Sunday, September 25, 2011

सुभ कामना मेरो दिगामको

2068 को बडादसै को सबै लाई  सुभ कामना मेरो दिगाम को तर्फ बाट

Wednesday, September 21, 2011

बेंगलोर मा ग्यास ब्लास्ट

बेंगलोर २१ सेप्तम्बेर बेंगलोर मधबी रोडमा रहेको मरिज हल मा ग्यास सिलेंडर ब्लास्ट हुदा ८ जना घाइते भएका छन् इघाइते मद्धे २ जनाको स्थिति गम्बिर रहेको जनाइएको छ उक्त घटना करिब दीउस ४:३० भयको हाम्रा समाचार दाता सुजल सुबेदी ले मेरो दिगाम लाई जानकारी दानु भयको छ अजै उक्त घटना को बिस्त्रीत जानकारी आइसकेको छैन

Tuesday, September 20, 2011

बिरामी बोक्ने एम्बुलेन्सले रत्तचन्दन बोक्ने गरेको खुलासा


४ असोज, भक्तपुर । बढ्दो अपराध र तस्करी नियन्त्रण रोक्न प्रहरीले जतिजति नायाँ रणनीति बनाउँछ त्यसरी नै तस्करहरुले पनि प्रहरीलाई छल्न नयाँ तरिका अपनाउने गरेको पाइएको छ ।
बिरामी बोक्ने एम्बुलेन्सजस्तो अत्यावश्यक सवारी साधनलाई अवैध रक्तचन्दन ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि त्यस्तो रहस्य खुलेको हो । महानगरीय प्रहरी प्रभाग जगातिले बुधबार भक्तपुरबाट रक्तचन्दान लोड गरिएको बा६ज ९८८७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । उक्त एम्बुलेन्सलाई काठमाडौँको बौद्धबाट चार गोलिया अर्थात ४९ किलोग्राम रक्तचन्दन लिएर तिब्बतको खासातर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
सो एम्बुलेन्स भैरवकुण्ड युवा क्लब तातोपानी सिन्धुपाल्चोकले सञ्चालन गर्दै आएको बुझिएको छ । लामो समयदेखि एम्बुलेन्समा नक्कली बिरामी राखेर चन्दन ओसार्ने गरेको चालकले प्रहरीसँगको बयानका क्रममा स्वीकार गरेका छन् । भक्तपुर प्रहरीले एम्बुलेन्स चालक स्याङबो लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जनाएको छ ।

Monday, September 19, 2011

सिंगिङ आइकनका आयोजक बेपत्ता


 - विजेतालाई कार उपाहार दिइने भनेर प्रचार गरिएको रियालिटी शो सिंगिङ आइकनका आयोजक रकम लिएर एक्कासि गायब भएको त्यसका सहभागी र प्राविधिकहरुले आरोप लागाएका छन् । सो कार्यक्रम गर्ने आयोजक रिदम नेपालका गणेश कार्की बेपत्ता भएपछि प्रतियोगिताको टप ६ मा परेका स्पर्धी, त्यसका प्राविधिक समस्या परेको उनीहरुले बताएका छन्।  
उनिहरुका अनुसार नेपाल टेलिभिजनबाट प्रत्यक शनिबार बेलुकी प्रसारित हुने  कार्यक्रम १६ ओ भागसम्म चले पनि कार्की बेपत्ता भएपछि बाँकी  तीन भागको प्रसारण बन्द भएको छ।कार्की करिब ५० लाख रकम लिएर बेपता भएको आरोप उनीहरुको छ।देशका १३ स्थानमा पनि आर्थिक कारोबारमा विवाद रहेको उनिहरुको भनाइ छ। सहभागीका  अनुसार आयोजकले नेपाल टेलिभिजनलाई ५ लाख,मनोज सेवालाई १ लाख ७५ हजार,टीका भण्डारीलाई ३लाख, क्यामेरापर्सनलाई २ लाख ५७ हजार, कार्यक्रम सञ्चालक सबिन अधिकारीलाई करिब डेढ लाख रुपियँ तिर्न बाँकी  छ।आयोजकलाई सम्पर्क गर्दा सम्पर्क हुन 





गृह मन्त्रालयले भुकम्पमा परी मृत्यु भएका परिवारलाई २५ हजार रुपैयाँ दिने



 - आइतबार साँझ ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यको सिमानाबीचमा केन्द्रविन्दु भइआएको ६.८ रेक्टर स्केलको भूकम्पबाट नेपालको पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चलका २२ जिल्ला प्रभावित भएका छन्। सुनसरी, संखुवासभा र झापामा  ८ जनाको मृत्यु भएको छ। यस्तै भारतको सिक्किममा कम्तिमा २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। हालसम्म १६८ घर पूर्णरुपमा क्षति र १४६ घर आंशिक क्षति भएको छ।



पछिल्लो विवरण सङ्कलन गर्ने क्रम जारी रहेको बताइएको छ। काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किंदा घाइते भएका चार जना मध्ये तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा गोर्खाको गुर्मीचौर स्थायी घर भएका बाबु छोरी साजन श्रेष्ठ र अनिशा श्रेष्ठ तथा अर्का एक बीरबहादुर माझी छन्। सुनसरीको धरानमा घर भत्किंदा स्थानीय बिमल परियार र सन्तोष परियारको मृत्यु भएको छ। धनकुटाको फलांटेमा भुकम्पले घर भत्किदा स्थानीयवासी मधु कार्कीको मृत्यु भएको छ भने संखुवासभामा एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ। भुकम्पकै कारण कोशी राजमार्ग अन्तर्गत धनकुटा र भेडेटार जोड्ने सडकखण्डमा पहिरो गई राजमार्ग अबवरुद्ध बनेको छ।

सो भूकम्पबाट भएको जनधनको क्षति न्यून गरी पीडितको उद्धार तथा राहतलाई प्रभावकारीरुपमा अगाडि बढाउन घटनाको सूचना प्राप्त हुनासाथ राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गृहअन्तर्गतका सुरक्षा निकायका प्रतिनिधिसम्मिलित कमान्डपोस्ट खडा गरी उद्धार तथा राहतको समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन र पीडितलाई यथोचित राहत उपलब्ध गराउन सरकारले आवश्यक कार्य गरिरहेको जनाइएको छ।

गृह मन्त्रालयले भुकम्पमा परी मृत्यु भएका परिवारलाई तत्काल २५ हजार रुपैयाँ राहत स्वरुप दिने  भएको छ। कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छादारको अध्यक्षतामा सोमबार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले यस्तो निर्णय गरेको हो। राहत रकम घरमै गएर उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिइएको छ। त्यस्तै मृतकका परिवारलाई प्रति मृतक एक लाखका दरले थप आर्थिक सहायता उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सिफारिस गरेको छ। घटनामा परी गम्भीर घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने गृह मन्त्रालयका प्रवक्ता सुधिर शाहले जानकारी दिए।

भूकम्पबाट क्षति भएका सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको यथार्थ विवरण संकलन गर्न तत्काल कार्यटोली गठन गरी क्षतिको विवरण लिने र व्यक्तिगत सम्पत्तिको हकमा विद्यमान राहत मापदण्ड वमोजिम घटनास्थलमै गई ३ दिन भित्र राहत रकम वितरणको व्यवस्था मिलाउने निर्णय भएको छ।

ससेजमा गाईको मासु प्रयोग


सर्वसाधारणले प्रयोग गर्ने ससेजमा गाईको मासु प्रयोग भईरहेको पत्ता लागेको छ । बाणिज्य विभागका निरीक्षण अधिकृत कमल बहादुर थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकार मञ्च र साल्ट ट्रेडिङ कर्पोरेशनले हिजो राजधानीका दुई वटा ससेज कम्पनीमा छापा मार्दा यस्तो तथ्य फेला परेको हो ।
काठमाडौंको वनस्थलीमा रहेको कन्ट्री फार्म हाउसमा छापा मार्दा गाईको मासु फेला परेको थियो । उक्त फार्म हाउसमा बफ, चिकेन लगायतका ससेजसंगै गाईको मासु पोको पारेको अवस्थामा फेला परेको हो । यस फार्मले राजधानीका विभिन्न डिपार्टमेन्टल स्टोर तथा ५ तारे होटेलमा गाईको मासु आपूर्ति गर्दै आएको पाइएको छ । यद्यपी, कम्पनीका संचालक हसना मानन्धरले भने आफूहरुले गाईको मासू नभई अन्य वस्तु नै विक्री गरेको दाबी गरिन् ।
यस्तै, उक्त कम्पनीले खाद्य अनुज्ञा पत्र नै नलिई संचालन गरेको पनि पाइएको छ । यस कम्पनीले बफ, चिकेन, पोर्क ससेज विक्री गर्ने भनिएपनि ती ससेज बनाउन एउटै सामग्री प्रयोग गरेको र मिति समेत उल्लेख नगरेको पाइएको छ ।
विभागले यस कम्पनीको बारेमा थप अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएको छ भने ससेज ल्याब टेस्टका लागि लगिएको छ । कम्पनीले ५ वर्षदेखि साइनबोर्ड समेत नराखी ब्यापार गर्दै आएको पनि पाइएको छ । यसअघि विभागले हिजै बालकुमारीको नरेफांट भन्ने स्थानमा रहेको हिमाल मिट प्रोडक्ट् कम्पनीमा छापा मारी उक्त कम्पनी सिलबन्दी गरेको थियो । यस कम्पनीले बफ र चिकेन ससेज बनाउन प्रयोग गरेको सामग्री पूर्ण रुपमा अखाद्य भेटपछि सिलबन्दी गरिएको हो । ससेज बनाउन भेडाको आन्द्रा, कुहिएको मासु, अध्यधिक मात्रामा मैदाको पिठो, सोयविन तथा बोरिङको पानीको प्रयोग भएको पाइएको थियो । टोलीले ५० किलो ससेज र २० किलो किमा समेत नष्ट गरेको थियो । कम्पनीका संचालक भिमसेन पुरी भने भागेका छन् ।

बस दुर्घटना हुँदा १३ यात्रुको मृत्‍यु

बाबियाचौर बाट दरवाङतर्फ गइरहेको एक माईक्रो मिनीबस दुर्घटना हुँदा १३ यात्रुको मृत्‍यु भएको छ। ६ जना गम्भीर घाइते छन्। पहिरोले जीर्ण सडकमा चलाइको  ग१ख २७०४ नम्बरको बस बाबियाचौर-८ रणावाडमा आज साँझ दुर्घटना भएको हो। प्रहरी अनुसार ११ को घटनास्थल र २ को उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्‍यु भएको हो

Sunday, September 18, 2011

गुल्मी मा जीप मा दुर्घटना

गुल्मी को सन्तीचौर बाट बुटवल तर्फ जादै गरेको लु १ ज १३८९ नम्बरको जीप  रीड़ी को सगुरा भनेथौ मा दुर्घटना हुदा १ जनाको घटना स्थल मा मुर्तु भयको छ यसरी मुर्तु हुनेमा हर्र्चौर गा.बी स  का ४३ बर्षीय लक्ष्मन् रयका छन् 
  भने १ जना घाईते भयका छन् तर घाईते को नाम खुल्न सक्या को छैन हाम्रा दाता सुजल सुबेदी ले जनानुभय को छ  

Strong Earthquake Hit Nepal

Strong Earthquake Hit Nepal

काठमाडौं उपत्यका लगायत देशैभर ठूलो भूकम्पको झट्का

काठमाडौं उपत्यका लगायत देशैभर आज साँझ भूकम्पको ठूलो झट्का महसुश गरिएको छ । साँझ ६ बजेर ३५  मिनेट जाँदा महसुश गरिएको भूकम्प ६ दशमलव ८ रेक्टर स्केल मापन गरिएको छ भने भूकम्प करिब १ मिनेटसम्म रहेको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपाल आसपास भएको बताइएको छ । भूकम्पको झट्का पूर्वबाट पश्चिमतर्फ गएको थियो । भूकम्पले सडकमा गुडिरहेका गाडी समेत हल्लिएका थिए । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आएको छैन । भूकम्पको झड्का उत्तर भारतीय राज्यहरु र नयाँ दिल्लीमा समेत गरिएको थियो । भूकम्प गएपछि मानिसहरुमा अहिले त्रास बढेको छ भने कतिपय मानिसहरु घरभित्र जान सकिरहेका छैनन् ।तेसै गरी आज गुल्मी मा पानी भूकम्प गयको जनायको छ गुल्मी मा मान्छे फ्री पानी भूकम्प आउने सम्बावना भयको भन्दै घर भीत्र जाना डरायका छन् अजि पानी छेती को बिबरण अजै आयको बाकी राय छ 

आज विश्वकर्मा पूजा


१ असोज । विश्वकर्मा पर्व आज मेशिन, औजार, यातायात तथा फलामबाट बनेका विभिन्न यन्त्रहरुको पूजाआजा गरी मनाइँदै छ ।
हरेक वर्ष विश्वकर्मा पूजाका अवसरमा यातायातका साधन, हतियार तथा फलामसँग सम्बन्धित कारोबार गर्ने पसलहरुमा पूजा गर्ने गरिन्छ । खास गरी विश्वकर्मा पूजा तराइका जिल्लाहरुमा धुमधामकासाथ मनाइने प्रचलन रहिआएको छ । पूजाका अवसरमा सुनसरीको धरान, नवलपरासीको दाउन्ने र बुटवलस्थित विश्वकर्मा मन्दिरमा बिहानैदेखि झक्तजनहरुको घुइँचो लागेको छ ।
पूर्वी तथा मध्य तराईका मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही, महोत्तरी, पर्सा र पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लाहरुका विश्वकर्मा बाबाको मन्दिर खडा गरी धुमधामका साथ पूजाआजा भइरहेको छ । विश्वकर्मा पूजाका कारण बिहानैदेखि मिठाई तथा फलफूल पसलहरुमा ग्राहकको घुइँचो लागेको छ । आज विश्वकर्मा पूजा गरिनाले वर्र्ष भरि व्यापार फस्टाउनुका साथै फलाम जन्य वस्तुहरुबाट शरीरमा घाउचोट नलाग्ने तथा सवारी दुर्घटना नहुने विश्वास गरिन्छ ।

कुखुरा को मासुको भाउ घट्यो

कुखुरा को मासु भाउ घट्यो कुखुरा  ब्येबसाईले आइतबार देखी लागु हुने गरी मासु को मूल्य घटायाको छन् सनीबर कुखुरा प्लान र मासु बेपारी संग सम्भंधित ब्येबसाहीको भेलाले प्रती के जी १५ रुपीया मूल्य घटउने नीर्णय    
गरेको हो दसैँ आ उना लागेको अबसरमा उपभोक्तलाई राहत दिनकोलागी मूल्य घटायाको ब्येबसाहीहरु बतायका छन्  उपभोक्तले १ के जी मासु २२५ मा पौने भयका छन् अने जिउदो कुखुरा किन्दा पर्ती के.जी १७० मा पाउने भयका छन् एक मैना अगाडी मूल्य बडेर २४० पुगेको थीयो यसरी केही मूल्य घट्दा ग्राक हरुले  केही सौलेत पाउने 
हाम्रा समाचार दाता सुजल सुबेदी ले फोन मर्फाते जनाउनु भयको छ | 

गुल्मी को श्रींगा मा मोटरसाईकल दुर्घटनामा तीन घाईते


गुल्मीको हर्दिनेटा गाविसमा आज दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा तीन जना घाईते भएका छन् । सदरमुकाम तम्घासवाट वलेटक्सार तर्फ जाँर्द गरेको लु ५ प ७१९९ नंको मोटरसाईकल र वलेटक्सारवाट गौंडाकोटतर्फ आउदै गरेको लु ९ प ६५६५ नंको मोटरसाईकल हर्दिनेटा गाविस ६ देउराली वजार नजिकै एकआपसमा ठोक्किँदा तीन जना व्याक्ति घाईते भएका हुन् । घाईते हुनेहरुमा पाल्पा अर्गेलीका २० वर्षिय विष्णु क्षेत्री, वारा घर भई रिडी प्रतिज्ञा अटो मोवाईलमा काम गर्ने वर्ष २१ का पराजय राना र वलेटक्सार ५ रानीवास घर भई तमघास वसपार्कमा श्रेष्ठ फ्रेस हाउस सञ्चालन गर्दै आएका ४० वर्षीय पुरन श्रेष्ठ घाईते भएका हुन् ।
घाईते मध्ये क्षेत्री र रानाको पाल्पामा उपचार भईरहेको छ भने श्रेष्ठ प्राथमिक स्वास्थ्य केन्द्र श्रृंगामा सामान्य उपचारपछि घर फर्किसकेका छन् । दुई वटा मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको श्रृंगा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गंगवहादुर सारुले जानकारी दिनुभएको छ 

Saturday, September 17, 2011

नेपाली कलाकारहरुले तताए कोरिया




कोरियाली 
महान चाड चुसको अवसर पारेर यहाँ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेपाली कलाकारहरुले कोरियाबासी नेपालीहरुलाई मनोरन्जन दिए ।
विभिन्न संघ सस्थाले आयोजना गरेको छुट्टा छुट्टै सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत सबैलाई मानसिक रुपमा नेपालमा रहेको झल्को दिए । चार वटा नेपाली संस्थाले तीन दिन सम्म आयोजना गरेको छुट्टाछुटै कार्यक्रममा नेपालका चर्चित गायक गायिका गायिकादेखि चर्चित नायिका मात्र होइन चर्चित नृत्यकारदेखि चर्चित नायिकासम्म अनी ख्याती प्राप्त हास्यकलाकारहरुको कोरियामा तातीले कोरियाको राजधानी सोल नै कलाकारमय भएको थियो ।
कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका इन्दिरा जोशी, अभिनेत्री सोनिया केसी, गायक प्रमोद खरेल, लोकदोहोरी कलाकार राजु गुरुङ र मुना थापा मगर गायक राजेशपायल राई, नृत्यांगना सोनाम गुरुङ, गायिकाहरू माण्डवी त्रिपाठी र प्रकृति गिरी हास्य कलाकारद्वय शिवहरि पौडेल र किरण केसी, गायकहरू रामचन्द्र काफ्ले, धन गुरुङ र भाष्करध्वज श्रेष्ठ, गायिका निशा सुनुवार, नृत्यांगना सबनम गुरुङ नायिका ऋचा घिमिरे, गायक निमा रुम्बा, हास्य कलाकार जितु नेपाल, गायिका कोमल वली र गायक मिलन लामाले आफ्नो प्रस्तुति दिएर कोरियामा रहेका नेपाली दर्शकको मात्र होइन कोरियन नागरिकहरुको पनि मन जित्न सफल भए ।
तेसै अबसरमा सम्पूर्ण नेपाली कोरियाको राजधानी सीउल मा भेटघट गरेर दुख:सुख साटे र नेपाल को दसैँ आयको जस्तै भयको छ भनेर खुसीयाली मनाका छन् साथै गुल्मी र दिगाम दिगाम का सबैले भेटघाट कार्याक्रम राखेको कोरिया बाट 
कृष्ण न्यौपाने ले फोन मार्फत मेरो दिगाम लै जानकारी दिनु भय को छ 
     
 

 

बुटवल मा सिसिटिभि क्यामरा जडान गर्ने,

करिव ७० लाखको लागतमा ५५ वटा सिसिटिभि क्यामरा जडान गर्ने, भारतीय नाका सुनौली,भैरवा र बुटवलका मुख्य ब्यापारीक नाका र सडकका मुख्य चोकहरुमा ईन्फारेड नाईटभिजन,फाईभ मेगापिक्चेल र हाईस्पिड जोन गरि तीन प्रकारका अत्याधुनिक सिसिटिभि क्यामरा राख्ने योजना छ । सिसि टिभि क्यामरा जडान भएमा दुर्घटना नियन्त्रण, आपराधिक गतिविधि, लुटपाट,डकैती र प्रहरीको अनिमितता समेत रोकिनेदावी छ  तर यो कार्य गर्न नीकै समय लाग्ने बतायका छन् त्यस छेत्र आपराधिक गतिविधि, लुटपाट,डकैती बडेको ले उक्त सिसि टिभि क्यामरा जडान गर्न लागेको जनायको छ  

Friday, September 16, 2011

अमेरिकामा विमान दुर्घटना तीन जनाको मृत्यु

अमेरिकामा विमान दुर्घटना तीन जनाको मृत्यु
अमेरिकाको नवेदा राज्यको रेनोमा नेशनद च्याम्पियन एअर रेसमा हवाई प्रदर्शनका क्रममा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ७५ भन्दा बढी घाइते भएका छन् । केही गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
मृत्यु हुनेमा विमानका पायलट जिमी लिवार्ड पनि छन् । सन् १९७० देखि हवाई रेसमा भाग लिदै आएका लिवार्डका परिवार पनि विमान दुर्घटनाको समयमा दर्शक दिर्घामा थिए । दर्शकहरु रहेको स्थानमा विमान खस्न पुगेको थियो । एअर रेसका प्रवक्ताका अनुसार दुर्घटनाग्रस्त विमान दोस्रो विश्व युद्ध ताकाको पी ५१ विमान थियो ।
रेनोमा प्रत्येक वर्ष सेप्टेम्बर महिनामा नेशनल च्याम्पियनशिप एअर रेस आयोजना हुने गर्दछ । विमान दुर्घटनाका कारण बारे अनुसन्धान शुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

पाल्पाको जोर्तेमा ट्रक दुर्घटना

पाल्पा भदौ ३१ बुटवल बाट गुल्मी को तम्घास तर्फ जादै गरेको
 ना १ ख ८१८५ नम्बर को ट्रक पाल्पाको देउराली ८जोर्ते मा दुर्घटना
 हुदा १ जानाको घटनाइस्तल मा नै मुर्तु  भय को  उक्त  मुर्तकको 
अजै नाम खुल्न नसकेको कुरा हाम्रा समाचार दाता सुजल सुबेदी 
फोन मार्फत बतानु भयको छ |   

Thursday, September 15, 2011

बजारमा छ्याप्छ्याप्ती अखाध्य बस्तुहरु


तम्घास जिल्ला प्रशासन कार्यालय, गुल्मीले गरेको बजार अनुगमनका क्रममा फेला पारेका अखाध्य सामग्री ।


गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घास बजार र सदरमुकाम बाहिर गौडाकोट, विरवास, भेडुवा, लुम्छा, श्रृङ्गा, बलेटक्सार, रिडीबजार अनुगमन गरेको छ । नजिकीदै गरेका चाडपर्व र बजारमा म्याद सकिएका सामाग्रीहरु विक्रि वितरण भैरहेको गुनासो बढेपछि प्रशासनले अनुगमनलाई तीब्रता दिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले बताउनु भयो ।
जिल्ला प्रशासनले पशासनका कर्मचारी गोपाल प्रसाद पाण्डेय, तुल्सी न्यौपाने, पर्शुराम पन्थी र मालापोत अधिकृत विजय रानाको नेतृव्तमा नेपाल पत्रकार महासंघ, गुल्मी उद्योग वाणिज्य संघ जिल्ला प्रहरी कार्यालय गुल्मी सहितको टोलीले तम्घासका विभिन्न टोलका यसको अनुगमन गरेको थियो ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेय र पत्रकार शिव सुवेदी सहितको टोलीले गौडाकोट देखी रिडी सम्मको ग्रामीण बजारको अनुगमन गरेको थियो । टोलीले ठुलो परिणाम म्याद सकिएका खाध्य सामाग्री, सुर्ती, बिस्कुट, कुरकुरे, मसला लगाएत विभिन्न खाध्यका सामाग्री बरामद गरेको छ । साथै बरामद गरिएका खाध्य सामाग्रीहरु जिल्ला प्रशासनले नष्ट गर्न र अर्को पटक देखी त्यस्ता सामाग्री पुन फेला पारेमा विक्रि गर्न व्यवसायिलाई थप कार्वाही अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनु भएको छ । अनुगमन क्रममा दर्ता नभएका पसललाई दर्ता गर्न, अवेवस्थीत मासु पसललाई व्यवस्थीत गर्ने, मधिरा र खाध्य सामाग्री एकै स्थानमा राखेका व्यपारीलाई छुट्टा छुट्टै स्थानमा राखेर विक्री गर्ने व्यवस्था मिलाउन समेत अनुगमन टोलीले आग्रह गरेको छ ।
उक्त अनुगमन टोलीमा उद्योग वाणिज्य संघका महासचिव कृष्ण पोख्रेल , सचिव तारा भुसाल, पशु सेवा कार्यलयका डाक्टर हरि बहादुर केसी, डाक्टर महेन्द्र मल्ल, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम , कोषाध्यक्ष नरेश भण्डारी लगायत रहनु भएको थियो ।

Wednesday, September 14, 2011

राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रमका साथ मनाईँदै

ओझेलमा पर्दैछ धार्मिक क्षेत्र रेसुङ्गा


धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय क्षेत्र भए पनि रेसुङ्गा ओझेलमा परेको छ । ऋषिमुनिहरूले तपस्या गरेका स्थान, दुई सय वर्षअघिका शिलालेख र भग्नावशेष घरका प्रमाणहरू, रमणीय देखिने हिमालहरूले रेसुङ्गालाई निकै मनमोहक बनाए पनि प्रवर्द्धनको अभावमा पर्यटक आउन सकेका छैनन् । रेसुङ्गा जंगलमै बसेर २ सय ५० वर्ष अगाडि शशीधर स्वामीले तपस्या गरेकाले पनि यसको धार्मिक महत्त्व बढी छ । 
धार्मिक महत्त्वसँगै यसको पर्यटन विकासका लागि रूरू-रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले पूर्वाधार निर्माण, मन्दिरहरूको जीर्णोद्धार, सडक र व्यवस्थित पार्कहरूको निर्माण गरेपछि यस क्षेत्रमा पर्यटकीय सम्भावनाहरू बढ्दै गएको र विभिन्न गोष्ठी, सम्मेलन र बैठकका लागि पनि रेसुङ्गा छनोटमा पर्ने गरेको रूरू-रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डेले बताए ।
रेसुङ्गा क्षेत्रको विकासका लागि रेसुङ्गा संरक्षण समितिले समेत महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ ।त्यस्तै धार्मिक रूपमा हिन्दु धर्मका सबै तीर्थस्थलहरूबाट ल्याइएको पानी मिसाएर निर्माण गरिएको स्नान पोखरीमा स्नान गरेमा पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वासले पनि रेसुङ्गाको महत्त्व बढाएको छ । ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा जंगलमा रातो मृग, खरायो, चितुवा लगायतका जंगली जनावरहरू सजिलै देख्न पाइन्छन् । 
रेसुङ्गाको जंगलबाट दुई दर्जनभन्दा बढी खोलाहरू झरनाका रूपमा बग्ने गरेको दृश्यले पनि धेरैको मन जित्ने गरेको छ ।धौलागिरी, अन्नपूर्ण, लगायतका हिमश्रृंखलाहरूले पनि यसको थप आर्कषण बढाएको छ । रेसुङ्गामा झण्डै ३ सयको संख्यामा रातो मृग रहेको अनुमान छ । यहाँ एक सयभन्दा बढी प्रजातिका रूखहरू रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।
   स्रोत:कान्तिपुर



विधार्थी ले आत्माहत्या

राम उच्च मा.वी स्कूल खानी छाप  पाल्पा बाट स.ल.सी 
पुरक परीछामा सभागी अक् विधार्थी ले अनुतिर्ण भयको 
 खबर पयापछी आत्माहत्या गरेकीछीन 
 खानी छाप गा.बी .स वार्ड़ नम्बर १ स्थाई ठेगाना रयकी
 २० बिर्से जमुना अर्याल  आफु अनुतिर्ण  भयको  खबर पयापछी
 घर नजीकैको खनीयाको रुख मा झुन्डीयर आत्माहत्या गरेकी हुन् 
नीयमीत परीछामा गडित र बिज्ञान अनुतिर्ण भयपसी जमुना 
परीछामा सहभागी भयकी थीनं सनीबर परीछामा प्रकासीत 
भयपसी जमुना ले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय 
ले पाल्पा जनायको हाम्रा समाचार दाता सुजल सुबेदी ले  जनाउनु भयको छ |

गुल्मीमा बजार अनुगमन, भारी परिणाममा अखाध्य बस्तु बरामद

कालो वजारी कृत्रिम अभाब नियन्त्ररण र उपभोग्य सामग्रिहरुको उत्पादन, अवस्था र गुणस्तरको वारेमा अवलोकन गर्न आज गुल्मी जिल्लामा पनि वजार अनुगमगन गरि विभिन्न उपभोग्य सामग्रिहरु वरामद गरिएको छ । जिल्ला वजार अनुगमन समितिले गरेको अनुगमनको क्रममा सदरमुकाम तम्घास वजार र ग्रामिण क्षेत्रका वजार पसलहरुमा म्याद नाघेका वस्तुहरु, विजय जुस,डावर च्यावनप्रास,डावर टुथपेष्ट, युरो जुस, कुरकुरे, विस्कुट, मिठाई, अचार, चियापत्ति तथा कुहिएका फलफुलहरु वरामद गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले वजार अनुगमनकालागि उद्योग वाणिज्य संघका पदाधिकारी, नागरिक समाज, सुरक्षार्मिहरु,संचारकर्मिहरु लगायतका पतिनिधिहरुलाई ५ समूहमा विभाजन गरि एकै पटक अनुगमन शुरु गरेको थियो ।
अनुगमनको क्रममा पसलमा मूल्य सूचि नै नराखेको, दर्ता नभई पसल संचालन गरिएको, पाननम्वर नलिएको समेत फेला पारेको थियो । कतिपय खाद्य वस्तुहरुमा सिलवन्दी गरिए पनि त्यसमा उत्पादीत मिति नै उल्लेख नगरिएको फेला परेको थियो । वरामद गरिएका सम्पूर्ण सामग्रिहरुलाई अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीमा राखिएको छ । अनुगमनका क्रममा वरामद गरिएका अखाध्य एवं मिति सकिएका वस्तुहरुलाई सार्वजनिक गरी नष्ट गरिने प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वताए । 
आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने वताउँदै नेपालले यस्ता अखाद्य तथा मिति सकिएका वस्तु विक्री वितरण नगर्न व्यापार व्यवसायमा संलग्न सवै पक्षलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी नेपालले उपभोक्ता स्वयं पनि यसप्रति सचेत हुनुपर्नेमा जोड् दिएका छन् 

बिरगंज नाईट्रोजोन ग्यास पट्कदा

भदौ २८  आइले प्राप्त समाचार अनुसार  बिरगंज मा आज  नाईट्रोजोन ग्यास पट्कदा यकको मीर्तु भयको छ उक्त ग्यास ट्यकटर बाट अनलोड गर्ने क्रममा पटकन गयाको थयो हाम्रा समाचार टाडा सुजल सुबेदी ले जान्नु भयको छ र सम्पूर्ण जानकारी अजै प्राप्त भयको छैन  

जनताका कुरा सुन्न प्रधानमन्त्रीले इमेल खोले

, काठमाडौं, भदौ २८- सरकारका काम कारवाही चित्त बुझेन? वा शासन सञ्चालन बारे केही सुझाव दिन चाहनुहुन्छ? अब सोझै प्रधानमन्त्रीलाई इमेल पठाउनोस्। प्रधानमन्त्रीले जनताका कुरा सुन्न नयाँ इमेल आइडी खोलेका छन्। सोमबारदेखि सुरु भएको प्रधानमन्त्रीको इमेल ठेगाना
bhattaraibaburam@gmail.com हो।
नागरिक सुविधा शून्य जस्तै रहेको राज्यमा जनतका समस्या कति छन् कति! सोझै प्रधानमन्त्रीलाई लेख्न पाउनु मात्रै पनि रोमाञ्चक नै भइगो! 'मंलबार साँझसम्म २ सय ५० वटा इमेल प्राप्त भएका छन्', प्रधानमन्त्रीका निजी सचिव विश्वदीप पाण्डेले भने- 'उहाँ सुत्नुभन्दा अघि हरेक दिन ती इमेल पढ्नुहुनेछ र सर्वसाधारणलाई जवाफ र सरोकारवाला मन्त्रालयलाई निर्देशनदिनुहुनेछ।'दशैँमा घर फर्किनेहरुले बसको टिकट नपाएको बारे मंगलबार प्रधानमन्त्रीलाई इमेल पाएका छन्। 'दशैँमा घर जाने बसको बुकिङ खुलेकै दिन क्याबिन र मुडामा मात्र टिकट बाँकी रहेको भन्दै चर्को मूल्यमा टिकट बेच्ने खेल सुरु भएको छ', एक जना सर्वसाधारण प्रेम केसीले इमेल लेख्दै गुनासो गरेका छन्- 'सर्वसाधारणका लागि दशैँमा घर फर्किन सहज तरिकाले टिकट पाउने व्यवस्था गर्नु पर्‍यो।' निजी सचिव पाण्डेका अनुसार मंगलबार गुनासो पढेका प्रधानमन्त्रीले बुधबार नै श्रम तथा यातायात सचिवलाई यस विषयमा आवश्यक निर्देशन दिँदैछन्।सस्तो मूल्यको टिकटमा विमान चढेर राष्ट्रसंघ महासभामा सम्बोधन गर्न जाने सम्बन्धमा पनि प्रधानमन्त्रीले इमेल पाएका छन्। पत्रकार कनकमणि दीक्षितले प्रधानमन्त्रीलाई सस्तो टिकटमा विमान नचढ्न सुझाव दिएको पाण्डेले बताए। 'इकोनोमी क्लासमा जाँदा थाकिन्छ त्यहाँ पुग्ना साथ बोल्नु पर्ने हुन्छ त्यसैले बिजनेस क्लासमै यात्रा गर्दा राम्रो हुन्छ', दीक्षितको इमेल उदृत गर्दै पाण्डेले भने- 'यस विषयमा प्रतिक्रिया पठाउने धेरैले चाहिँ प्रधानमन्त्रीको कदमको स्वागत गर्दै आफूलाई भावुक बनाएको भनेका छन्।'प्रधानमन्त्रीलाई कालो टोपी नसुहाएको प्रतिक्रिया पनि सर्वसाधारणले पठाएका छन्।जनताका सुझाव लिन इमेल आइडी खोलेको दिन सोमबार प्रधानमन्त्रीको इमेलमा ४५ इमेल प्राप्त भएका थिए। दोस्रो दिन यो संख्या बढेर २ सय ५० पुगेको हो। 'काठमाडौ-मुग्लिङ सडक बिग्रेको, वीर अस्पताल तथा शिक्षण अस्पतालका अव्यवस्था र शिक्षा क्षेत्रका समस्या पनि इमेलमा आएका छन्,' पाण्डेले भने, 'केहीले अख्तियारमा पूर्व अर्थसचिव रामेश्वर खनाललाई नियुक्त गर्न आग्रह गरेका छन्।






Tuesday, September 13, 2011

kaha bhetiyela Nepali movie song HD

सुरु भयो अब फेरी लोडसेडिङ

अब सातामा १८ घण्टा लोडसेडिङ
मेरो दिगाम

नेपाल विद्युत् प्राधिकरणले विद्यमान लोडसेडिङ तालिकामा परिमार्जन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब सातामा १८ घण्टा लोडसेडिङ हुनेछ ।
यसअघि सातामा १२ घण्टा लोडसेडिङ हुने गरेको थियो । तालिकाअनुसार सोमबार ४ घण्टा, बुधबार र शुक्रबार ३ घण्टा र अन्य दिनमा दैनिक २१ घण्टाका दरले लोडसेडिङ हुनेछ । जलासय र नदीहरुमा पानीको बहावमा कमी आई उत्पादन घटेकाले लोडसेडिङको समयमा वृद्धि गर्नुपरेको प्राधिकरणको तर्क छ । उत्पादनको तुलनामा माग बढेकाले यस वर्षको चैत–वैशाखमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन सक्ने प्राधिकरणको चेतावनी छ ।

खाद्य अनुगमन टोलि सक्रिय, पानीमा परालको त्यान्द्रा र लेउ फेला

 - खाद्यपर्दाथमा मिसावट भएको जनगुनासो बढेपछि एक महिनादेखि खाद्य अनुगमन टोलि सक्रिय भएको छ । अनुगमन टोलिले विभिन्न कारखाना, पसल लगायतका ठाउँमा अनुगमन गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ

पुजाआराधनामा गर्ववती ऐश्वर्या



    आधिकांश गर्भवती नायिका घरमा नै आराम गर्न परिवारसगँ रमाउन अनि स्वास्थ्यवर्दक  खानेकुरा खाएर आफु र बच्चालाई स्वास्थ बनाउन चाहन्छन।तर सात महिनाको गर्भ बोकेकि बलिउडनायिका तथा पुर्व मिस वल्ड ऐशर्यराय बच्चन भेने गर्भवती भएकै अवस्थामा मन्दिरको भ्रमण गर्न थालेकी छन् ।
उनले हालै आफना माता र पिताका साथ मन्दिरमा गैई  जन्मिन लागेको सन्तानको सुस्वास्थ्य र उज्जवल भविश्यको कामना गरिन।
कुर्ता-सुरुवाल हातमा पुजाको थाली लिएर मन्दिर गएकी  उनले टिका  र प्रसाद पनि लिन।
मन्दिरमा पुगेका फोटोपत्रकारले  उनको पेटको तस्वीर लिन खोजे पनि उनले पेट छोपेपाछि फोटो लिनबाट  वञिचत भएका थिए

The Singing Star, 13 September 2011

फेसबुक र नेपाली भाषा



“यो त मेरो झन्डै १०-१२ बर्ष अगाडिको स्कुलको दुश्मन पो हो त ! ल आज कहाँबाट यहाँ टुप्लुक्क आइपुग्यो?”
मेरो दिगाम 
“अब एड गरौँ की नगरौँ ? परियो दोधारमा.......”
यो फेसबुकले पनि कमाल नै गर्छ बा, कहिले जमानामा तीन-चार कक्षा पढ्दा देखिका साथीलाई पनि खोजी-खोजी छेउमै टुप्लुक्क ल्याएर राखिदिन्छ भन्या । यसले मान्छे जन्मेदेखि को-को कँहा-कँहा भेट्छन्? के-के गर्छन? भन्ने सबै तथ्यांक राख्या छ की क्या हो? अहिले हेर्नुस न, यो मेरो बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसकेपछि जहिले उस्को र मेरो स्कुलको चौरमा फाइट पर्ने । आज यस्ले कहाँ बाट भेटाएर टुप्लुक्क छेउमै ल्याईपुर्याएछ र उ पनि उस्तै, दुश्मन हुँ भन्ने कुरा थाहा पाइ-पाइ पनि फ्रेन्ड रिक्वेस्ट पठाउने । मिल्ने भइदेको भए “दुश्मन” भनेर एड गरिदिन्थे । तर के गर्नु यो फेसबुकमा “एड एज अ फ्रेन्ड” मात्र राख्या छ, “एड एज अ एनेमी” भन्ने बटन राख्या छैन । अब बालाई पनि साथी,  दाइलाई पनि साथी,  बोसलाई पनि साथी, गर्दा गर्दा शत्रुलाई पनि साथी भनेर एड गर्नु पर्ने । यो त अति नै भो नि, होइन र? 
आजकल त अचम्मै भैसक्यो, एक दिन बरु नुन नहालेको तरकारी खाँदा फरक नपर्ला तर दिनमा एक पटक फेसबुक चलाएन भने त राति सुत्ने बेलामा के नपुग्या के नपुग्या हुन्छ भन्या । कहिलेकाँही त निद्रै पर्दैन । यी फेसबुक र ट्वीटर त ठूलो नशा नै रैछन बा ! अझ पुगेन भनेर गूगलले पनि नयाँ सामाजिक संजाल निकाली सक्यो, गूगल प्लस, तपाइहरुले चलाउनु भो? यस्तै-यस्तै बनाएर यी दैवहरुले त आफुले प्रगति गरिहाले, अनि हामी जस्ता सोझा जनतालाई चाँही बिगारेरै छाड्ने भए । बिहानै फेसबुक, साझै फेसबुक, ससुरालीमा जाँदा ससुरालीमै फेसबुक भन्या जस्तै भैसक्यो । फेसबुक चलाउन पाएपछि काम गर्न के को मन लाग्थ्यो र? चलाउन पाएन् भने फेरि जड्यालाई जाड़को तलतल लाग्या जस्तो, पूरा दिमाग नै उतै तिर ।
आफ्नो पल्लो घरको छिमेकी दाइसँग भेट नभाको एक महिना भैसक्यो होला, तर त्यो सात समुन्द्र पारि अमेरिका, युरोपतिर बस्ने साथीहरुसंग दिनहु च्याट, त्यो पनि भिडियो हेर्दै । बाँकी जिन्दगी पनि यसै गरेर कम्पुटरमै बित्ला जस्तो छ । यी सामाजिक संजालहरुले गर्दा सामान्य मानिसले बुझ्ने गरेको इन्टरनेटको परिभाषालाई नै बदलिदिएको छ भन्दा फरक नपर्ला । यस्तो कम्प्युटरको भर्चुअल दुनियाँमा पनि कसैले बिश्वास गर्छ? बेकार समयको बर्बादी, भन्नेहरु पनि त्यहिँ फेसबुक चलाएर दिन बिताउन थालिसकेका छन् । अझ भन्नुपर्दा फेसबुक धेरै मानिसको दिनचर्या नै बनिसकेको छ । झन अहिले त हातमा मोबाइल र मोबाइलमा इन्टरनेट नभाको मान्छे त भेटाउनै गाह्रो भैसक्यो । होइन! कति मान्छेले यो फेसबुक चलाउदा रैछन भनेर गुगल ब्रोलाई सोधेको त, विश्वमा झन्डै ७५ करोडको हाराहारीमा मान्छेले चलाउने रैछन र नेपालमा पनि झन्डै १२ लाख पुगीसकेछ्न ।  अझ अचम्मको कुरा त कम्प्युटरमा बसेर फेसबुक चलाउने र मोबाइलमा चलाउनेको संख्या झन्डै झन्डै बराबर पुग्न लागिसकेको रहेछ ।
आजकल तपाइहरुले एउटा कुरा याद गर्नु भएको छ? हामीले चलाउने गरेका सामाजिक संजालहरुमा एउटा कुरा बढी नै देखिन थालेको छ नि, नेपली भाषाको बढ्दो प्रयोग । खोइ किन हो किन ! मेरो पनि फेसबुक, ट्विटरहरु पढ्ने बेलामा नेपालीमा लेखिएका पोस्टहरुमाथि पहिले नै आँखा जाने गरेको छ । हुन् सक्छ बच्चै देखि बोल्दै, सुन्दै आएको आफ्नो मातृभाषा भएर होला ! त्यसैले पनि होला नेपाली भाषामा व्यक्त गरिएका कति भावनाहरुमा छुट्टै मिठास पाइन्छ । नेपाली भाषामा केहि यस्ता मिठा शब्दहरु छन् जुन शब्दहरु अरु भाषामा भेटाउन गाह्रो पर्छ र जस्ले एउटा आफ्नैपनको आभाष पनि दिन्छ । बिदेशी गोराहरुले बनाएको अंग्रेजी साइटमा पनि आफ्नो नेपालीपनको अनुभव गर्दै चलाउन पाएपछि हामी नेपालीलाई अरु के नै चाहियो र? आफ्नै बारीको मुला खाए जस्तो ।
पहिले पहिले धेरैजसो साथीहरुले इंग्लिशमा आफ्ना स्ट्याटसहरु अपडेट गर्थे र कतिले त नेपालीमा लेख्नेहरुलाई घटिया जस्तो ठान्ने, नजानेर नलेख्या जस्तो । तर अहिले ठिक उल्टो हुदै गएको छ, नेपाली भाषामा लेख्नेहरुले नेपालीको मन बढी नै जित्दै गएको पाइन्छ । फेसबुकमा स्ट्याटस अपडेट गर्नु पनि एक प्रकारको कला नै हो, कस्ले धेरै लाइक र कमेन्ट पाउने भन्ने होडबाजी नै चलेको हुन्छ यँहा । मेरो अनुभवमा, एउटा साधारण व्यक्तिका लागि इंग्लिशमा लेख्नु भन्दा पनि नेपलीमा लेख्नु ठूलो चुनौती हुन्छ जस्तो लाग्छ । पहिलो कुरा त प्राविधिक समस्या - कसरि लेख्ने नेपालीमा? प्रिती, कान्तिपुर जस्ता नेपाली फन्टमा लेख्न नमिल्ने, युनिकोड नै चाहिने । र ति फन्ट मै लेख्न मिले पनि कत्ति नै सजिला छन् र ? अब कुरा आयो युनिकोडको, धेरै जसोको लागि त अब त्यो कहाँ बाट ल्याउने र कसरि लेख्ने ठूलो झन्झट, बरु रोमनमा लेख्यो ढुक्कै! अनि अर्को जटिल समस्या, भाषागत शुद्दता । मिठो नेपाली बोल्न जानेको छु भन्दैमा त्यसलाई लेखाइमा उतार्न नसकिने, कहिले काही त ह्रस्व-दीर्घले गर्दा अर्थ नै अर्कै भइदिने । जे होस् आजकल फेसबुक खोल्यो भने हाम्रै नेपाल सरकारले हामी नेपालीकै लागि भनेर बनाइदिएको साइट हो की जस्तो अनुभव हुन्छ, आफ्नै मातृ भाषा र वरिपरी सबै आफ्नै दाजुभाईहरु, कस्तो रमाईलो ।
साँच्ची भन्या हो, गफ हान्या होइन है ! राम्रोसँग ह्रस्व-दीर्घ नआए पनि मलाइ त नेपली मै स्ट्याटस अपडेट र कमेन्ट गर्नु मनपर्छ, तपाइँलाई नि?