिकै मनोहरा क्षेत्रको सुकुम्बासी बस्तिमा आज विहान सीता एयरको विमान दुर्घटना हुँदा सात नेपालीसहित १९ जनाको मृत्यु भएको छ । दूर्घटनामा विमानमा सवार १६ यात्रु र चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भएको हो । नाईन एन एएचए डी २२८ को डोर्नियर विमान विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडे लगत्तै विहान ६ बजेर २० मिनेटमा विमान मनोहरा खोला नजिकको खालि ठाउँमा खसेको थियो ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले विमान उडेको १ मिनेटमा चरा विमानमा ठोक्किएपछि दुर्घटना भएको जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित ७ नेपाली, ७ जना बेलायती र ५ जना चिनियाँ नागरिक सवार थिए ।
दूर्घटनामा पाईलट विजय तण्डुकार, को–पाईलट ताकेशी थापा र परिचारिका रुजा शाक्यसहित नेपाली नागरिकहरु एमके तामाङ, एलके शेर्पा, बी मगर र केएम मगरको मृत्यु भएको हो ।

विमान चिलसँग ठोकिएर दुर्घटना : प्राधिकारण


 नेपाल नागरिक उड्ययन प्राधिकरणले आज बिहान १९ जनाको ज्यान गरी भएको सीता एयरको दुर्घटना चरासँग ठोकिएर भएको जनाएको छ ।

दुर्घटना लगत्तै दुर्घटनास्थलमा चिल मृत अवस्थामा फेला परेपछि प्राधिकरणले दुर्घटनाको कारण चिलसँग ठोकिएर हुनसक्ने अनुमान गरेको हो ।

तर, उक्त दुर्घटना चिलमा नै ठोकिएर भएको हो या अन्य कारणले नै भन्नेबारे भने पुष्टि भएको छैन ।

उक्त विमानका चालक विजय तन्डुकारले जहाज दुर्घटनामा पर्नु अघि कन्ट्रोला टावरसँग जहाज चिलसँग ठोक्किएको जानकारी गराएको बताइएको छ ।

यसै आधारलाई लिएर पनि विमान चिलसँग ठोकिएर दुर्घटनामा परेको अुनमान गरिएको छ । तर यसको पुष्टि भने अनुसन्धानपछि मात्रै हुनेछ ।

यसैबीच, त्रिभुवन विमास्थल प्रमुखले पनि आजै एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना चरासँग ठोकिएर भएको उल्लेख गरेका छन् 

                                  बिमान दुर्घटनाको दृश्य भिडियोमा, हेर्नुहोस तलको लिंक मा 


https://www.youtube.com/watch?feature=player_detailpage&v=WjnDFa1i0_M 

Monday, September 17, 2012

तीज को मंगलमय शुभकामना

आज हिन्दू नारीहरुको महानचाडँ तीज(दर खाने दिन) को अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दिदि बहिनिहरुमा धेरै धेरै मेरो दिगाम तर्फबाट हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहान्छौ । तेस्तै दिगाम को ठाऊ  ठाऊ  मा तीज गीत  बजीरहेको र दिदी बहिनी हिडडुल गरेको छन् दिगाम मा तीज को चहलपहल  ले नीकै रमाइलो बनायको छ 

Saturday, September 15, 2012

छोरीलाइ करणी गरेर एचआईभी सार्ने बाबु २५ बर्ष जेल

आफ्नै नाबालक छोरीलाइ बलात्कार गरेर जानाजान छोरीलाइ एचआईभी संक्रमित गराउने बाबु २५ बर्ष जेलमा सड्ने भएका छन् । भारतको दिल्ली अदालतले एक व्यक्तिलाइ २५ सालको सजाय सुनाएको हो । ति व्यक्तिले आफ्नै सौतेली छोरीलाइ बलात्कार गरेर संक्रमण गराएको थियो । यति गरेर उस्ले छोरीको गर्भपतन गराएको थियो ।

भारतमा यति ठूलो सजाय यौन मामलनमा यसअघि भएको थिएन । दोषी एचआइभी संक्रमित भएकाले कम सजय तोक्न गरिएको वकिलहरूको आग्रहलाइ अदालतले इन्कार गरेको हो ।
ति बालिकाले अदालतमा आमाको मृत्यु भएपछि बाबुले लामो समयदेखि करणी गर्दै आएको बताएकी छिन् । ति बालिकालाइ दुइलाख राहात दिन सरकारका नाममा अदालतले आदेश गरेको भारतीय सञ्चार माध्यमले खबर दिएका छन् ।

Sunday, September 9, 2012

गुल्मीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको भिडियो र फोटोहरु

गुल्मी, भदौ २४ । गुल्मीमा बस दुर्घटना हुँदा मर्नेको संख्या १४ पुगेको छ । ११ जना घटनस्थलमा र ३ जना तानसेन स्थित मिसन अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते १५ जनाभन्दा बढीलाई उपचारका लागि मिसन अस्पताल ल्याइएको छ। आज बिहान ५ बजे तम्घासबाट काठमाडौंको लागि गुडेको लु १ ख ५५८३ नम्बरको बस गुल्मीको हर्दिनेटा गाविसको लुम्छामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तम्घासबाट काठमाण्डौका लागि छुटेको बस आइतबार बिहान सवेरै दुघटनामा परेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए। बस सडकबाट करिव २ सय मिटर तल भीरमा खसेको उनले बताए।
सडकमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा बस दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। स्थानीयवासी, प्रहरी लगायतले उद्दार कार्य गरिरहेका छन्। साँघुरो बाटो रहेकाले घाइतेहरुलाई उद्धार गर्न समेत कठिनाइ भइरहेको छ। घाइतेहरुलाई उद्दार गरी थप उपचारका लागि पाल्पा ल्याइएको छ। बस क्षत विक्षत अवस्थामा रहेको छ । करीब ४२ जना यात्रु रहेको उक्त वसमा ५-७ जना मात्र सकुशल देखिएका छन् अन्य सबै भिरमा रहेका स्थानियवासीले वताए । श्रृङ्गा प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । मृतकको नाम भने  खुल्न नसकेको प्रहरी निरिक्षक जितेन्द्र बस्नेतले बताए ।

Thursday, September 6, 2012

गुल्मीकी गंगालाई दीपाश्री सहित अन्य कलाकारहरुले सम्मान गर्ने

आशा अपांग केन्द्र, गुल्मीकी अध्यक्ष गंगा रायमाझीलाई अभिनेत्री दीपाश्री निरौलाले सम्मान भएकी छिन् । राजधानी काठमाडौंबाट निकै टाढा गुल्मीमा रहेर बिगत केही बर्षदेखी नि:स्वार्थ रुपमा अपांगहरुको क्षेत्रमा काम गरेबापत गंगा सम्मानित हुन लागेकी हुन । गंगालाई दिपाश्रीका अलावा कलाकार कविता शर्मा, गोमा के.सी र नायिका निशा अधिकारीको समुहले सम्मान गर्न लागेका हुन ।यही भदौ २३ गते तीज बिशेष कार्यक्रमको आयोजना सहित हुन लागेको सम्मान तथा सहयोग कार्यक्रममा गंगासहित समाजसेवी दिलशोभा श्रेष्ठ, गोमा राई, अरुणा उप्रेती र भिमा खतिवडा सम्मानित हुन लागेको गुल्मीन्युज डट कमलाई दिपाश्रीले जनाकारी दिएकी छिन् । सम्मान कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।
कार्यक्रममा महानायक राजेश हमाल, नायिका करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, सुष्मा कार्की सहित अन्य चर्चित हास्यकलाकारहरुको पनि उपस्थिती रहने छ । अभिनय मात्र नभएर समाज सेवालाई पनि अगाडि बढाउने उद्धेश्यले उक्त कार्यक्रम गर्न लागेको दीपाश्रीको भनाइ छ ।

सगरमाथाले थाल्यो गुल्मीमा पल्सर एन एस-२० को बिक्री

गुल्मी, भदौ २०। पल्सर मोटरसाईकल नेपाली वजारमा आएको झण्डै एक दशकपछि बुधवार गुल्मीको सदरमुकाम तमघासमा रहेको सगरमाथा आटोमोवाईल्सले Next Generation Pulsar 200 NS मोटरसाईकल विक्रीका लागि प्रदर्शनमा राखी शुभारम्भ गरेको छ । अटोमोवाईल्सले बुधवार आफ्नै शो रुममा एक कार्यक्रमको आयोजना गरी सो मोटरसाईकल प्रदर्शन गरेको हो । ग्राहक वर्गमा पृथक एवं अदभुत किसिमको वाईक चलाउने चाहानालाई पुर्ण गर्नका लागि यो मोटरसाईकल तमघासमा ल्याएको व्यवस्थापक नारायण जि.सी.ले वताउनुभयो ।यो मोटरसाईकल अहिलेसम्मकै राम्रो पल्सर रहेको जि.सी.ले दावी गर्नुभयो । चार प्रकारका विभिन्न रङ्गहरुमा रहेको यो मोटरसाईकलको अहिलेदेखि सिमित अवधिका लागि २ लाख ६४ हजार ९ सय रुपैयाँ मुल्य रहेको अटोमोवाईल्सले जनाएको छ । पल्सरले नेपालमा मात्र नभई विश्वका २५ भन्दा वढी देशहरुमा स्पोर्टस सेगमेण्टको विक्रीमा नेतृत्व गरिरहेको छ । कार्यक्रममा जिल्लाका पत्रकार, स्थानीयवासी, युवा, विद्यार्थी, समाजसेवी लगायतको विशेष सहभागीता रहेको थियो । त्यस्तै पोखरामा पनि इच्छाशक्ति अटोमोवाईलस् नयाँ वजारवाट Pulsar 200 NS मोटरसाईकलको २०६५ सालकी पल्सर वर्ष खेलाडी सिपोरा गुरुङ्गले शुभारम्भ गर्नुभएको जानकारी प्राप्त भएको छ ।

मेरो दिगाम 

Tuesday, September 4, 2012

आफ्नै श्रीमतीको गोलि हानी हत्या गर्ने श्रीमान (भिडियो समाचार)

भक्तपुर-११ स्थित भेलुखेलमा गए राति राजेश देउलाले श्रीमती शोभाको गोली हानी हत्या गरेका हुन्। दुई तलामाथि ओछ्यानमै गोली हान्दा श्रीमतीको मृत्यु भएपछि राजेश फरार भएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले घरको दोस्रो तल्लामा राति ओछ्यानमै गोली हानी मारेका हुन् । भक्तपुर प्रहरी एसपी नारायण सिंह खड्काका अनुसार साढे १२ बजेभित्र भएको घटना थियो। ‘पेस्तोल चलाएको स्पष्ट देखिएको छ’, प्रतिक्रिया दिँदै उनले भने- ‘आवाज नआउने गरी ओछ्यानमै हानेको हो। कानको पछाडिपट्टि हानिएको छ।’

भिरवाट लडेर एक महिलाको मृत्यु, जीपको ठक्करवाट किशोरी घाईते

पि.एम.मगर
गुल्मी, भदौ १८ । गुल्मीको बलिथुम गाविसमा भिरवाट लडेर एक महिलाको ज्यान गएको छ। बलिथुम गाविस वार्ड नं. ९ निवासी करिव ३३ वर्षीया माया वुढाथोकीको रातोपार भन्ने भिरवाट लडेर मृत्यु भएको हो । सोमवार विहान घाँस काट्न निस्केकी वुढाथोकी विद्यालयवाट वच्चाहरु आएर लामो समयसम्म आमालाई खोज्दा समेत नभेटाएपछि छिमेकीलाई खवर गरेका थिए । विहान घाँस काट्न गएको भन्ने खवर पाएपछि रातोपार खर्‍यान क्षेत्रमा खोजतलास गर्ने क्रममा सोमवार वेलुकी तिर मात्र मृत अवस्थामा फेला पारेका थिए । वार्ड नं. ९ मा पर्ने उक्त भिरवाट लडेर करिव २ सय मिटर तल बलिथुम मोटरवाटो नजिकै ढुङ्गामा अडिएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएका छन् ।
जीपको ठक्करवाट गुल्मीको सदरमुकाम तमघासमा एक किशोरी घाईते भएकी छिन् । लु १ ज १ ९५४ नं. को जीपको ठक्करवाट तमघास गाविस वार्ड नं. ३ निवासी १७ वर्षीया सिता थापा घाईते भएकी छिन । तमघासको उदिनढुङ्गा स्थित जीप पार्क नजिकै उक्त जीपले ठक्कर दिँदा थापाको टाउको, हात र खुट्टामा चोट लागेको छ। थापाको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको छ । जीप चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

६ महिनादेखि १५ बर्षिया किशोरिलाई राक्षसी शैलीमा बलात्कार

-टेकराज थामी/सौर्य दैनिक
काठमाडौं, १९ भदौ । दुईवटी श्रीमती भएर उनलाई पुगेन । आफ्नो यौनतिर्खा मेट्न एक पन्ध्र वर्षीया किशोरीलाई सिकार गरे । त्यो पनि पटक–पटक उनकै घरमा घुसेर, परिवारकै सामुन्ने पनि ।

यी महाशय हुन् ललितपुर हरिसिद्धि–१ का राजु महर्जन । ६ महिनादेखि आºनै गाउँकी १५ वर्षीया महिमा श्रेष्ठ (नाम परिवर्तन)किशोरीलाई बलात्कार गर्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको छ । महिमाका परिवारलाई विभिन्न धम्की दिएर उनले यौनप्यास मेट्दै आएका थिए । यस काममा महर्जनका श्रीमतीहरूले समेत आºनो श्रीमान्लाई सघाएको पीडित परिवारको भनाइ छ ।

‘राजु घरमै आएर ढोका भत्काउन खोज्थ्यो,’ महिमाकी आमाले सौर्यसँग सोमबार भनिन्, ‘खबर बाहिर गए परिवारका सबैलाई सिध्याउने धम्की दिन्थ्यो । आँखैअगाडि सबै कुरा हुँदा पनि कसैलाई भन्न सकेनौँ ।’
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पीडितको मौखिक उजुरीका आधारमा राजुलाई पक्राउ गरेको हो । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन । राजुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्थानीय सरकारी विद्यालयमा कक्षा सातमा पढ्ने महिमा अहिले एउटा बालगृहको संरक्षणमा छिन् ।
महिमाकी आमाका अनुसार राजुले गत वर्ष फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म लगातार बलात्कार गर्दै आएका थिए । यौन सम्पर्क गरेको भिडियो रेकर्डसमेत गर्न भ्याएका राजुले ‘भिडियो गाउँभरि फैलाइदिने’ चेतावनी पनि दिएको उनले बताइन् । त्यो भिडियो अहिले प्रहरीले लिएको उनको भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले राजुलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए । उनले भने, ‘बालिकासँग बयान लिँदा बलात्कार गरेको भनेकी छन्, ल्याब टेस्ट गर्न पठाएका छौँ, रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’
आºनो सम्पत्तिको आडमा गाउँमा रवाफ र दादागिरी जमाउँदै आएका राजुका दुई श्रीमती छन् । जेठी अम्बिका र कान्छी केशरी । राजुका दुवै श्रीमतीले आºनो घरको काम गर्न महिमालाई बोलाउने गर्थे । नाइँनास्ती गर्दा पनि केहीसीप लाग्दैनथ्यो । गत फागुन २८ गते कान्छी श्रीमती केशरी महिमालाई बोलाउन घरमै आइन् । महिमा विद्यालय जाने तयारीमा थिइन् । तर, केशरीले निकै कर गरेपछि उनी काम गर्न गइन् । घरको काम सकिएपछि केशरीले महिमालाई घर पठाइनन् । उनका श्रीमान् राजुसँग घुम्न जाऊ भन्दै रेस्टुरेन्टतिर पो पठाइन् । महिमाकी आमाले भावुक हुँदै सौर्यसँग भनिन्, ‘मेरी छोरीलाई घर पठाउनुको सट्टा साउनीले त उनकै श्रीमान्सँग रेस्टुरेन्टतिर पो पठाइछन् ।’
स्थानीयले घुम्न गएको देखेपछि महिमाको आमासमक्ष त्यो खबर पुग्यो । उनले छोरी महिमालाई गाली गरिन् र राजुकी दुवै श्रीमतीसँग घरमै पुगेर गुनासो पोखिन् । तर, उनीहरूले उल्टै झपारेर पठाएको उनी बताउँछिन् । सोही साँझ राजु महिमाको घरमै पुगे । ढोकामा हिर्काउँदै भित्र पसेर उनले यो कुरा बाहिर ल्याए सबैलाई सिध्याउने धम्की दिन थाले । राजुले बाहिर निस्किएकी महिमाकी आमालाई लछार–पछार गर्दै हातपातसमेत गरे । उनले भनिन्, ‘उनीहरू धनीमनी छन्, जे पनि गर्न सक्छन् । हामी कमजोर भएकाले हाम्रो पक्षमा कसैले बोलेनन् ।’
राजुको घरबाट महिमालाई बोलाउने क्रम रोकिएन, झन् बढ्दै गयो । पहिले राजुकी श्रीमती बोलाउन जान्छे, पछि राजु आफैँ जान थाले । धम्क्याउँदै जबर्जस्ती लिएर जान्थे । आमाले भनिन्, ‘छोरीको विद्यालय ४ बजे छुट्टी हुन्थ्यो, घरमा आउँदा साढे चार हुन्थ्यो । त्यतिबेलै राजु अथवा राजुकी श्रीमतीहरूलाई बोलाउन आउँथे र जबर्जस्ती लिएर जान्थे । त्यसपछि छोरी रातको आठ बजे मात्रै घर फर्कन्थी ।’
उनले थपिन्, ‘पछि त राजु प्रत्येक रातजसो नै कहिले ढोकाबाट त कहिले झ्याल र बार्दलीबाट हाम्रो घरभित्र छिर्न थाल्यो । पहिले लुकीलुकी कुकर्म गथ्र्यो, पछि त हामै्र आँखाअगाडि गर्न थाल्यो । डरले पुलिसमा उजुरी गर्न सकेनौँ ।’
१ भदौको घटना सम्झिँदै उनले भनिन्, ‘हामी सधँै झ्याल–ढोका बन्द गरेर सुतेका थियौँ । रातको करिब २:३० बजे राजु झ्याल फोडेर घरभित्र छिरेछ । हल्ला हुने डरले छोरीलाई मुख थुनेर आºनो घरमा लिएर गएछ । बिहानै राजुकी जेठी श्रीमती अम्बिका तिम्री छोरी मेरो घरको कोठामा पो रहिछ भन्दै आइन् । हामी अत्तियौँ । मैले मेरी जेठी छोरीलाई बुझ्न पठाएँ । त्यसबेला छोरीलाई त राजुको घरको सोफामुनि पो लुकाइराखेको रहेछ ।’
गहभरि आँसु पार्दै उनले ९ भदौको अर्को घटना सुनाइन्, ‘खेतको काम सकिएपछि हामी घर फर्कियौँ । साँझ छोरी नुहाउन जान्छु भन्दै सार्वजनिक धारा गई । पेटिकोट बेरेर ऊ नुहाउँदै थिई । त्यहीबेला राजु आइपुगेछ । उसले छोरीलाई जुरुक्कै बोकेर घरमा लगेछ । बल्ल–तल्ल छोरी पुत्किछ । तर, भाग्न खोज्दा राजुले शरीरको पेटिकोट नै फुकाली नांगै पारेछ । त्यति गर्दा पनि भागेर आइछ । चिच्याउँदै घरभित्र छिर्दा हामीले झन्डै नचिनेको । नांगै देखिपछि बल्ल–तल्ल मैले बर्को ओढाइदिएँ ।’
उनले अगाडि भनिन्, ‘डरका कारण हामीले स्थानीय प्रहरीमा उजुरी हाल्न सकेनौँ । तर, असैह्य भएपछि ज्यानको माया मारेर जावलाखेल आयौँ र उजुरी गर्‍यौँ ।’ महिमाको परिवार आर्थिकरूपमा विपन्न छ । बाबु सामान्य खेतिकिसानी गर्छन् । महिमाका बाबु र आमाको अन्तरजातीय विहे भएकाले स्थानीय समाजबाट पनि उनीहरु अपहेलित छन् ।
एसपी पन्तले भने यस घटनालाई समाचारमा नल्याउन आग्रह गरे । ‘समाचारमा आयो भने घटना तोडमोड हुन सक्छ, मेडिकल रिपोर्ट आएपछि मात्रै केही भन्न सकिन्छ,’ उनले भने । आरोपीको प्रारम्भिक बयान प्रहरीले लिए पनि बयानमा के छ भन्ने पन्तले खुलाउन चाहेनन् । (सौर्य दैनिकबाट,  तस्विर: गुगल)

Thursday, August 9, 2012

आज गुल्मीको दिगाम मा श्री कृष्णजन्माष्टमी’ श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गरि मनाइँयो।

आज गुल्मीको दिगाम लगायत देशभरि नै भगवान् श्रीकृष्णको पूजाआराधना गरी 'श्री कृष्णजन्माष्टमी’ मनाइँयो।।
 
धार्मिक ग्रन्थ महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान श्रकृष्णका मुखारविन्दबाट ‘श्रीमद्भभागवत' वाचन गरेको उल्लेख छ। त्यसै गरि भगवान श्रीकृणबाट नै वाचन गरीएको धार्मिक ग्रन्थ 'गीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउने श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानाबहरुको संहार गरेको विश्वास गरिन्छ।

आजको दिन देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गरि मनाइँयो।                                                          

Tuesday, August 7, 2012

फाईनलमा प्रबेस


दुई नेपाली, आसामका ७ बर्षिय बालक ओम छेत्री र दार्जलिङकी १० बर्षिय सोमिया राई कार्यक्रम डान्स ईण्डिया डान्स लिटल मास्टरको फाईनलमा प्रबेस गरेका छन भने अगस्त ०४ को नतिजा अनुसार सोमिया राईले सबैभन्दा धेरै भोट ल्याएर पहिलो स्थान हासिल गरेकि छिन। दुबैलाई अत्याधिक मतले भोट दिई जिताउनु होस। भोट हाल्न याहाँ क्लिक गर्नुहोस >> http://www.dcnepalevent.com/classified.php?nid=220

दुई नेपाली, आसामका ७ बर्षिय बालक ओम छेत्री र दार्जलिङकी १० बर्षिय सोमिया राई कार्यक्रम डान्स ईण्डिया डान्स लिटल मास्टरको फाईनलमा प्रबेस गरेका छन भने अगस्त ०४ को नतिजा अनुसार सोमिया राईले सबैभन्दा धेरै भोट ल्याएर पहिलो स्थान हासिल गरेकि छिन। दुबैलाई अत्याधिक मतले भोट दिई जिताउनु होस। भोट हाल्न याहाँ क्लिक गर्नुहोस >> http://www.dcnepalevent.com/

classified.php?nid=220

DID Lil Cham मा सोमिया राई पहिलो स्थानमा

दुई नेपालीआसामका  बर्षिय बालक ओम छेत्री (OM Chetry)  दार्जलिङकी १०बर्षिय सोमिया राई (Saumya Rai) अहिले भारतको चर्चित कार्यक्रम डान्स ईण्डियाडान्स लिटल मास्टरको फाईनलमा प्रबेस गरेका छन, भने अगस्त ०४ को नतिजा अनुसार सोमिया राईले सबैभन्दा धेरै भोट ल्याएर पहिलो स्थान हासिल गरेकि छिन।http://www.hitwebcounter.com/ यो लिंक मा हेर्नु होला 

Thursday, August 2, 2012

जनैपूर्णिमा पर्व मनाइदै ।

मेरो दिगाम -हिन्दू धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक धागो बाँधि विहीवार रक्षाबन्धन पर्व मनाइँदै छ ।तेसै गरी दिगाम केही स्थान मा जनै पुज्ने काम भैरयको ठाकुर भण्डारी ले जनाकारी दिनु भय को 6

Sunday, July 29, 2012

विमास्थल विदेशीलाई दिने तयारी आवश्यक छैन : सर्वोच्च


 नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई दिने सरकारको तयारी आवश्यक नभएको अन्तरिम आदेश सर्वोच्चले दिएको छ ।

त्रिभुवन विमानस्थलको व्यवस्थापन गर्न भारतीय कम्पनीलाई दिने सरकारी तयारीको विरुद्धमा परेको रिटमा आइतबार सर्वोच्चका तीन न्यायाधीशको विशेष इजालासमा सुनाइ गर्दै उक्त तयारी रोक्न आदेश दिएको हो । सुनुवाइका क्रममा न्यायाधिशका बिचमा राय बाझिएको भए पनि बहुमत न्यायाधिशको तर्क नदिने विषयमा भएपछि यस्तो आदेश आएको हो ।

सर्वोच्चका न्यायाधीश सुशीला कार्की, तर्कराज भट्टले मुलुकको सार्वभौम सुरक्षामा आँच आउने भएकाले सरकारी तयारी रोक्नुपर्ने तर्क प्रस्तुत गरे भने न्यायाधीश रामकुमार प्रसाद साहले देशको आन्तरिक सुरक्षामा यसको कुनै प्रभाव नदेखिएकाले अन्तरिम आदेशको आवश्यकता नभएको बताएका थिए ।

अन्तत विदेशी तयारी आवश्यक नभएको विषयमा महुमत पुगेपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो ।

ट्राफिक प्रहरी कार्यालय अगाडि वेवारिसे शव फेला

डिसीनेपाल डटकम संवाददाता - सुनसरीको इटहरी ५ स्थित पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अगाडि हत्या गरेको अवस्थमा एक वेवारिसे शव फेला पारेको छ। धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मृतकको परिचय अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। इटहरीका २६ बर्षिय कुलबहाबदुर मगरले हत्य गरेको हुन सक्ने शंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। मगरसँग हत्यामा प्रयोग भएको खुकुरी भेटिएकाले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागर थापाले जानकारी दिए।

Monday, July 23, 2012

७ साउन, काठमाडौं । अर्घाखाँचीको दहखोलामा आइतबार भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालक मात्र बाच्न सफल भएका छन् ।

बुटवलबाट १७ जना यात्रु लिएर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको लागि छुटेको देउराली यातायात समितिको बा २ ख ७९४८ नम्बरको फोर्स(किया)गाडी नरपानी गा.वि.स. वार्ड नम्बर-५ दहखोलामा दुर्घटना सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको प्रहरीले जनाएको छ ।



यो समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु हुनेमध्ये ६ जनाको मात्र सनाखत भएको छ । अर्घाखाँची वागी गाविसका गाडीधनी नारायण पन्थी, चालक कपिलवस्तुका राजेन्द्र चौधरीसहित प्रहरी अनुसन्धान व्युरोमा कार्यरत अर्घाखाँचीको केरुङ्गाका मेघराज खनाल र ठेगाना नखुलेका प्रहरी अनुसन्धान ब्युरोमै कार्यरत कृष्ण चौधरी र विदेशबाट फर्किएकी अर्घाखाँची वाङला गाविसकी सीता बस्नेतको सनाखत भएको छ । अन्यको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गाडी सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको कारण उद्दारको लागि कठिनाई भएको थियो । स्थानीय युवा, प्रहरी तथा रेडक्रसले उद्दार गरेको थियो । दुर्घटनाबाट बाच्न सफल भएका एकमात्र बालकको गम्भिर अवस्थामा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले सम्म सनाखत भएका नाम विवरण:

नारायण प्रसाद पन्थी, गाडी मालिक अर्घाखाँची बाँगी गाविस
मेघराज खनाल, गुल्मी, शृङ्गाका राष्ट्रिय अनुसन्धानका कर्मचारी
सिता बस्नेत, २५ वर्षिया, वाङ्ला
नारायण पन्थी, बाँगी
राजेन्द्र चौधरी-पटेल, गाडी चालक, चनौटा, कपिलवस्तु
कृष्ण चौधरी, कपिलवस्तु

बाँकीको सनाखत हुन सकेको छैन।

Thursday, June 28, 2012


डिसीनेपाल डटकम संवाददाता - पेट्रोलियम पदार्थमा भएको अधिक मुल्य वृद्धिका कारण सवारी साधनको भाडा बढ्ने भएको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको निर्णय
ले डिजेलबाट चल्ने यात्रुवाहक सवारी साधनको भाडामा ३ दशमलव ७५ प्रतिशत र मालबाहकमा ४ देखि  ४ दशमलव ५ प्रतिशतले भाडा बढाउने भएको हो ।

विभागले निर्णयलाई आइतवार यातायात मन्त्रालयमा पठाएर मन्त्रालयबाट विभागको निर्णयमा सहमती भए पछि नयाँ भाडादर लागु हुने विभागले जनाएको छ । यसअघि गत चैतमा पनि सार्वजनिक सवारीको भाडा बढाइएको थियो ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अव मन्त्रालयलाई सहमतिका लागि सिफारीस गर्ने र त्यहाँबाट सहमति भएर आएपछि नयाँ भाडा लागु हुने बताए । चैतमा बढाईएको भाडा दुई पटक डिजेलको मुल्य बढेकाले मात्र भाडा बढाउन लागिएको श्रेष्ठले बताए ।

श्रेष्ठले भाडा वैज्ञानिक आधारमा बढाएकाले आफुले बृद्धिबारे केही बोल्न नमिल्ने बताए पनि उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जगन्नाथ मिश्रले व्यवसायीको दवावमा सरकारले एकतर्फि रुपमा बढाएको भाडा उपभोक्तलाई मान्य नहुने बताए । उनले भने, "पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँग भाडा बढाउनु जायज भएपनि एक पक्षिय भाडा बृद्धि सही होइन ।" एक पक्षिय रुपमा भएको भाडा वृद्धिले आर्थिक चलखेल र अनियमिता भएको आरोप समेत लगाए ।

Sunday, May 20, 2012

आदिवासी जनजातिको बन्दले जनजीवन प्रभावित




७ जेठ, काठमाण्डौं । पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको बन्दका कारण आइतबार राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको समयमा सवारी चलाएको र आदिवासी जनजातिको आन्दोलनको समाचार प्रसारण नगरेको भन्दै कान्तिपुर, एभिन्युज, हिमालय र सगरमाथा टेलिभिजनका सवारी साधनमा बन्द कर्ताहरुले तोडफोड गरेका छन् ।

बन्दको आव्हान गर्दै विहानैदेखि सडकमा उपस्थित भएको बन्दकर्ताहरुले कर्मचारी लिन जाँदै गरेको एभिन्युज टेलिभिजनको सवारी, पत्रिका पुर्‍याएर र्फकर्दै गरेको कान्तिपुर पव्लिकेसनको भ्यान, रिपोटिङमा जाँदै गरेका हिमालय टेलिभिजनका क्यामरा पर्सनको बाईकमा तोडफोड गरेका छन् ।

बन्दको आव्हान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको माग गर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आहृवान गरेका छन् ।

यता जनजाति महासंघले बन्दको अवधिमा पनि प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, दमकल, रेडक्रस आदीका सवारी साधनलाई अवरोध नर्गन आग्रह गरेको छ ।