Sunday, May 20, 2012

आदिवासी जनजातिको बन्दले जनजीवन प्रभावित




७ जेठ, काठमाण्डौं । पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको बन्दका कारण आइतबार राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको समयमा सवारी चलाएको र आदिवासी जनजातिको आन्दोलनको समाचार प्रसारण नगरेको भन्दै कान्तिपुर, एभिन्युज, हिमालय र सगरमाथा टेलिभिजनका सवारी साधनमा बन्द कर्ताहरुले तोडफोड गरेका छन् ।

बन्दको आव्हान गर्दै विहानैदेखि सडकमा उपस्थित भएको बन्दकर्ताहरुले कर्मचारी लिन जाँदै गरेको एभिन्युज टेलिभिजनको सवारी, पत्रिका पुर्‍याएर र्फकर्दै गरेको कान्तिपुर पव्लिकेसनको भ्यान, रिपोटिङमा जाँदै गरेका हिमालय टेलिभिजनका क्यामरा पर्सनको बाईकमा तोडफोड गरेका छन् ।

बन्दको आव्हान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको माग गर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आहृवान गरेका छन् ।

यता जनजाति महासंघले बन्दको अवधिमा पनि प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, दमकल, रेडक्रस आदीका सवारी साधनलाई अवरोध नर्गन आग्रह गरेको छ ।
























































































Saturday, May 19, 2012

आदिवासी जनजातीद्धारा रांके जुलुस प्रदर्शन

आदिबासी जनजातिहरुले देशका विभिन्न जिल्लामा राँके जुलुस प्रदर्शन गरेका छन् । जनजातिहरुले काठमाडौं, पोखरा, पर्वत, बाग्लुङ, लमजुङ, अर्घाखांची लगायतका जिल्लामा राँके जुलुस प्रदर्शन भएको जनाएको छ । ११ प्रदेशको सहमति खारेजी गर्नुपर्ने, पहिचान सहितको संघियता हुनुपर्ने, आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आइृतबारदेखि तीन दिने बन्दको आब्हान गरेका छन् 

मिस नेपाल राहत लिएर सिरहा जाँदै


मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ आउँदो मंगलबार सिरहा, औरहीका अग्निपीडितको लागि राहत वितरण गर्न त्यसतर्फ जने भएकी छन्। मिस नेपालको ताज पहिरिएको दुई सातामा उनी समाजसेवाको काममा लागेकी छन्, शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, 'समाजसेवा गर्ने मेरो सानैदेखिको रहर हो। यसैलाई निरन्तरता दिँदैइछु।'

उनले पत्रकार सम्मेलनमा मिस नेपाल भएपछि पाएको ८० हजार रुपैयाँसमेत अग्निपीडितका लागि सहयोग गर्ने घोषणा गरिन्। पत्रकार सम्मेलनमा मिस नेपालको आयोजक हिडेन ट्रेजरका आध्यक्ष गोपालले समेत २५ हजार सहयोग गर्ने घोषणा गरे। त्यसैगरी, मिस नेपालका प्रायोजकहरुले पनि सहयोग गर्ने घोषणा गरेका छन्।

दलहरुले मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरे


५ जेठ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्रीहरुको जिम्मेबारी तोक्नु भएको छ ।
दलहरुबीच मन्त्रालय बाँडफाँडबारे भएको सहमति अनुसार प्रधानमन्त्रीले मन्त्रीहरुको जिम्मेबारी बाँडफाँड गर्नु भएको हो । जस अनुसार विजयुकुमार गच्छदारले उपप्रधान तथा गृह, कृष्ण सिटौलाले उपप्रधान तथा रक्षा र कानुन र इश्वर पोखरेलले उपप्रधान तथा परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको भने मन्त्रालय तोकिएको छैन ।
यस्तै पोष्टबहादुर बोगटीलाई नागरिक उड्ययन, वर्षमान पुन अनन्तलाई अर्थ, टोपबहादुर रायमाझीले शान्ति, दिनानाथ शर्मालाई शिक्षा मन्त्रालयको जिम्मेबारी दिइएको छ । यस्तै राधा ज्ञवालीलाई उर्जा तथा सूर्यमान गुरुङलाई स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालयको जिम्मेबारी दिइएको छ भने चन्द्रदेव जोशीलाई भूमिसुधार, एकनाथ ढकाललाई सहकारी तथा गरीबी निवारण र केशवमान शाक्यलाई विज्ञान प्रविधी मन्त्रालयको जिम्मेबारी दिइएको छ ।
यसैबीच शुक्रबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार शनिबारलाई सरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको व्यस्तताका कारण विस्तार रोकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले मालेका कृष्ण बेलबासे, माले समाजवादीका यदुवंश झा र चुरे भावर एकता पार्टी बन्द्री न्यौपानेलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिष्द विस्तारको तयारी गर्नु छ । प्रधानमन्त्री डा. भट्टराईले मंगलबार मात्र एमालेसहितका दललाई सरकारमा सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको थियो । २० सदस्यीय मन्त्रिपरिषद्मा ४ उपप्रधानमन्त्री छन् ।

नेपाली चलचित्र "अपहरण" हेर्नुहोस,


Nepali Movie अपहरण
  Photo Clips
  Watch Program Video

Friday, May 18, 2012

संसदमा आज संविधानको धारा ७० संशोधनमाथि छलफल हुने

                                                   संविधानसभाको बैठक साँझका लागि आह्वान
 जेठ ६,काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा आज संविधानको धारा ७० संशोधनको प्रक्रिया थालिने छ । संसद अवरोध खुलेपछि मन्त्री पोष्टबहादुर बोगटीले हिजै संसदमा नयाँ संविधान जारी गर्ने प्रक्रिया छोट्याउन अन्तरिम संविधानको धारा ७० मा संशोधनसम्बन्धि विधेयक पेश गर्नुभएको थियो । विधेयकमा छलफल भई संशोधन हुने संसद सचिवालयले जनाएको छ । मधेशी मोर्चालेको संसद अवरोध अन्त्य गरी सुचालु भएको हिजोको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेठ १४ मा जसरी पनि संविधान जारी गर्नुको विकल्प नभएकाले अवरोध नगर्न आह्वान गर्नुभएको थियो । राज्य पुनःसंरचनामा ११ प्रदेश बनाउने सहमति तीन दलले गरेपछि त्यसको विरोधमा मधेशी मोर्चाले संसद चल्न दिएको थिएन । तर उक्त सहमतिलाई प्रारम्भिक भन्दै संशोधन गर्ने बचन दिएपछि मधेसी सभासदले अवरोध खुलाएका हुन् । अन्तरिम संविधानको धारा ७० मा रहेको व्यवस्था संशोधन गरी छोटो बाटोबाट संविधान बनाउन प्रक्रिया छोट्याउनुपर्ने दबाबमा दलहरु छन् ।
         

सुदूरपश्चिम बन्द आज देखि स्थगित


अखण्ड सुदूरपश्चिमको माग गर्दै आव्हान गरिएको सुदूरपश्चिम बन्द आज देखि स्थगित  हुने भएको छ । मोर्चा सहित शीर्ष दलका नेताहरुले संर्घष समितिका माग पुरा गर्ने आश्वासन दिएपनि बन्द स्थगित गर्ने तयारी गरेको बार्ता टोलीमा सहभागि तपेन्द्र रावलले जानकारी दिनुभयो ।दलहरुले दिएको आश्वासलाई अन्तिम रुप दिई आजै पत्रकार सम्मेलन गरी बन्द स्थगित भएको औपचारीक जानकारी गराईने पनि रावलले बताउनुभयो ।
यसैवीच विभिन्न जातीय तथा क्षेत्रीय संगठनले आहृवान गरेको बन्दका कारण बुधबार पनि तराइ मधेसको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायातका साधन चलेका छैनन् भने बजार तथा शिक्षण संस्था पनि ठप्प रहेका छन् । पहिचानसहितको प्रदेश निर्माणको माग गर्दै थारु संयुक्त संघर्ष समिति र आदिवासी जनजाति महासंघ लगायतले सोमबारबाट तराई बन्दको आहृवान गरेका थिए ।स्रोत:अनलाइन खबर

Thursday, May 17, 2012

यस्तो छ खाडी मुलुकमा नेपालीको अवस्था (सिएनएन भिडियो रिपोर्ट)

प्रशस्त पैसा कमाउने र सुन्दर भबिष्य बनाउने उद्देश्यका साथ खाडीका बिभिन्न मुलुक पुग्ने नेपाली दाजुभाइ दिदी बहिनिको अवस्था कस्तो छ, यो त तपाईं हामीले देख्दै, पढ्दै र सुन्दै आएका छौँ । यसै बिषयमा अमेरिकी टि.भी च्यानल सिएनएनले तयार पारेको भिडियो रिपोर्ट हेरौँ:

परिवारले यातना दिएपछि युवतीद्वारा आत्महत्या


हामी घरमा पुग्दा छोरीको कपडा च्यातेर हेरिनसक्नु थियो,' उनले भने, 'त्यो बेला माइती नेपाल र काठमाडौं प्रहरीमा छोरीको जिउज्यान सुरक्षाको माग गर्दै उजुरी दिएका थियौं ।'
प्रतिमा बाँसकोटा
काठमाडौं, जेष्ठ ४ - माइतीबाट दाइजो नल्याएको भन्दै श्रीमान् लगायतले यातना दिएपछि राजधानीमा एक युवतीले आत्महत्या गरेकी छन् । काठमाडौं विजेश्वरीकी रुवि तण्डुकारले यातना सहन नसकेपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी कृष्णबहादुर कल्ली मगरका अनुसार रुविले यातनाकै कारण आत्महत्या गरेकी हुन् । 'पोस्टमार्टम रिपोर्टमा समेत शरीरभरि नीलडाम र चोट भेटिएको छ,' उनले भने, 'तर मृत्युको कारण भने झुन्डिएर हो ।' रिर्पोटमा ढाडको करङ भाँचिएको, नीलडाम भएको देखिएको छ । प्रहरीले मृतकका श्रीमान् प्रशान्त तण्डुकारलाई किटानी जाहेरीका आधारमा पक्राउ गरेको छ ।
रुविले तण्डुुकारसँग २०६३ मा प्रेमविवाह गरेकी थिइन् । शनिबार दिउँसो दुई बजे कोठाको फ्यानमा सलको पासो लागेको अवस्थामा रुवि फेला परेको प्रशान्तले बताएका छन् । उनले अघिल्लो दिन सामान्य विवादमा आफूले कुटपिट गरेको समेत स्वीकार गरेको बालाजु वृत्तले जनाएको छ । मृतकका श्रीमान् प्रशान्त अस्पतालसमेत गएका थिएनन् । 'ससुराली पक्षले कुटपिट गर्ने डरले नगएको हँु,' उनले प्रहरीलाई भनेका छन्, 'रुवि झुन्डिएको अवस्थामा भेटिएपछि ससुराली पक्षलाई जानकारी गराउन डर लाग्यो ।'
प्रशान्तका अनुसार उनीहरूले सलको पासो काटेर नर्भिक अस्पताल लगेका थिए । अस्पतालले आइतबार बिहान मृत घोषणा गरिदिएको थियो । झुन्डिएको देखिएपछि प्रहरी र माइती पक्षलाई खबरै नगरी अस्पताल लगेका थिए । 'मुखले बोलाएर कराउँदा सुनिने माइतीलाई खबर गरिएन,' रुविका बाबु मालाकारले भने, 'राति साढे ८ बजे गाउँका मान्छेले भनेपछि मात्र थाहा पायौं ।'
माइती र घर ५० मिटरमात्र वरपर छ । तण्डुकारसँग विवाह गरेपछि रुष्ट भएका माइतीले रुविलाई ७ महिनापछि मात्र बोलाएका थिए । बोलाएर टीकाटालो गरी एक सरो कपडादेखि सुन लगाएर पठाएको बाबु राजेन्द्र मालाकारले बताए । 'भागेर विवाह गरेकी थिई, अरू दाइजो दिने कुरा भएन, सुन र कपडा दिएका थियौं,' उनले भने, 'त्यही सम्पत्ति नपुगेका कारण पटक-पटक यातना दिएको रहेछ ।'
विवाह गरेको दुई वर्षपछि २०६५ मा समेत आफ्नी छोरीलाई यातना दिएको उनले बताए । दाइजोको निहुुँमा मरणासन्न हुुने गरी पिटेको उनले बताए । 'त्यो बेला छोरी भाग्न सफल भएर हामीलाई फोन गरेकी थिई, हामी घरमा पुग्दा छोरीको कपडा च्यातेर हेरिनसक्नु थियो,' उनले भने, 'त्यो बेला माइती नेपाल र काठमाडौं प्रहरीमा छोरीको जिउज्यान सुुरक्षाको माग गर्दै उजुरी दिएका थियौं ।' माइती नेपाल अध्यक्ष अनुराधा कोइरालाले दुवै जनालाई बोलाएर छलफल गराएकी थिइन् ।
प्रेमविवाह गरेर गएकाले छोरीले दाइजोका लागि खासै केही नभनेको मालाकारले बताए । 'प्रशान्तले कोठाका सबै सामान खाट, दराज लगेकाले भुइँमा सुुतेकी छु भनेकाले हामीले ५० हजार रुपैयाँ दिएका थियौं,' उनले भने, 'अरू पनि उसले के/के माग गरेको हुन्थ्यो, छोरीले प्रेमविवाह गरेर गएकाले भन्न नसकेकी रहिछ ।' उनले छोरीको मृत्युमा ज्वाइँको हात भएकाले कानुनी कारबाहीको माग गरेका छन् ।
अपराधशास्त्री माधव आचार्यले मृत्यु जसरी भएको भए पनि अपराधीलाई कारबाहीका लागि कारण नै मुख्य आधार हुने बताए । 'शरीरमा नीलडाम, पहिले भएका झगडा र यातनाले मर्न बाध्य बनाइनु अपराध हो,' उनले भने, 'दाइजोकै कारण राजधानीमा यो प्रकारको अपराध हुनु दुर्भाग्यपूर्ण हो ।' घरेलु हिसंाका कारण कोही महिलाले ज्यान गुमाउनु स्वाभाविक मृत्यु नभई ठूलो सामाजिक समस्या भएको उनले बताए । राजधानीमा दाइजोकै कारण हत्या गरिएको घटना यो पहिलो भने होइन यसअघि पनि यस्ता किसिमका घटनाहरू घटेका छन् । गत फागुनदेखि अहिलेसम्म राजधानीमा ५ महिलाले ज्यान गुमाएका छन् ।
ईकान्तिपुरबाट 

जिल्लाको जनजीवन प्रभावित, वसमा तोडफोड

गुल्मी, ४ जेठ संयुक्त संघर्ष समितिले गुल्मीले आज सरकारको पुत्ला दहन गरेको छ । राष्ट्रिय अखण्डता र जातीय राज्यको विरोधमा आन्दोलनकारीहरुले सरकारको पुत्ला दशन गरेका हुन् ।  व्रामण, क्षेत्री, दशनामी, सन्यासी, ठकुरी, दलीत लगायतलाई आदिवासीमा सुचीकृत गर्नु पर्ने उनीहरुको माग रहेको छ । सदरमुकाम तम्घासको उदीनढुङ्गा वाट सयौंको संख्यामा निकालिएको पुत्लासहितको जुलुसले वजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि पुगि उक्त पुत्ला दहन गरेका थिए । वन्द कार्ताहरुले आज वेलुकि लु १ ख ५७९५ वम्वरको वसमा समेत तोडफोड गरेका छन् । तम्घासको पुतलीवजार नजिकै नम्वर थाप्दै गरेको अवस्थामा उक्त वस तोडफोड गरिएको वताइएको छ । तोडफोडवाट वसको सिसाहरु फुटेका छन् ।
संयुक्त संघर्ष समितिले आज गरेको आम हडतालका कारण आज गुल्मी जिल्लाको जनजीवन प्रभावित वनेको छ । वन्दका कारण एम्वुलेन्स, सुरक्षाकर्मि तथा पत्रकारहरुका सवारी साधन वाहेकका अन्य सम्पूर्ण सवारी साधनहरु दिनभर ठप्प वनेका थिए । वन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु, वजार, उद्योग, कारखाना सव ठप्प छन् । वन्दले गर्दा जिल्ला सदरमुकाम तम्घामा गत सातादेखि संचालन भएको पेन्सनक्याममा पेन्सन लिन आएका मानिसहरु समेत अलपत्र परेका छन् ।

बन्दविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्रीहरुको चेतावनी

काठमाडौ, ४ जेठ । शान्ति र संविधानको काम पुरा गरेर मुलुकलाई अग्रगमन तिर लाने बेलामा मुलुकलाई फेरि प्रतिगमन तीर लैजाने गरी अराजक ढंगल बन्द र हडताल जारी राखे सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 
ब्राहमण, क्षेत्री, दशनामी र ठकुरीहरुले आब्हान गरेको अनिश्चित कालिन नेपाल बन्दकावीच रिपोर्र्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उपस्थित मन्त्री टोपबहादुर रायमाझीले बन्द हडतालले शान्ति र संविधानको कामलाई असफल पारेर धमिलो पानीमा माछा मार्ने प्रतिगामी तत्वलाई मद्दत पुग्ने भन्दै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे । 


साक्षात्कारमा मन्त्री रायमाझीले शान्ति र संविधान भाड्न खोजीए त्यसका विरुद्ध अग्रगमन शक्तिहरु एक भए लाग्नु पर्ने बताए । उनले भने-बारम्बार बन्द गर्दा मुलुक प्रतिगामि धार तिर जान्छ । यो मुलुककोलागी घातक हुन्छ । तर असन्तुष्ठि पोख्नु आन्दोलन गर्नु अन्यथा होईन । 

दलहरुवीच भएको सहमति कसैको पक्षमा पनि नभएकोले सबै तिरबाट असन्तुष्ठि देखिएको भन्दै मन्त्री रायमाझीले कसैको पक्षमा पनि पर्ूण्ा रुपमा शान्ति र संविधान नभएकोले नै राष्ट्रिय सहमति बन्न सकेको दावी गरे । उनले भने-कसैको पक्षमा भएको भए अर्को पक्षमा मार्कामा पर्दथ्यो तर अहिले त्यस्तो अवस्था छैन । त्यसैले यो सहमति र एकताको दस्तावेज हो । यो राम्रो भएको छ । अहिले असहमतिको विचबाट सहमति खोज्ने बेला हो । 

साक्षात्कारमा अर्का मन्त्री र्सूयमान गुरुङले आन्दोलन अराजक बन्दै शान्ति र संविधानमा अवरोध उत्पन्न गरेर सरकार चुप लागेर नबस्ने भन्दै सबै आन्दोलनलाई मिलाएर सरकार शान्ति र संविधानको पक्षमा अगाडि बढ्ने बताए ।

उनले अधिकार माग्ने बेला अहिलेनै भएकोले अहिले भईरहेका आन्दोलनहरु स्वभाविक भएको भन्दै आन्दोलनलाई अराजक बनाउन नहुने धारणा राखे । 
जेठ १४ भित्रै संविधान बन्ने दावी गर्दै उनले सबै पक्षलाई मिलाएर सहमतिको संविधान बनाउन सरकार संबेदनशिल भएको बताए । 
उनले संविधान जारी हुने विषयमा विश्वासको संकट भएको भन्दै विश्वासको संकट अन्त्य गरेर संविधान जारी गर्नुको विकल्प नभएको स्पष्ट पारे । 
एमालेको तर्फाट मन्त्री बनेकी राधा ज्ञावलीले बन्द गर्दा बन्द कर्ताकै माग पुरा गर्न अप्ठ्यारो आउने चेतावनी दिदै बन्द जारी राख्ने हो भने संविधान नै बन्न अप्ठ्यारो हुने तर्फसचेत गर्राईन । 
उनले सरकार असन्तुष्ठ पक्षसँग निरन्तर बार्तामा रहेको भन्दै सबैको माग पुरा गरेर संविधान जारी गर्ने दृढता ब्यक्त गरिन । 

काग्रेस नेता डा प्रकास शरण महतले अहिले कसैले भने जस्तो पर्ूण्ा संविधान बन्न नसक्ने स्पष्ट पार्दै काग्रेसको मिश्रति शासन प्रणालीमा असहमति हुँदा हुँदै पनि संविधान जारी गर्ने मुल्यमा सहमति गरेको बताए । उनले भने-राष्ट्रपति र प्रधानमन्त्रीवीच पछि टकराव हुन्छ । यो निश्चित छ । तर पनि संविधान ल्याउन सहमति गरेका हौ । 

गुल्मीमा सहकारी संस्थाले बनायो देशकै ठूलो लघुजलविद्युत्

             जम्मा १५ प्रतिशत खपत, ८५ प्रतिशत त्यसै खेर गइरहेको छ
३१ वैशाख, गुल्मी । गाउँको एउटा सहकारी संस्थाले १३५ किलोवाटको लघुजलविद्युत् आयोजना सम्पन्न गरी बिजुली उत्पादन गरेको छ ।  गुल्मीको वामीटक्सारमा परोपकार सहकारी संस्थाले बागलुङ र गुल्मीको सिमानामा पर्ने दरमखोलाबाट उत्पादन गरिएको उक्त योजनाबाट १३५ किलोवाट विद्युत् उत्पादन गरेको हो ।
आयोजनाको रीपोर्टीङ्गको क्रममा पत्रकारहरु र जानकारी गराउँदै
पारीयोजनाका कर्मचारीहरु । फोटो: भरत पाण्डे 

एक हजार ६०० मिटर लामो नहरबाट ल्याएको पानी २१ मिटर माथिबाट सिधा दूरीमा खसाली एक हजार ३०० लिटर प्रतिसेकेन्ड प्रवाहमार्फत उक्त विद्युत् उत्पादन भएको हो ।     ऊर्जा क्षेत्र सहयोग कार्यक्रम -इएसएपी) को रु एक करोड ४५ लाख अनुदान र परोपकार बहुउद्देस्यीय सहकारी संस्था वामीको रु दुई करोड गरी रु तीन करोड ४५ लाखको लागतमा सम्पन्न उक्त आयोजनाबाट १३५ किलोवाट विद्युत् उत्पादन भएको छ ।

आयोजनाका लागि ग्रामीण आर्थिक विकास सङ्घ रेडा पाल्पाको क्षेत्रीय नवीकरणिय ऊर्जा सेवा केन्द्र कार्यक्रम प्राविधिक सहयोग र समन्वय रहेको थियो । यो आयोजना देशकै सबैभन्दा ठूलो आयोजना भएको क्षेत्रीय नवीकरणीय सेवा केन्द्र रेडा पाल्पाका अधिकृत जीवन कुँवरले बताउनुभयो । यसपछिको दोस्रो योजना स्याँजामा निर्माण हुन लागेको समेत उहाँले बताउनुभयो ।

सहकारी संस्थाका सदस्यहरुले रु पाँच हजारदेखि रु एक लाखसम्मको सेयर खरिद गरी उत्पादन भएको सो विद्युत्बाट जिल्लाको मुसिकोट गाविसमा ७०० र पौँदी अमराईमा ९०० घरधुरीले बिजुली बालेका छन् । ती गाविसमा जम्मा १५ प्रतिशत बिजुली खपत भएपनि ८५ प्रतिशत बिजुली त्यसै खेर गइरहेको आयोजनाका अध्यक्ष धर्मेन्द्र मल्लले बताउनुभयो । देशमा चर्को लोडसेडिङ र गुल्मी जिल्लाभरि बिजुली नपुगेर जनता अँध्यारोमा बस्नु परिरहेको अवस्थामा यस आयोजनाबाट उत्पादिन बिजुली सदुपयोग गर्न सके धेरै जनताका घरमा बिजुली पुर्‍याउन सकिने जिल्ला इन्जिनियर लालु गिरीले बताउनुभयो ।     

संयुक्त संघर्ष समितिले तम्घासमा जलायो पुत्ला (भिडियो)


संयुक्त संघर्ष समितिले आज गुल्मीको सदरमुकाम तम्घासमा गरेको अनिश्चितकालीन आमहडतालमा निकालिएको पुत्ला सहितको बिरोध र्‍याली । 

बधाई छ दिगाम ६ निबासी दीपक पन्थ लाई


मेरो दिगाम 
             बधाई  छ दिगाम निबासी दीपक पन्थ लाई।सधै सफलताको कामना 
नागपुर विश्वबिद्यालय भारतमा कम्प्युटर इंजिनीयरिंग अन्तिम बर्षमा अध्ययनरत दिगाम ६ गुल्मी निवासी दीपक पन्थले ubuntu 12.04 Linux Operating System ले आयोजना गरेको Big Up Ubuntu प्रतिष्पर्धा मा तेस्रो स्थान प्राप्त गरेका छन् | यो प्रतिष्पर्धामा दुनिया भरिबाट हजारौले सहभागिता जनाएका थिए | पहिले इमेल मार्फत दोस्रो स्थान प्राप्त गरेको मा बधाई संदेश प्राप्त गरेका दीपकले Ubuntu वेबसाइट को फेसबुक पेज बाट तेस्रो भएको थाहा भयो | दीपक आफु पढ्ने कलेजमा कम्प्युटर इंजिनीयरिंग बिभागको बिद्यार्थी फोरमको प्रेसिडेन्ट पनि छन् र यसै वर्ष उनले अन्य इंजिनीयरिंग बिभागसंग मिलेर राष्ट्रिय टेक्निकल प्रतिष्पर्धा को आयोजना गरेका थिए जसमा भारत भरिका हजारौ बिद्यार्थी सहभागी भएका थिए |
Ubuntu Operating System , windows जस्तै सफ्टवेअर हो जुन windows  भन्दा धेरै गुना राम्रो तर चलाउनको अलि गार्हो हुन्छ | यो सफ्टवेअर सित्तैमा पाइन्छ अनि प्राय वाईरस पनि आउदैन | अहिले ९५ प्रतिसत भन्दा बढी सुपर कम्प्युटरमा linux operating system प्रयोग भएका छन् |  
Ubuntu को अर्थ हुन्छ " अरु को लागि मानवता "| यसलाई बेलायत स्थित Canonical Ltd ले स्पोन्सर गर्छ |  दीपक पछिल्लो ३ बर्ष देखि यो सफ्टवेअर प्रयोग गर्दै आएका छन् | कलेज को सबै पढाई उनि यसै बाट गर्छन | यसलाई दुइ तरिका बाट प्रयोग गर्न सकिन्छ, पहिलो त windows जस्तै ग्रफिकल इन्टरफेस, अनि अर्को कमाण्ड इन्टरफेसबाट जुन अलि गार्हो हुन्छ र  प्राय सफ्टवेअर इन्जिनीयर प्रयोग गर्छन |  Ubuntu Operating System http://www.ubuntu.com/ बाट डाउनलोड गरेर आफ्नै तरिकाले प्रयोग गर्न सकिन्छ |
हाल नागपुर विश्वबिद्यालय भारतमा कम्प्युटर इंजिनीयरिंग अन्तिम बर्षमा अध्ययनरत दिगाम ६ गुल्मी निवासी दीपक पन्थले यस कुराको ओनलाईन मार्फत जनाकारी दीयका  थीय उनले केही दिनमानै आफ्नो पुरस्कर हातपार्ने समेत बतायका छन् उनले यो    सफ्टवेअर सित्तैमा पाइने अनि प्राय वाईरस पनि नलाग्ने बतायका छन्
                   
                          
                         यसको बारेमा तल क्लिक गरेर हेर्न सकिनेछ 
Screenshot from 2012-05-16 23:29:33.pngScreenshot from 2012-05-16 23:29:33.png
98K   View   Download  

Tuesday, May 15, 2012

सिरहाको औरहीमा भिषण आगलागी १ को मृत्यु ४ घाइते

सिरहाको औरहीमा भिषण आगलागी १ को मृत्यु ४ घाइते

प्रधानमन्त्रीले उक्त क्षेत्रको अवलोकन गर्दै ।

सिराहाको औरही गाविसमा भएको आगलागीको अवस्था बुझ्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज सिरहा जाँदै हुनुहुन्छ । हिजो दिउँसो दुई बजे गाविसको पश्चिम भागमा रहेको औरही–३ का नथुनी यादवको घरबाट सल्केको आगो फैलिएर गाविसको छ वटा वडाका घर पूर्ण रुपले जलेको हो । नथुनी यादवको घरमा आगलागी भएपछि सोही बेला चलेको तातो हावाले आगोलाई विकराल बनाएको थियो । ३ देखि ८ वडासम्मका करीब १५ सय घरपरिवारका तीन हजारभन्दा बढी घरमा आगलागी भएको बताइए पनि यकिन तथ्यांकका लागि रेडक्रसले सर्वेक्षण गरिरहेको छ । आगलागीबाट गाविसका पाँच हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । ६ हजार जनसंख्या रहेको गाविसमा १, २ र ९ नम्बर वडाका करीब ८ सय जनाको ३ सय ५० घर मात्र बचेको बताइन्छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अझै आउन सकेको छैन । आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् भने तीन जना बेपत्ता र एक बालकको उपचारको क्रममा आज मृत्यु भएको छ । बेपत्ता भएका तीन जनाको मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उता, सिरहामा क्रियाशील बिभिन्न संघसंस्थाले पीडितका लागि खानपानको व्यवस्था मिलाएका छन् ।

निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छाडे


निर्माता छविराज ओझाले नायिका रेखा थापालाई छोडेका छन् । पारपाचुकेको हल्ला चलिरहेका बेला निर्माता छविराज ओझाले आफ्नी पत्नीको नाममा रहेका रेखा फिल्मस् नामको व्यानर र पत्नी रेखा थापालाई नै छाडेर नयाँ चलचित्र बनाउने भएका छन् ।

निर्माता ओझाले रेखा फिल्म र रेखालाई छोड्न कै लागि छविराज प्रोडक्सन नामको फिल्म निर्माण कम्पनी दर्ता गरेका छन् । छविराज ओझाले छिट्टै बनाउन लागेको चलचित्रमा रेखा थापालाई समावेश नगर्ने भएका हुन् । चलचित्रका नामको न्वारन भैं नसके पनि निर्देशकमा सविर श्रेष्ठलाई ओझाले चयन गरेका छन् । तर यो चलचित्रमा पत्नी रेखालाई नराखेपछि छविले अर्की रेखालाई भने समावेश गरेका छन् ।

छविको चलचित्रमा समावेश भएकी उनी हुन संगीतकार रेखा पौडेल । चलचित्रमा उनको संगीत रहने निर्माता ओझाले बताए । उनले भने निर्देशक र संगीतकारको टुङ्गो लाग्यो तर कलाकारको भने लागेको छैन । तर रेखा फिल्मबाट चलचित्र नबनाउने भएपछि ओझाले आफ्नै नामबाट नयाँ कम्पनी दर्ता गरेका हुन् ।
               समचार डीसी नेपाल बाट          

लुम्बिनी प्रदेशको लागि नागरिक अभियान


लुम्बिनी प्रदेशको लागि नागरिक अभियान
लुम्बिनी प्रदेशको लागि नागरिक अभियान लुम्बिनीको आह्वानमा आजबाट बुटवलमा रिले अनसन थालिएको छ । बुटवलको मिडिया चोकमा बिहान ६ देखि साँझ ६ बजेसम्म जारी रहने अनसनमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघसस्थाको सहभागिता रहेको छ । नयाँ बन्ने संविधानमा यस क्षेत्रको नामाकरण लुम्बिनी प्रदेश राख्ने प्रतिबद्धता नेताहरुले नजनाएसम्म अनसन जारी रहने अभियानका संयोजक डी.आर घिमिरेले बताउनुभयो । अनशन पूर्व नागरिक समाज, रुपन्देहीका संघसंस्था, राजनीतिक दलको सहभागितामा बृहत शान्ति ¥याली निकालिएको थियो ।




Monday, May 14, 2012

त्यता मोड्नै नहुने'

सुशील भट्टराई, काठमाडौं, जेठ २ -अग्निको १९ सिट क्षमताको डोर्नियर जहाज बिहान ९:३० बजे पोखराबाट उड्यो। जहाज उड्नुअघि कुनै प्राविधिक त्रुटि नदेखिए पनि जोमसोम अवतरण गर्ने बेला 'केही समस्या' देखियो। विमानस्थलको मौसम सफा थियो। 

अग्निको ९एन-एआइजी कलसाइन भएको उक्त डोर्नियर जहाज क्याप्टेन प्रभूशरण पाठक र कोपाइलट सुमन डंगोल महर्जनले उडाएका थिए। एयर होस्टेस रोशनी हाइजु थिइन्। १६ भारतीय र डेनमार्कका दुई यात्रु थिए।
'जहाज अवतरण गर्ने क्रममा विमानस्थल नजिकै आएपछि ककपिटभित्र रातो बत्ती (लाइट इन्डिकेसन) बलेर कुनै यन्त्रमा खराबी भएको चेतावनी आयो,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एक वरिष्ठ एयर ट्राफिक कन्ट्रोलरले सोमबार नागरिकसँग भने, 'लगत्तै चालकदलले अवतरण गर्नुभन्दा पोखरा फर्किने निर्णय लियो।'
उनका अनुसार 'लाइट इन्डिकेसनको चेतावनी सामान्य हुँदाहुँदै पनि किन पाइटलद्वयले जहाज ओभरसुट गरे' भन्ने रहस्यपूर्ण छ। 'पाइलटले पोखरा फिर्ता हुने निर्णय गर्नु नै दुर्घटनाको कारण बन्यो,' उनले भने, 'चिन्ता नमानी आनन्दसँग जोमसोममै अवतरण गरेको भए दुर्घटना टर्ने निश्चित थियो तर दुर्भाग्यवश त्यसो भएन।'
जहाजभित्र हजारौं तार, यन्त्र वा जुनसुकै पुर्जामा खराबी आए पनि पाइलट बस्ने ककपिटमा लाइट इन्डिकेसनको चेतावनी आउँछ। त्यो पत्ता लाग्नुअघि नै पाइलटहरूले पोखरा फर्कने 'गलत' निर्णय गरेको उनले दाबी गरे।
'डोर्नियर जहाजकै प्रशिक्षक पाइलट रहेका पाठकले किन गलत निर्णय गरे र ओभरसुटपछि दायाँ मोड्नुपर्ने जहाज किन बायाँ मोडे त्यसको पुष्टि ब्ल्याक बक्सले गर्ला,' उनले भने। पोखराबाट जोमसोम जान डोर्नियर जहाजलाई १६ मिनेट लाग्छ।
एक वरिष्ठ पाइलटका अनुसार जता मोड्न नहुने त्यतै मोडेकाले दुर्घटना भएको हो। पूरै यात्रु बोकेको हुँदा जहाजले उचाइ लिन नसक्दा पहाडमा ठोक्कियो। 'जहाजको दायाँ पंखा पहाडमा ठोक्कियो र ढलपल गर्दै जहाजको नाक जोत्तियो,' उनले भने, 'पाइलटहरूले गर्नै नहुने गल्ती गरे। उनीहरूले विधि प्रक्रिया नै नपछ्याएको पाइयो।'
जोमसोम विमानस्थल टावरले पनि अवतरण गर्ने क्रममा निकै कम उचाइमा रहँदा पाइलटहरूले 'अब अवतरण गर्न सकिँदैन भन्ने निर्णय गर्दै' जहाजलाई गलत दिशातर्फ मोडेको बताएको छ।
'लाइट इन्डिकेसन चेतावनी आउनासाथ पाइलटहरूले बिहान ९ः४५ बजे हामीसँग पोखरा फर्कन अनुमति मागेका थिए,' जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर शिव शर्मा उपाध्यायले नागरिकसँग भने, 'अनुमति मागेको एकै मिनेटमा जहाज भित्तामा ठोक्किएर दुर्घटना हुन पुग्यो।' टावरले केही अगाडि गएर मोडिन आदेश दिए पनि जहाजले 'सार्प टर्न' गरेकाले नजिकैको डाँडामा ठोक्किएको उनले बताए। जहाजलाई सिधै अवतरण गर्न अनुमति दिए पनि पाइलटले अर्कै दिशाबाट मोडेर ल्याउँछु भन्दा दुर्घटनामा परेको उनले दाबी गरे। 'एक मिनेटभित्रै अवतरण हुने जहाज मोडिएर आउन खोज्दा भित्तामा ठोक्कियो,' उनले भने।
उनका अनुसार मोडिएको १५ सेकेन्डमै पाइलटले पुनः पोखरा फर्किने अनुमति मागेका थिए। जोमसोममै 'फोर्सल्यान्डिङ' गर्नुपर्ने भए दुर्घटना भइहाले उद्धारमा समस्या हुन्छ भनेर सुरक्षाका लागि पोखरा फर्कन अनुमति दिइएको थियो। जोमसोम विमानस्थलमा कुनै उद्धार उपकरण र अग्नि नियन्त्रण सुविधा नभएकाले जहाज पोखरा फर्काइएको हो।
दुर्घटनाका प्रत्यक्षदर्शी मुस्ताङ प्रहरीका इन्स्पेक्टर राजेन्द्र पोखरेलले विमानस्थल नजिकै उत्तरतर्फबाट मोडिने क्रममा जहाज दुर्घटना भएको बताए। 'जहाजले गति कम गरेर मोडिँदै थियो,' उनले भने, 'दायाँ पंखाले पहिले भुइँमा छोएपछि एक्कासि पहाडमा जोतिँदै खस्यो, गति कम र माटोमा जोतिएकाले जहाजमा आगो लाग्न पाएन।'

को हुन् पाठक?
क्याप्टेन पाठकले उडानमा लामो अनुभव संगालेका थिए। उनी अग्निका 'पार्ट टाइमर' क्याप्टेन थिए। उनी नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ क्याप्टेन तथा डोर्नियर जहाजका प्रशिक्षक पाइलट हुन्। पछिल्लो पटक उनले बिचक्राफ्ट जहाज पनि उडाउन थालेका थिए।
चितवनका ४१ वर्षीय पाठकले हालसम्म ६ हजार घन्टाभन्दा बढी जहाज उडाइसकेका थिए। 'हाम्रो आफ्नै जहाज नभएकाले उनीहरूको उडान अवधि पूरा गरी लाइसेन्स नवीकरण गर्न निजी कम्पनीका जहाज उडाउन दिने गरिएको छ,' प्राधिकरणका एक अधिकारीले भने, 'त्यसै क्रममा उनी बेलाबेला अग्निका जहाज उडाउँथे।'
उनी दक्ष र अनुभवी पाइलट थिए। तत्कालीन कस्मिक एयरमा को-पाइलटबाट उडान सुरु गरेका उनले गोरखा एयर, सीता एयर, बुद्ध एयर र गुण एयरलाइन्सका जहाज पनि उडाएका थिए। उनी करिब एक दशकदेखि प्राधिकरणमा आबद्ध थिए।
को-पाइलट महर्जन
को-पाइलट सुमन डंगोल महर्जन २७ वर्षका थिए। भक्तपुरका उनले अग्निको जहाज उडाउन थालेको साढे दुई वर्ष भएको थियो। उनी क्याप्टेन हुने 'लाइन' मा थिए। उनी परिवारका एक्ला छोरा थिए।
एयर होस्टेस हाइजु
बाँच्न सफल एयर होस्टेस रोशनी हाइजुले अग्नि एयरमा जागिर खान थालेको दुई महिनामात्र भएको थियो। उनको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
जाँच आयोग गठन
सरकारले अग्नि एयर दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक मेदिनप्रसाद शर्माको अध्यक्षतामा पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ।
समितिका सदस्यमा बुद्ध एयरका वरिष्ठ क्याप्टेन सुनिल प्रधान, तारा एयरका इन्जिनियर अशोक मानन्धर, एभिएसन मेडिकल बोर्डका संयोजक डा. रञ्जितसिंह बराल तथा सदस्य सचिवमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य छन्।
आयोगलाई कार्यारम्भ गरेको मितिले ९० दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। आयोगको खर्च सबै अर्थ मन्त्रालयले बेहोर्ने निर्णय सरकारले गरेको छ। 'दुर्घटनाग्रस्त जहाजको फ्लाइट डाटा रेकर्डर (एफडिआर) भेटेर आयोगमा ल्याइसकिएको छ,' सदस्य सचिव आचार्यले भने, 'ककपिट भ्वाइस रेकर्डर (सिभिआर) जहाजभित्रबाट निकाल्न बाँकी छ।

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र ,रिडी र दिगाम आसपास का केही रमैला द्रीस्य ( फोटो फिचर)




 रुरुक्षेत्र रिडी र दिगाम आसपास का केही रमैला द्रीस्य ( फोटो फिचर)

फोटो प्रदिप 
                            दिगाम  गाउटोला  बजार  फोटो शिव मन्दीर बाट लियको 

फोटो फेसबुक बाट 
                                                           किसान हरु धान रोपाई को आतुरी मा 
           
फोटो फेसबुक बाट 


फोटो फेसबुक बाट 

फोटो प्रदिप 
                                             दिगाम स्कुल परिसर भित्र  रहेको कालिका र भगवती  मन्दीर हरु                     
                                                               
फोटो प्रदिप 
                                                    श्री आदर्श स्कुल परिसर भवन र केही वोरपार को द्रीस्य 
                                               
फोटो प्रदिप 
                                                दिगाम वाड.न 4 को द्रीस्य फोटो टक्सार बाट लियको  
फोटो फेसबुक बाट 

फोटो फेसबुक बाट 

फोटो प्रदिप 
                                                                         दिगाम नजीकै को बले टक्सार को फोटो दिगाम 4 बाट लियको 

फोटो प्रदिप 
                                                                                                      श्री आदर्श स्कुल परिसर              
                                                               
थोर्गा बाट खिचीएको रिडी बजारको तस्बिर।

अर्गली बाट खिचीएको रिडी बजारको तस्बिर।

कुसेनीको डाँडा बाट खिचीएको रिडी बजारको तस्बिर।

कालीपार बाट खिचीएको रिडी बजारको तस्बिर।

भटकुवा बाट खिचीएको रिडी बजारको तस्बिर।

भुउपग्रह मार्फत खिचीएको रिडी क्षेत्रको तस्बिर।

रिडी बजार बाट देखीएको द्रिश्य।

रुरु महोत्सबको तस्बिर।

२०३६ सालमा खिचीएको रिडी बजारको तस्बिर।

दीपावलीमा रिडी बजार।

दीपावलीमा रिडी बजार।

लामो चौपारीमा निर्माण गरिएको रुरु ताल।

बाढी ग्रस्त बन्दै गर्दाको रिडी बगर।

रिडी माघी मेलामा राखीएको वाल उद्यान।

रिडी बिष्णु पञ्जरमा रहेको सदियौ बर्ष पुरानो मानिस बस्ने ओडार।

रिडी पुलक्याम्पमा रहेको झोलुङे पुल जसले गुल्मी र स्याङ्जा जिल्लालाई जोडेको छ्।


रिडी कालीगन्डकीमा राखिएको फडके पुल।

रुरुक्षेत्र खेल मैदानमा रहेको बिश्राम स्थल।


रुरुक्षेत्र खेल मैदानको ब्याडमिन्टन कोर्ट।

२०१८ साल भन्दा अघी निर्मित रिडी ठाडोगल्लीमा रहेको गणेश आक्रती। 

२०१८ सालमा रिडीमा आएको भिषण बाढी बाट क्षती ग्रस्त बनेको घरहरु। 

२०१८ सालमा रिडीमा आएको भिषण बाढी बाट क्षती ग्रस्त बनेको घरहरु। 


२०१८ सालको बाढि बाट क्षतीहुनु अगाडिको रिडी बजार। 


भटकुवा निमाबी प्राङ्गर।  
भटकुवा निमाबी प्राङ्गरमा रहेको शिद्धबाबा मन्दिर। 

फोटो हरु रुरु नेटवर्क बाट सबार गरियको